समाचार

    Showing 4,951-4,960 of 8,592 items.
  • तमू ह्युल छोंज धींको महासचिवमा धरानका डम्बर गुरुङ र्निवाचित

    धरान । चितवनको भरतपुरमा भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशनबाट धरानका डम्बर गुरुङ महासचिवमा निवार्चित भएका छन् । चैत २८ र २९ गते चितवनको भरतपुरमा सम्पन्न भएको महाधिवेशनबाट गुरुङ महासचिवमा निर्विरोध निवार्चित भएका हुन् । उनी यसअघि राष्ट्रिय परिषदको सहमहासचिव थिए । महाधिवेशनले चितवनका कर्णबहादुर गुरुङको अध्यक्षतामा ७७ सदस्यीय राष्ट्रिय परिषदको नेतृत्व निवार्चित गरेको छ । महाधिवेशनले सुनसरी (धरान) कार्यक्षेत्र भएका बकसमान गुरुङ र कर्ण गुरुङलाई पनि केन्द्रीय सदस्यमा निर्विरोध निवार्चित गरेको छ । राष्ट्रिय परिषदको कार्यकाल ३ बर्षको हुन्छ । नवनिवार्चित महासचि

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्तमान सरकारले देश अघि बढाउन सकेन्’

    धरान । वर्तमान सरकारले रणनीतिक महत्वका सडक योजनाहरु, विकास निर्माणको कामहरु कटौती गरेर देशलाई अघि बढ्नबाट रोकेको आरोप लगाए । इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए । सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । उनले भने, ’हामीले नक्सा छाप्यौ, अहिलेको सरकार भरसक त्यो नक्सा कसरी हटाउने भन्नेतर्फ छ ।’ ओलीले व

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी सुधार आन्दोलनलाई राप्रपाले सहयोग गर्ने

    धरान । बीपी सुधार आन्दोलनमा लागेको ‘हामी नेपाल’ संस्थाको आन्दोलनलाई राप्रपा धरान नगरकमिटीले समर्थन जनाउने भएको छ । पार्टीले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै धरानको गहना बीपीमा भएको विकृति, विसगति हटाउन ‘हामी नेपाल’ संस्थाले घोपा बचाउ अभियान चलाएकोप्रति आफूहरुको ऐक्यवद्धता रहेको जनाएको । राप्रपा धरान नगर कमिटीका अध्यक्ष नविन पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ हामी नेपाल नामक संस्थाले आयोजना गरेको घोपा बचाउन अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समिति पूर्ण रुपमा समर्थन गर्छ ।’ पार्टीले राप्रपा यसपटक स्थानीय चुनावमा प्रतिष्पर्धाक

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रयाक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

    धरान । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ स्थित मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटनाहुदाँ १ जनाको मृत्यु भएको छ । मगंलबार राती १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुदा रामप्रसादराई ७ का २० बर्षीय जेबि राई गम्भिर घाईते भएको भनि ईलाका प्रहरी कार्यालय घोडेटारमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घाईतेलाई जिल्ला अस्पताल भोजपुर पठाईएकोमा उपचार हुन नसकि डाक्टरले मृत घोषणा गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचनलाई उत्साहप्रद बनाउन दलहरुले जनाए प्रतिबद्धता

    धरान । जति जति स्थानीय तहको निर्वाचनको मिति नजिकिएदै जाँदैछ त्यति दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । निर्वाचनलाई पूर्ण रुपमा सफलताका साथ सम्पन्न गर्न र मत आफ्नो तर्फ पार्न उनीहरु अहिलेदेखि नै उत्साहित बनेका छन् । उनीहरुले स्थानीय तहको वैसाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् । संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोडमा भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूबीचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विस्त

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘निर्वाचन अब रोकिने अवस्था नै छैन’

    धरान । वैसाख ३० गते आसन्न स् स्थानीय तह निर्वाचन तोकिएकै मितिमा हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपेलियाले बताएका छन् । उनले तयारी त्रिब रुपमा अगाडि बढेको बताउदै अब निर्वाचन स्थगित गर्न नमिल्न बताए । दलका नेता तथा सर्वसाधारणहरुले निर्वाचन स्थगित हुने हो कि भन्ने आशंका उब्जाइरहेको बेला थपलियाले भने स्थानीय निर्वाचन अब नरोकिने, तोकिएकै समयमा हुने बताए । उनले भने–‘निर्वाचन तोकिएकै समयमा हुन्छ, तयारी रफ्तारमा भएको छ कुनै हालतमा रोकिदैन ।’ निर्वाचन आयोगले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निर्वाचन तयारीको तयारी तिब्र रुपमा अगाडि बढेकोले स्थानीय निर्व

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानको विद्यार्थी मानव हड्डीको तस्करीमा संलग्न

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी मानव हड्डी तस्करीमा संलग्न भएको पाइएको छ । प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थीलाई विराटनगरबाट मानव हड्डीसहित पक्राउ गरेको छ । भारतको विहार राज्यको पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार नाकामा चेकजाँच गर्दा मंगलबार भारत विहारको पूर्णिया नगर पञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । उनका अनुसार सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राप्रपा धरानमा मेयरका ५ जना, उपमेयरमा २ जना

    धरान । वैसाख ३० गते आसन्त स्थानीय तहको निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाका मेयर र उपमेयर पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धरान उपमहानगर कार्यसमितिले सिफारिस गरेको छ । पार्टीको सोमबार बसेको बैठकले मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगर अध्यक्ष नवीन पराजुली, उपनिर्वाचनका मेयर प्रत्यासी रोशन दर्नाल, क्षेत्रीय अध्यक्ष जुद्द लोहनी, नेताहरू नरेश शाक्य र दोर्जे शेर्पालाई मेयर पदमा सिफारिस गरेको जनाइएको छ । निर्वाचनमा तालमेल नगर्ने घोषणा गरिसकेको पार्टीले उपमेयरतर्फ दिलकुमारी तामाङ र पुर्णीमाया राईको नाम सिफारिस भएको छ ।

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा १५ मतदान स्थल अति संवेदनशील

    धरान  । स्थानीय तहको निर्वाचन नसकिदै जादा चुनावी सरगर्मी बढ्दै गएको छ । यसै क्रममा पूर्वी पहाडी जिल्ला धनकुटामा चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचनका बेला जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा सुरक्षा व्यवस्था बलियो बनाउने जनाएको छ । धनकुटामा रहेका एक सय १८ मतदानस्थल मध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, निर्वाचनको समयमा द्वन्द्व हुने स्थान, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति सं

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीको मेयरमा एमालेबाट सर्वसम्मत रुपमा बगडीया, उपमेयरमा ३ जना सिफारिस

    रंगेली । मोरङको पुरानो सदरमुकामको रुपमा रहेको रंगेली नगरपालिकमा मेयरमा नेकपा एमाले बाट सर्वसम्मत सहमति जुटेको छ । आगामी बैशाख ३० हुने स्थानीयतहको निर्वाचनका लागि मेयरमा नेकपा एमालेका तर्फबाट दिलिप बगडीया सर्वसम्मत रुपमा छनौट भएका हुन् । मेयरमा सर्वसम्मत भएपनि उपमेयरमा सर्वसम्मत हुन सकेन । एमाले नगर अध्यक्ष दल बहादुर वस्नेतका अनुसार उपमेरमा केशव कुमारी खराल, उषा झा, र भुमा पराजुलीको नाम सिफारीस गर्ने निर्णय भएको जानकारी दिए । बगडीया ०७४ सालका निर्वाचनबाट रंगेलीको मेयर निर्वाचित भएका उनलाई फेरी पनि प्रमुखमा दोहो¥याउने निर्णय पार्टीले गरेको हो । ७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,402 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved