मोरङ / विराटनगर–१० मा रहेको कोबास कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार कलेज परिसरमा लायन्स क्लव अफ विराटनगर मिल्स एरिया र लियो क्लव अफ विराटनगर मिल्स एरियाको सहयोगमा रक्तदान आयोजना गरिुएको हो । कार्यक्रममा ३० जना विद्यार्थीले रक्तदान गरेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । विद्यार्थीलाई सामाजिक कार्यमा उत्तरदायित्व बनाउने उदेश्यले विभिन्न लाइन्स क्लबसँग सहकार्यमा रक्तदानको आयोजना गरिएको प्रिन्सिपल पोखरेल बताए ।
धरान / बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो । पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिल
धनकुटा / धनकुटामा भएको चिया तथा कफी विकास बोर्ड कार्यालय । यो कार्यालय पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भएको हो । तर यो कार्यालयले जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो गर्न सकेको छैन । यसको प्रमुख कारण हो, कर्मचारी अभाव । कर्मचारी नभएकै कारण यो कार्यालय अधिकांश बन्द अवस्थामा रहेको छ । सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्राय जसो बन्द नै रहने गरेको पाइएको छ ।या कार्यालय हिलेको धनकुटामा रहेको छ । चिया तथा कफीको विकास तथा विस्तारको योजना अगाडि लिएर हिलेमा खोलिएको कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले लेखा प्रमुखबाहेक अन्य कुनै कर्मचारी छ
झापा / झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम तीन दिन थप गरिएको छ । उपभोक्ता र अवलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले जानकारी दिए फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सुप्रसिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना
धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले देशको शैक्षिक विकासमा निजी विद्यालयहरूले दिएको योगदानलाई उपेक्षा गर्न नसकिने धारणा राखे । कार्यक्रमको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले निजी विद्यालयहरूलाई कुनै समस्या परे सहयोगका लागि धरान उमनपा सर्धैँ तत्पर रहेको आश्वासन पनि दिए । त्यस क्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई सुनाखरी अब्बल विद्यालयको रूपमा स्था
धरान / बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहलाई भेट्दा विद्यार्थी उत्साहित भएका थिए । सेफ नेपालको टिम शनिबार धरानको यु.एन.नवोदय कलेजमा आएको थियो । टिममा उनी सहित मास्टर सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए । साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत विद्यार्थीहरु, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे । त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रिया सुरु भयो । सेफ नेपाल टिभी मार्फत ‘फुड
विजयपुर / वागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली एभियर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा क्यामरुनका साँवा अलिले गरेको गोल नै निर्णायक भएको थियो । उनले प्रिन्सको पासमा हेड गोल गरेका थिए । १–० ले पछि परेको बागमती युवा क्लबले दोस्रो हाफमा क्यामरुनलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । १ गोल भएपछि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् । दोस्रो हाफमा बाग्मतीका प्रशिक्षक रोजीत केसीले अनिल राना मगर र विजय घलानलाई मैदानमा प्रवेश गराएपछि बागमतीले खेलमा दबाब बढाएको थियो । दोस्रो हाफको १९ औ मिनेटमा ब
मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् । पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जसमा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए । १ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल ख
अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ ।१० देखि १५ लाख खर्च गरेर अध्ययन गरे तापनि सात/आठ हजारमा काम गर्नु पर्ने बाध्यता छ । एकातर्फ चरम श्रम शोषण अर्कोतर्फ राज्यबाट गरिने विभेदका कारण वर्षेनी धेरै नर्स नेपाल छोड्न बाध्य छन् ।हुन त, कति नर्स बाहिर गए भन्ने यकिन तथ्यांक अझै पनि कसैसँग छैन । उच्च शिक्षाको लागि होस या डिपेन्डेन्ट भिषामा जाँदा नर्सिङ काउन्सिलमा अनिवार्य दर्ता गर्नु पर्ने प्रावधान छैन, जसले गर्दा यकिन तथ्यांक भेट्न सकिँदैन ।
मोरङ / कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका सञ्चालकहरुलाई विरानगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच.(ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन् । होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइसके पछि पाहुना खुसी भएर फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । १२ बटा होम स्टे सककंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने