समाचार

    Showing 4,911-4,920 of 8,592 items.
  • सुत्केरी महिलालाई रातो भाले

    धरान । मुलुक संघीयता आएसँगै स्थानीय तहले स्थानीय स्तरको अधिकार प्रयोग गर्ने गरेको छ । यही अधिकार प्रयोग गरेर भोजपुरको एक गाउपालिकाले सुत्केरी महिलाको लागि महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । भोजपुर पौवादुङमा गाउपालिकाले सुत्केरी महिला र बच्चाको स्वाथइलाई मध्य नजर गर्दै ‘रातो भाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा ल्याएको छ । गर्भवती महिलालाई लक्षित गरेर मौवादुङमा गाउपालिकाभित्रका सबै वडामा लागू गरिएको बताइएको छ । यसले स्थानीय स्तरमा सरकारको आभाष भएको महसुस भएको स्थानीयहरु बताउछन् । उनीहरुले सञ्चालनमा आएको यो कार्यक्रम स्थानीय महिलाहरुको सहारा

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्ता गठबन्धन: कांग्रेस कार्यकर्ताको विद्रोह

    धरान । स्थानीय तहको निर्वाचनमा केन्द्रिय सर्कुलर अनुसार धरान उपमहानगर गठबन्धन अनुसार भागबण्डा टुङ्ग्याए पनि कांग्रेस कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ । केन्द्रले महानगर र उपमहानगरहरुमा भागबण्डा बाँडफाड गर्न थाले देखिनै असन्तुष्ट पोख्न थालेका कार्यकर्ताले धरानमा आक्रोश पोखेका छन् । बुधबार धरानमा बसेको गठबन्धन इतरका दलहरुले वडाको भागबण्डा टुङ्ग्याए पनि कांग्रेस कार्यकर्ताले नेताहरुले सल्लाह नै नगरी वडा बाँडेको आरोप लगाउँदै आएका छन् । यसै बिच गठबन्धनले वडा विभाजन र दलहरुलाई विभाजन गरिएको वडाको बारेमा जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा कांग्रेसी नेता कार्यकर्ताले असन्तुष्टि पोख्दै चर्

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 1,127 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कुटपिटबाट एक महिलाको मृत्यु

    धरान । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा कुटपिटबाट एकजना महिलाको मृत्यु भएको छ । बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको बिहीबार बिहान मृत्यु भएको हो । यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले हत्या अभियोगमा पक्राउ परेकी लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,118 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वार्षिकउत्सवमा सिटिजन्सको रक्तदान

    धरान । सिटिजन्स बैंकको १५ औं वार्षिक उत्सवको अवसरमा धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । बुधवार धरान ९ स्थिति सिटिजन्स बैंक परिषरमा सम्पन्न कार्यकममा ६० पिन्ट रगत संकलन भएको शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित ब्लड बैंकमा स्टोर गरिएको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक लगायत स्थानीयले रक्तदान गरेका थिए । प्रमुख अतिथि धरान नगर प्रमुख तिलक राइले कार्यक्रममा बैंकले सामाजिक कार्य गरेकोमा आभार व्यक्त गर्दै नव वर्षको शुभकामना सम

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 528 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीर गोर्खा पत्रकारिता: तिन पत्रकार पुरस्कृत हुने

    धरान । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तिन जना पत्रकारको नाम सार्वजनिक गरेको छ । सोमबार धरान १८ रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई दिईने जानकारी दिएको हो । यस्तै, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पारस राईलाई दिईने घोषणा गरेको छ । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशि जनही २५÷२५ हजार रुपैयाँ रहेको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । सेन्टरका प्रबन्ध निर्देशक प्रेमक

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 385 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर कप बास्केटबल : वडा १८ र १७ विजयी

    धरान । धरानमा जारी मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगिताको दोश्रो दिन २ वटा खेल सम्पन्न भएको छ । बुधबार भएको पहिलो खेलमा वडा नं १८ ले वडा नं ११ लाई ४६ का विरुद्ध ५२ अंक जोड्दै जित हासिल गरेको छ । वडा नं ११ ले प्रत्येक क्वाटर ८–२३–९–६ अंक जोड्दा वडा नं १८ ले १९–७–१२–१४ अंक जोडेको थियो । वडा १८ ले यो जित सँगै सेमिफाइनलमा प्रवेश गरेको छ । १८ ले विकेन चौधरीले व्यक्तिगत २१ अंक जोड्दै म्यान अफ द म्याच भए । उनले नगद एक हजार रुपैया सहित मेडल प्राप्त गरे । बुधबार नै भएको दोश्रो खेलमा वडा नं १७ ले २९–२२–१४–१७ गरि ८२ अंक जोड्दा वडा नं ५ ले ६&ndas

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,369 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुक्सानाको स्वरमा एपीको ‘सम्झना नै आजभोलि’ सार्वजनिक

    धरान । द भोइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बुले सांगीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन् । दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्शनाको स्वरमा अर्को गीत आएको छ । स्व. खेमराज गुरुङ्गको संगीत तथा टिका चाम्लिंङको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बुको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड गरि स्टुडियो भिडियो सार्वजनिक गरिएको छ । गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम ‘मेहनत’मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो । त्यहि गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गा

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 460 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता: एभरेष्ट भेट्रान फाइनलमा

    धरान । मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणि लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार, भेषराज लिम्बू र मदन राईले गोल गरे भने दुधेका मनोज लिम्बू, भिष्म प्रसाद खरेल, सन्तोष लिम्बू र भिम सुब्बाले गोल गर्दा हेमप्रसाद चेम्जोङको प्रहार बाहिरिदा दुधेले हार बेहोर्‍र्‍यो। खेलको दोस्रो मिनेटमा नै एभरेष्टका सति

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिफारिसमा थपघट: घिमिरे थपिँदा चौधरी कट्

    धरान । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीको नाम प्रदेश कमिर्टीले काटि दिएको छ । एमाले प्रदेश १ कमिटीको बैठकले चौधरीको नाम कटाएर बाँकी उमेदवारको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । प्रदेश कमिटीको बुधबार विराटनगरमा बसेको बैठकले इटहरी उपमहानगर कमिटीको सिफारिसमा परेका द्वारिकलालको नाम कटाएर मेयरमा लक्ष्मी गौतम, रामप्रसाद चौंलागाई, यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम केन्द्रीय कमिटीमा पठाएको हो । प्रदेश कमिटीले सिफारिसमा परेका रेवती घिमिरेको नाम पनि हटाएको छ । प्रदेश सचिव चिन्तन पाठकका अनुसार उपमेय

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 960 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तराईमा गर्मी बढ्यो: नमस्ते झरनामा घुईचो

    धरान । तराईमा अत्याधिक बढेको गर्मी छल्न स्थानीयहरु पहाडको चिसोमा रमाउन जान थालेका छन् । अहिले धनकुटाको सागुँरीगढी गाउँपालिकामा रहेको नमस्ते झरनामा घुइचो लाग्न थालेको छ । सागुरीगढी गाउँपालिकाको भेडेटारको चीसो हावा लिएपछिको गन्तव्य नै नमस्ते झरना हुने गरेको छ । विगतमा झरनामा अत्याधिक भीड भएकै कारण दुर्घटना भएपछि त्यस ठाउँमा जान सर्वसाधारणलाई प्रतिबन्धित गरिएको थियो । भेडेटार पुगेपछि नमस्ते झरना पुग्ने चाहना गर्नेहरुका लागि सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएपछि बन्दका कारण निराश बनेका थिए । अहिले नमस्ते झरना प्रवेशमा खुल्ला गरेसंगै सर्वसाधारणको घुइचो लाग्ने गरेको छ । झापामा अत्याधिक गर्मी भएपछ

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,377 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved