समाचार

    Showing 5,221-5,230 of 8,597 items.
  • धारामा पानी अभाव: मुख्य पाइप लाइन नै खोल्न थाले

    धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् । धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’ उनी मात्र हैन त्यस टोलका अन्य सर्व

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वमा श्रृखंलाबद्ध आगलागी

    धरान । पूर्वको झापा र मोरङमा पछिल्लो समयम श्रृंखलावद्ध आगलागी घट्ना हुन थालेका छन् । झापामा केही समय अगाडि श्रृंगलाबद्ध आगलागीका घट्ना सेलाउन नपाउदै मोरङमा समेत आगलागी भएको छ । सोमबार मोरङको पथरी शनिश्चरे वडा नं. १० मा रहेको भुटानी शरणार्थी शिविर क्याममा आगलागी भएको हो । आगलागीबाट पुरानो सेक्टर एच फोरका राम चन्द्र राईको दुईवटा भुई घर जलेर नस्ट भएको छ । दुई जम्ल्या दाजुभाईको ७ परिवार बस्दै आएको घरमा आग्लागी हुदा २ घर सहित ५ लाख बराबरको सरसामान नष्ट भएको छ । दिउसो ४ बजेको समयमा सुंगुरलाई चारो पकाउने क्रममा भएको आगलागी स्थानीय, प्रहरी र सशस्रको सहयोगमा नियन्त्रण भएको थियो । पथरी शनिश्चरे नगरपाल

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा आगो सल्काउने क्रममा जलेर महिलाको मृत्यु

    धनकुटा । धनकुटामा आगो सल्काउने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका ९ की ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको सोमबार जलेर मृत्यु भएको हो । आफ्नै घरमा बिहान १० बजे को समयमा चुल्होममा आगो सल्काउने क्रममा उनले लगाएको कपडामा आगो सल्की घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए सँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन हजार भन्दा बढीले धरानमा बुस्टर डोज लगाए

    धरान । धरानमा ३ हजार ५ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुस्टर डोज लगाउनेको संख्या उल्लेख्य रहेको बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जना र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । उनले भने–‘कोरानाको तेस्रो लहर ओमिक्रोनको संक्

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिरपट प्रहार गरी आमाको हत्या

    मोरङ। मोरङ उर्लाबारीका ३५ वर्षीय युवाले चिरपटले प्रहार गरी आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका –४ आइतबारेका गंगा प्रसाद भण्डारीले आइतबार घरयासी विवादहुँदा चिरपटले प्रहार गर्दा घाइते भएकी ७० वर्षीया चन्द्रमाया भण्डारीको मृत्यु भएको हो । प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा आइतबार राति १०ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रणय दिवस: ‘बुढासुब्बा मन्दिर’ प्रेमिल गन्तव्य

    धरान । फागुन २ अर्थात फ्रेबुअरी १४ तारिख । यो दिन संसारभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) को रुपमा मनाउने प्रचलन छ । यो दिन विशेष गरेर माया गर्ने जोडी कुनै रमणीय स्थल घुम्न जाने, उपहार प्रदान गर्ने मात्र हैन सँगै बाच्ने सँगै मर्ने कसम समेत खाने गरेका छन् ।विशेष गरी धरानमा प्रेमिल जोडीहरुले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा जोडाजोडीको नाम लेख्ने प्रचलन छ । बासमा जोडाजोडीको नाम लेख्दा त्यो प्रेम अमर हुने विश्वास गरिएको छ । बासमा नाम लेख्दा फोहोर हुने र बासको संरक्षण हुन नसकेको भन्दै अहिले भने बासमा लेख्न बन्देज लगाइएको छ । मन्दिर व्यवस्थापन समितिले यसरी बासमा ल

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,269 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस चौतारी धरानमा रोशन दाहाल

    धरान । प्रेस चौतारी नेपाल धरान उपमहानगर समितीको तेस्रो अधिवेसनले कोशीपत्र राष्ट्रिय दैनिकका रोशन दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो अधिवेसनले दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । समितीको उपाध्यक्षमा हर्ट एफएमका स्टेशन मेनेजर रमेश राई, महिला उपाध्यक्षमा विजयपुर एफएमकी मेरिना तुम्सा, सचिवमा कोशीपत्रका संजोगबाबु दाहाल, सहसचिवद्वयमा औजार दैनिकका सन्देश तिमिल्सीना र कृति टेलिभिजनका ललित राई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रेडियो धरानकी देविका चाम्लिङ राई रहेका छन् । त्यसै गरि समितीको सदस्यहरुमा कृति

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सम्पन्न

    इलाम/ व्यवसायीक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा परिक्षण उडान सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै बुधबार नेपाल बायु सेवा निगमको टुइनेटर विमानले परिक्षण उडान गरेको हो । बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौं बाट बिहान ९ः०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पा ब

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 595 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एसइईको परीक्षा वैशाखमा

    धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ ।  बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जुका महिलालाई थाकलबाट सामग्री बनाउने तालिम

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा महिलाहरुको लागि १४ दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम शुरु भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको हो । बुधबार देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी, ओम कुमारी चौधरी र सुनिता तिवारी हुमागाई रहेका छन् । २५ जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक सुनिता तिवारी हुमागाईले जानकारी दिइन् । महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,100 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved