धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुर्लाई लक्षित गरी आयोजना हुदै आएको प्रदेश स्तरीय एसइइ स्टेट १ सिंगिङ्ग आइडल सिजन २ को धरान अडिसन सम्पन्न भएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभिले आयोजना गरेको प्रतियोगितामा सिङ्गिङतर्फ ६८ जना र डान्सिङतर्फ ३४ गरी १०२ जना सहभागि भएका थिए । अडिसन यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको हो । सिंगिङमा ३० जना र डान्सिङमा १३ गरी ४३ जना दोश्रो अडिसनका लागि छनोट भएका छन । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाईनलिस्ट बिकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका थिए । त्यस्तै नृत्यतर्फ नेपाल टेलिभिजनको रि
धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।
धरान । शुक्रबार धरानका पुराना पत्रिका वितरक एक कार्यक्रममा भावुक देखिन्थे । विगत ३३ बर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय पत्रिका घर घर पुर्याउदैआएका धरान १२ निवासी कृष्ण श्रेष्ठलाई सम्मान त परकै कुरा हो अहिलेसम्म कसैले वास्ता गरेका थिएनन् तर शुक्रबार एकाएक उनलाई सम्मान गरियो । सम्मानका क्रममा उनी भावविह्ल बनेका थिए । सन्दर्भ थियो जनपक्षीय पत्रकार सहीद कृष्णसेन इच्छुको २० औ स्मृति दिवस । नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागतसँगै उनलाई पनि सम्मान कार्यक्रम राखिएको थियो । प्रेस सेन्टर सुनसरीको आयोजनामा गरिएको सम्मान कार्यक्रममा उनलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सभासद् किरणकुमार राई,
धरान । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धर्न भएको छ । कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेको छ । कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छ । नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ । एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो । कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ ।
धरान । धरानका सर्वसाधारणहरुले नवनिर्वाचित मेयर हर्क साम्पाङसँग अपेक्षकृत भन्दा बढी आकांक्षा बढेको पाइएको छ । धरानको खानेपानी समस्या समाधान, भ्रष्टाचार विकृति विसंगतिलाई निरुत्साहित पार्ने एजेन्डा बोकेर आएका साम्पाङप्रति जनताको अपेक्षा बढेकै कारण सहकारीमा डुबेको रकम फिर्ता गराइदिने अपेक्षा राखेर उपमहानगरपालिका पुगेका छन् । विगतमा दलहरुले जनताको अपेक्षा अनुरुप काम नगरेकै कारण नवनिर्वाचित मेयर हर्कराज साम्पाङसँग धरानेहरुले ठूलो अपेक्षा राखेरे सहकारीमा रकम दिलाइदिन माग गरे र शनिवार सम्पूर्ण कार्यालय बन्द हुदा पनि धरान उपमहानगरपालिकामा विहानैदेखि सर्वसाधारणको भीडभाड देखिएको थियो । केही सर्वस
धरान । विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए । प्रतियोगिताको न
धरान । प्रदेश नं. १ को १ सय ३७ स्थानीयतहमा महिलाले प्रमुख÷अध्यक्षमा ६ जना निर्वाचित भएका छन् भने उप–प्रमुख÷उपाध्यक्षमा एक सय जना निर्वाचित भएका छन् । यस्तै वडाध्यक्षको हकमा भने ६ जना निर्वाचित भएका छन् । हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्न संविधानमा व्यवस्था गरिएको छ । राजनीतिकदलको उदासीनताका कारण कार्यान्वयन पक्षभने भने फितलो देखिएको हो । यसको प्रत्यक्ष उदाहरण भर्खरै सम्पन्न भएको स्थानीयतह निर्वाचनलाई हेरे पुग्छ । अध्यक्ष÷प्रमुखका लगाी चुनावी मैदानमा उत्रिएका ५ जना स्वतन्त्र ५३ जना दलका प्रतिनिधिका रुपमा गरी जम्मा ५८ जना प्रतिस्पर्धामा उत्रिका मध्ये ६
धरान । नवनिर्वाचित जनप्रतिनिधिहरु नगरका योजनामा केन्द्रित हुन्छन् । सपथग्रहण र पदभार ग्रहणपछि उनीहरु नगरका समस्या बुझ्ने र समस्या समाधान गर्ने कुरा छलफल राख्छन् र तल्लो स्तरमा पुगेर बुझ्ने काम गर्ने गर्दैनन् । तर धरानबाट स्वतन्त्र उमेद्वारमा मेयरमा जितेका हर्क साम्पाङले भने विगतका जनप्रतिनिधिभन्दा फरक ढंगले काम गर्न थालेका छन् । धरानको खानेपानी समस्या, धरानलाई सफा सहर बनाउने, भ्रष्टाचारशून्य अभियानका अभियन्ता समेत रहेका राईले सडकमै उत्रिएर सरसफाईमा सरिक भएका छन् । विहीबार धरानका मेयर हर्कराज साम्पाङ आफै हातमा पञ्जा लगाएर झाडु आफै बोकेर धरानको बसपार्कमा निस्केका हुन् विगतमा धरानलाई सफा नगर बन
धरान । दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर मत परिणाम समेत सम्पन्न भइसकेको छ । वैसाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा समेत वडाध्यक्षसहित वडासदस्यको वहुमत एमालेको रहेको छ । ०७४ सालको पहिलो स्थानीय तहमा मेयर र उपमेयसहित १४ वडा जितेको एमालेले दोस्रो निर्वाचनमा खुम्चिए पनि वहुमत भने एमालेकै रहेको छ । अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष तथा वडासहित सहित १ सय २ जनप्रतिनिधिमध्ये पहिलो स्थानीय निर्वाचनमा एमालेको वहुमत वडाध्यक्ष तथा सदस्य निर्वाचित भएका थिए । दुई दुईतिहाई बहुमत भएको एमालेले ३० जनामा २४ जना एमालेका कार
धरान । मोरङको जहदा गाउँपालिका २ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९ः०० बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।