समाचार

    Showing 5,311-5,320 of 10,030 items.
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा महिलाको ‘इन्ट्री’

    धरान \ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा पहिलो पटक महिला उमेद्वार विजयी बनेकी छन् ।मंसिर २३ शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षकी उमेद्वार कविता ढकालले ६ जना प्रतिष्पर्धीलाई उछिन्दै जित हात पारेकी हुन् । ढकालले ३६६ मत ल्याएर विजयी बनेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी किशोरप्रसाद पोख्रेलले ३१७ मत ल्याएका छन् । यस्तै अन्य अध्यक्षका प्रत्यासीहरुमा महेश्वर राईले १६३ , मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथाकीले ९८ , किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत ल्याएका छन् ।२०७२ सालको प्रतिष्ठानको सिनेट (सञ्चालक परिषद्) बाट तीनवटा संस्थालाई आधि

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेन्सन वितरण कार्यालयद्वारा रक्तदान

    धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा

    धरान / जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई नियन्त्रण गर्न थालेको छ । कार्यालयले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकलले ध्वनी प्रदुषण गरेको भन्दै जनगुनासो आएपछि नियन्त्रण शुरु गरेको हो । प्रयास थालेयता कार्यालयले १ सय भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई त्यसमा प्रयोग गर्ने साइलेन्सर पाइप परिवर्तन गर्न लगाएको छ । कम्पनीले निर्माण गरेको साइलेन्सर पाइपलाई परिवर्तन गरी बढी आवाज दिने साइलेन्सर पाइप प्रयोगमा बृद्धि हुँदा अस्पताल, विद्यालय एरिया लगायतमा असर पुगेको गुनासो आएपछि नियन्त्रण शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकको मुख्यमन्त्रीमा कार्की

    मोरङ / प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश १ को चौथो मुख्य मन्त्रीको रुपमा कार्की नियुक्त भएका हुन्कार्की झापाबाट नेकपा एमालेकातर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कार्कीलाई सर्वसम्मतबाट संसदीय दलको नेतामा चयन गरिएको थियो । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्ति पछि कार्कीले सबै दलको प्रतिनिधित

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजेता खेलाडी एवम् दाताको सम्मान

    ताप्लेजुङ/बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयले खेलाडी र दातालाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका वडा नं. ३ मा रहेको संस्कृत विद्यालयले वार्षिक कार्यक्रमको अवसरमा विजेता फुटवल खेलाडी र विभिन्न विधामा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । वार्षिक कार्यक्रमको अवसरमा खेलाइएको छात्र, छात्रा र हाइड्रोपावर इन्जिनियरिङ तर्फका विद्यार्थीहरुबीच भएको फुटबल खेलमा छात्रातर्फ कक्षा १२ का विद्यार्थीहरु विजेता र हाइड्रोपावर इन्जिनियरिङ दोश्रो सेमेष्टरका विद्यार्थीहरु उपविजेता भएका छन् । कक्षा ९–१२ को छात्र तर्फको फाइनल खेलमा कक्षा १२ का विद्यार्थीहरु विजेता र कक्षा १० का विद्यार्थीह

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,184 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मोडल कलेजको खेल सप्ताह सुरु

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । आइतबार छोटो दौड प्रतियोगिताको आयोजना गरी खेल सप्ताह सुरु गरेको हो । धरान १ मा रहेको कलेजले विगतका वर्ष झैँ यस वर्ष पनि खेलकुद सप्ताह सुरु गरेको हो । खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै बेघाले भने : यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ। यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए ।  उद्घाटन कार्यक्रममा धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,575 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेलमिलापकर्ता क्षमता अभिवृद्धि तालिम

    मोरङ / विराटनगर महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विहीबारदेखि वडागत मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु गरिएकोे छ । तालिमको उद्घाटन महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । सो अवसरमा बोल्दै मेयर कोइरालाले आएका उजुरीलाई महानगरमै समाधान गर्नुपने बताए । मेयर कोइरालाले विराटनगरलाई नेपालमै सबैभन्दा उत्कृष्ट न्याय सम्पादन गर्ने महानगरका रुपमा स्थापित गराउन आग्रह गरे । न्यायिक समितिकी संयोजक महानगरकी उपमेयर शिल्पा निराला कार्कीले महानगरले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताइन् । उनले मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गरिन । समिति

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्येष्ठ नागरिकको सम्मानमा धार्मिक भ्रमण

    मोरङ / ज्येष्ठ नागरिकलाई सम्मान गर्ने हेतुले विराटनगर महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गराएको छ । धार्मिक अस्था भएर पनि जान नसक्ने यस्ता ज्येष्ठ नागरिकलाई लक्षित गरी महानगरले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शनिबार बिहान विदाई गरेका छन् । वडाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा १ सय ६० जना ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा गएका हुन् । वडाको वार्षिक विनियो

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन

    धरान / तीन महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा शनिवारदेखी धरानमा सुरुवात भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिती सुनसरी र एक नम्बर प्रदेश किरात राई कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई बिद्यार्थी संघ सुनसरीको सहयोगमा धरान १० स्थित यलम्बर स्मृति सग्राहलयको सभाहलमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो । लोकसेवा कक्षाको उद्घाटन सुनसरी ंं १ का प्रतिनिधीसभा सदस्य ससद अशोक कुमार राईले गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले राज्य सबैको भएकोले राज्यको हरेक निकायमा सबै जात जाती समुदायको सहभागिता रहनु पर्ने बताए ! उनले निजामती सेवालाई राज्यको स्थायी सरकारको रुपमा लिने

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा दुर्घटना कमी भएको ट्राफिक प्रहरीको दाबी ‘सिटी सफारी’ दुर्घटनाको मुख्य कारण

    सुनसरी / प्रदेश १ मा सवारी दुर्घटनामा कमी आएको एक नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय दाबीसहित तथ्याङ्क सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले पछिल्ला दिनहरुमा सवारी चेकजाँचलाई तीव्र बनाएसँगै दुर्घटना कमी आएको तथ्याङ्क सार्वजनिक गर्दै सो कार्यालयले दाबी गरेको हो । अघिल्लो आर्थिक बर्षको ५ महिनाको तुलनामा प्रदेश १ मा चालु आर्थिक वर्षको ५ महिनामा १७ प्रतिशतले दुर्घटनामा कमी आएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले ट्राफिक प्रहरीको सक्रियताकै कारण सवारी दुर्घट नामा कमी आएको दाबी गरेका छन् । मुख्य राजमार्गमा हुने दुर्घटनाको तथ्यांक अनुसार आ

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved