समाचार

    Showing 5,081-5,090 of 8,594 items.
  • अस्पतालमै बच्चाको मृत्यु : आफन्तद्वारा अस्पताल तोडफोड

    धरान । अस्पतालको लाबारबाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले इटहरीस्थित महेन्द्र राजमार्गमा विहीबार प्रदेशन गरेका छन् । इटहरी बरगाछीका साढे ३ बर्षीय सन्देश साहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापाबाहीले भएको आरोप लगाउदै पीडितले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा कुनै भौतिक तथा मानवीय क्षति नहोस् भन्नका लागि प्रहरी परिचालन गरिएको थियो । मृतका आफन्तले बच्चालाई पटक पटक सिरिञ्ज लगाएकै कारण मृत्यु भएको आरोप लगाएका छन् । बुधबार विहानदेखि बान्ता भएपछि बच्चालाई एपेक्स अस्पिटल लगिएको थियो । चिकित्सकले फुड पोइजन भएको भन्दै उपचार शुरु गरिएको बताएको छ । उपचारकै क्रममा विहीब

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,604 पटक पढिएको
    • "पारस सुवेदी"
  • न्यायिक समितिको सक्रियता बढ्यो : दक्षजनशक्तिको कमी भने अझै यथावत

    धरान । प्रत्येक स्थानीय तहमा न्यायिक समिति हुन्छ । स्थानीय तहबाटै न्याय सम्पादन गर्ने उद्देश्यले स्थापना गरिएको समितिको संयोजक भने उपमेयर रहने प्रावधान रहेको छ । तर पनि न्याय सम्पादनमा केही काम भएपनि खासै काम भएको भने देखिएको छैन । यस्तै समस्या बराहक्षेत्र नगरपालिकामा समेत रहेको छ । न्यायिक समितिमा कानुनको अधिकृत सरहको कर्मचारी चाहिने भएपनि बराहक्षेत्र नगरपालिकामा भने त्यो नहँुदा समस्या हुने गरेको छ । बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले शुरुमा आफूहरुको क्षेत्राधिकार थाहा नहुदा समस्या भएपनि अहिले भने न्यायिक समितिमा केही सहज भएको बताउछिन् । अहिले वडावडाबाट न्यायिक सम्पादनको काम हुन

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजारको लागि आएको संघीय बजेट फ्रिज

    धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो । केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 1,232 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • प्रदेश १ स्तरीय बास्केटवलको दुबै अपाधी धरानलाई

    झापा/ झापा विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले जितेको छ । विर्तामोड ५ न. वडा खेलकुद समितिद्वारा बुधबार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको हो । महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएका हुन । महिला तर्फको विजेता टिमले नगद पाच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि पुरुष तर्फक

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौबिसेको ५ वर्षे उपलब्धी सार्वजनिक

    धरान । चौबिसे गाउँपालिकामा जनप्रतिनिधी निर्वाचित भए पछिका ५ वर्षे कार्यकालका उपलब्धीहरु सार्वजनिक गरिएको छ । पालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि सामाजिक कार्य देखि विकाश निर्माण, शैक्षिक विकाश, भौतिक संरचना निर्माण लगायतमा गरिएको लगानीबाट भएका उपलब्धीहरु सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले पालिकालाई पद्दतीमा सन्चालन गर्न ५० वटा ऐन, कार्यबिधि, निर्देशिका, नियमावली र बिनियमावली बनाईएको जानकारी दिए । पालिकाले ३ ठूला सडकहरु लाप्से कुरुले फलामेटार, राजारानी बोधे हङ्शमोरङ्ग र धाराचौक अठारसय कुरुले सडक निर्माण तथा स्तरउन्नतीको काम गरे

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैंकले नक्कली सुन दिएको ग्राहकको आरोप

