धरान । पूर्वका पर्यटन व्यवसायीहरु कोरोनाको कहरपछि पहिलाकै लयमा फर्कन जुर्मुराउन थालेका छन् । विगतमा कोरोना कहरकै कारण विस्थापित हुनुपर्ने अवस्थासम्म पुगेका उनीहरु कोरोना सहज बन्दै गर्दा पर्यटन प्रवद्र्धनका कामहरुलाई निरन्तता दिँदै व्यवसायिक प्रवद्र्धनमा जुटेका हुन् । विगतमा थाँति रहेका पर्यटन प्रवद्र्धनका कामहरुलाई कोरोना सहज बन्दै गएपछि निरन्तता दिन थालेका हुन् । गत बर्ष हुन नसकेको इस्ट टुरिजम मार्टलाई समेत उनीहरुले निरन्तता दिएका छन् । धरान १२ पब्लिक स्कूलको मैदानमा भएको तीन दिने मार्टमा भारत र नेपालका पर्यटन व्यवसायी एकै ठाउमा जम्मा भएका थिए । पूर्वमा रहेका पर्यटन प्रवद्र्धनलाई भारतमा प्
धरान । खोटाङको हेलसी तुवाचुङ नगरपालिकाले लैङ्गिक असमानतार्ला हटाउन उदाहरणीय काम शुरु गरेको छ । नगरपालिकाले छोरा र छोरीमा विभेद नहोस् भन्ने उद्देश्यले छोरी जन्मिनासाथ १२ हजार रुपैयाँ प्रदान गर्न थालेको छ । नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत १२ हजार बालिकालाई उक्त रकम दिने गरेको हो । नगरपालिककाले १२ हजार प्रदान गर्ने भएपनि एकै पटक भने दिने गरेको छैन । प्रदान गरिने रकम चार बर्षभित्रमा १२ प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसका लागि छोरीको नाममा बैंकमा खाता खोल्ने र आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी
धरान । गरिब तथा सहायलाई लक्षित गरी नेपाल सरकार अन्तर्गतको स्वास्थ्य वीमा बोर्डले प्रदान गरेको वीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बन्द गर्ने निर्णय गरेपछि सम्बन्धित पक्षको ध्यानाकर्षण भएको छ । मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँ सहितको टोलीले शुक्रवार प्रतिष्ठानको अस्पताल प्रशासन, स्वास्थ्य बीमा प्रशासनका अधिकारीहरूसँग छलफल गरी वीमा गरेका बिरामीहरूको उपचार सेवा सुचारु राख्न प्रतिष्ठानलाई ध्यानाकर्षण गराएका हुन् । सरकारले चैत ७ गते किस्ता स्वरूप बिमा रकम निकासा गरे
झापा। स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्याली कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सो र्यालीको आयोजना गरिएको हो । र्यालीमा १ सय ५० भन्दा बढी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । र्यालीमा हामी युवा एक हौँ, , नेपाली जनता एक हौं, युवाहरुलाई प्रोत्साहन गर, अबको पालो युवाको जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा दुसान्त कोइरालाले जानकारी दिए । मेचीनगर नगरपालिका वडा नं(१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्याली वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा प
धरान । सुनसरीको सदरमुकाम इनरुवामा रहेको सुनसरी जिल्ला अस्पतालको गुणस्तरीय उपचार पद्धति नहुदा सर्वसाधारणले समस्या भोग्नु परेको छ । उपचार सेवा गुणस्तरीय नभएकै कारण त्यहाका सर्वसाधारण विराटनगरका नीजि अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारकै लागि आउनुपर्ने बाध्यता छ । सत्तामा परिवर्तन भएका राजनीतिक दलका मन्त्रीहरु समय समयमा अस्पतालको अवलोकन गर्ने गर्छन्, सेवा सुविधामा विस्तार गर्ने आश्वासन दिन्छन् तर अहिलेसम्म सेवा सुविधामा कहिल्यै सुधार भएको पाइदैन । तर शनिवार भने सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले सर्वसाधारणलाई अस्पतालको सेवा सुविधामा सुधार गर्ने प्रत
धरान । उद्योगमा विद्युत अवरोध नगर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् । कोरोना संक्रमणका समयमा व्यवसाय नै धरापमा परेको स्मरण गराउदै सहज परिस्थिति भइसक्दा पनि विद्युत आपूर्ति बन्द हुदा व्यवसायीहरु थप मारमा परेको बताएका छन् ।नेपाल उद्योग परिषद् प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग विद्युत कटौती नगर्न माग गरेका हुन् । विज्ञप्तीमा भनेका छन् ‘गत मंगलवार देखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति प्राधिकरणले ठप्प पारिदिनाले उद्योग कलकारखाना बन्द गर्नु परे
धरान । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले धरानको खानेपानी समस्या देख्न थालेका छन् । केही समय अगाडि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ क्षेत्रमै गएर अनुगमन ग¥यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो । पछिल्लो समय नेकपा मओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसंगै सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पूर्ण वैठक सम्पन्न गरी धरानको समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो । सुकुम्बासी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लग
काठमाण्डौं / गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको हो । मुभिजले बुधबार एक विज्ञप्ती जारी गर्दै सो हल सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो । ‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजल
धरान । धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजको प्रशासन द्वारमा लगाएको ताला सहमति पछि विद्यार्थीहरुले खोलेका छन् । सात विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले प्रशासनको प्रवेशद्वारमा तालासँगै क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए । तर विद्यार्थीहरुको मागलाई गम्भीरतापूर्वक लिई शुक्रबार हुने वैठकमा क्याम्पसका तर्फबाट सकारात्मक रुपमा अगाडि बढ्दै विद्यार्थीलाई सामेल गराउने वातावरण तयार पार्ने क्याम्पसले लिखित प्रतिबद्धता जनाएपछि ताला खुलेको हो । यस अघि उनीहरुले ७ जना विद्यार्थीका भविष्य अन्यौलमा पारेको भन्दै आन्दोलनमा उत्रिएका थिए । अन
धरान । चौथों संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३० हजारका दरले नगद पुरस्कार सहित विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरे । मिस लिटलतर्फको अर्गनाइजर च्वाइस विजेतामा विराटनगरका अदिती ढकाल र मिस्टर लिटल तिर विराटनगरका विशेस कार्की घोषित भए । उप विजेतामा इटहरीकी आरोही सुवेदी र विराटनगरका अविरल घिमिरे भएको सिइओ निशा खतिवडाले जानकारी दिए । मिस लिटलतर्फको सेकेन्ड रनरअप धरानकी एम्मा गुरूङ्