    धरान । राष्ट्रिय बाणिज्य वैंक इलाम शाखालाई सक्कली सुन धितो राखेर ऋण लिए पनि निकाल्दा नक्कली सुन फिर्ता गरिदिएको आरोप लागेकोे छ । इलाम नगरपालिका ८ कि विना चेम्जोङले बैंकबाट धितो फिर्ता लिदा आफुले राखेको सुन नपाएर जलप लगाएको सिक्रि दिएको आरोप लगाएकी छिन । उनले भनिन्, ‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार ऋण लिएको थिए, तीन किस्तामा ब्याज सावा तिरेर १ फागुनमा सुन फिर्ता लिन खोज्दा एक तोलाको सिक्रि दिएको थियो, यो मेरो होइन भन्दा ‘बैंकलाई विश्वास नगर्ने’ भनेर कर्मचारीले हप्काएर पठायो ।’ चेम्जोङले ३ थान सिक्रि, एउटा पञ्चरत्ने चुरा र एउटा औठी बैंकमा धितो राख

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,208 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सप्तकोशीमा पानी बोट : सञ्चालकले तिरेनन् कर

    धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । बोट सञ्चालन हुदा यस क्षेत्रमको बराहक्षेत्र खण्डमा मात्र ८० भन्दा बढी टेम्पो, २० भन्दा बढी होटल व्यसायीको रोजीरोटी चलेको छ भने भोजपुर खण्डमा झण्डै ४० भन्दा बढी ल्याण्डरोवरको जीविकोपार्जन भएको छ । अरुलाई रोजगारी प्रदान गर्ने बोट सञ्चालक कमाई नभएको भन्दै स्थानीय सरकारको कर नै तिर्दैनन् । जलक्षेत्रको पर्यटन प्रवद्र्धन गर्न कोशीमा चलाइएको बोटबाट अहिलेसम्म बोट सञ्चालकले कर नतिरेको नगरपालिकाले बताउने गरेको छ । यस विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो तर समस्या कहिल्यै सुल्झेन । बोटका सम्बन्धमा कार

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 928 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • नमूना कलेजको ‘नमुना स्मारीका’ विमोचन

    धरान । नमूना कलेज इटहरीले प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ । मंगलबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो । विमोचन सँगै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरेको छ । कलेजको स्मारीकामा विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् । यसका साथै विद्यार्थीका कथा, कविता पनि यो स्मारीकामा समावेश गरिएको छ । स्मारीका माथि समिक्षा गर्दै प्राध्यापक दिवस राईल

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आसराको चौथो वार्षिक उत्सव सम्पन्न

    धरान । प्रदेश एकका दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गरि समाजमा पुनस्र्थापना गर्ने उदेश्यले धरानमा स्थापना भएको आसरा सुधार केन्द्रको चौथो वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले दुव्र्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श गरि समाजमा पुनस्र्थापना गर्नु मुख्य उदेश्य रहेको बताईन् । उनले केन्द्र मार्फत पुनर्जीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्र्थापना गर्न प्रमुख भुमिका खेल्दै आएको बताईन् । उनले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताइन् । चौथो वार्षिक उत्सवको अवसरमा केन्द्रका कर्मचारी त

    • प्रकाशित मितिः चैत २, २०७८
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुस्तकालयलाई २२ थान पुस्तक प्रदान

    धरान । धरान ३ स्थित युवा संजाल पुस्तकालयलाई दुई युवाले २२ वटा पुस्तक प्रदान गरेका छन् । धरान १६ निवासी गगन नेपाली र कवि विजय घिमिरेले पुस्तक प्रदान गरेका हुन् । नेपालीले आफ्नो छोरा १२ औं महिना पुगेको अवसरमा १२ वटा नै पुस्तक प्रदान गरेका थिए भने कवि घिमिरेले १० वटा पुस्तक प्रदान गरेका थिए । अध्ययनबाट युवाहरुलाई परिवर्तन गर्न सकिने भएकाले पुस्तकालयलाई पुस्तक प्रदान गरिएको घिमिरेले बताए । पुस्तकालयका सदस्यहरुले निःशुल्क रुपमा पुस्तक पढने गरेका छन् । विभिन्न अवसरहरुमा पुस्तक प्रदान गर्न सकिने संजालका शान्तिराम राईले बताए । 

    • प्रकाशित मितिः चैत २, २०७८
    • 989 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved