विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन । बुधबार गरिएको उद्घाटन समारोह कार्यक्रममा मेयर कोइरालाले २०७७ सालदेखि उक्त वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । तर आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आउदा केहि समस्या हुने गर्थ्यो । तर ३ बर्षको अबधिमा महानगरले आफ्नै जग्गामा एकतले भवन निर्माण गर्न सक्षम भएकोमा खुशि व्यक्त गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने मेयरको योजना रहेको बताएका छन । उनले सेवा केन्द्रबाट ज्येष्ठ
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐेनमा गाभ्ने सरकारी निर्णयप्रति धरानका राजनीतिक दल, व्यवसायि, सर्वसाधारण रुष्ट बनेका छन् । स्वायत्त संस्था प्रतिष्ठान नेपाल र भारतको प्रतीकको रुपमा स्थापना भएकोले यसको गरिमालाई बचाउन भएपनि छाता ऐनमा गाभ्ने निर्णय सरकारको निर्णय जायज नभएको भन्दै संघर्ष समिति समेत गठन गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केही समय अगाडि सरकारले छाता ऐनमा गाम्भने निर्णय भएसँगै स्वायत्त रुपम सञ्चालन भएको प्रतिष्ठानको अस्तित्व नै समाप्त हुने भन्दै धरानका राजनीतिक दल, बुद्धिजीवि, व्यवसायी, सर्वसाधारणले यसलाई रोक्नका
विराटनगर / विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयन आउने भएको छ । जापान सरकारको २ अर्ब ३० करोड अनुदान सहयोगमा निर्माण हुने आयोजनाका लागि सबै प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ । जाइकाले निर्माण गर्ने आयोजनाका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ । आयोजनाको कामलाई प्रभावकारी बनाउन जाइकाको र नेपाल खानेपानी संस्थाको टोलीले आज महानगरपालिकाका मेयर नागेश कोइरालासित छलफल गरेको छ । टोलीले मेयर कोइरालासित जग्गा प्राप्ति र पाइप लाइनसम्बन्धी छलफल गरेको थियो । सो अवसरमा मेयर कोइरालाले महानगरपालिकाका तर्फबाट आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि जाइकालाई सबै किसिमको सहयोग गर्ने प्
सुनसरी /आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको हो। वर्षाका बाबजुद दे
सुनसरी / तीन वर्ष अघि मोरङको सुन्दर हरैचामा देखिएको पशुलाइ लाग्ने लम्पी स्किन रोगले हाल सम्म कोशी प्रदेशमा ११ सय ३२ गाइभैसि मरेको तथ्यांकले देखाएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी विनोदकुमार साहका अनुसार कोशीमा ८५ हजार ७ सय ८४ संक्रमित र ११ सय ३२ गाईभैंसी मरेका छन् । रोग फैलिने क्रम तीव्र रहेकाले रोग नलागेकालाई भ्याक्सिन लगाउन सुरु गरेको उनले बताए । उनका अनुसार लम्पीले मधेशभन्दा मध्य पहाडी भेगमा बढी असर गरेको छ । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो
विराटनगर / नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि सर्बोच्चमा मंगलबार सुनुवाइ तोकिएको भएपनि हेर्न नभ्याइने भएपछि मोरङ्का एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकताविहीन मोरङका निरज कुमार कामतले काठमाडौंको माइतिघर मण्डलामा आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको काठमाडौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए । आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको थियो । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तर
विराटनगर/ कोशी प्रदेश नामाकरणको बिरोधमा पहिचानबादीहरुको आन्दोलनले उग्ररुप लिएपछी प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण हुन सकेको छैन ।गत जेठ १६ गते संसद सचिवालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमाणिकरणका लागि पठाएको थियो । प्रदेश प्रमुखको कार्यालयमा उक्त विधेयक प्रमाणिकरणको पत्र १७ गते दर्ता गरिएको छ । खापुङले प्रदेश नामकरणको विषयमा आन्दोलन चलिरहेको र असन्तुष्टि बढेको भन्दै उक्त विधेयक ‘होल्ड’ गरिदिएका हुन् । विधेयक प्रदेश सरकारको कानून मन्त्रालयको तर्फबाट खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले गत जेठ १४ गते प्रदेशसभामा पेश गरेका थिए । सो
प्राचीन ग्रीसका महान दार्शनिक प्लेटो ठान्थे- "साहित्यले मानिसलाई भ्रष्ट बनाउछ ।" यो किन भने होला आश्चर्य लागेर आउछ ! मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाईदिए पाठकलाई बौद्धिक रूपमा झन् कम्जोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न । यसर्थ, साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरू जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाई अनुसारको जवाफ कविहरूले दिन तयार हुनुपर्ने हुन्छ । काल्पनिक साहित्यहरू नपढिने होइन तर अहिले उति पढिन्न । समयसँगै विज्ञान
विराटनगर / विराटनगर–१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरुका लागि निःशुल्क ट्यूसन पढाउने व्यवस्था मिलाइएको छ । मण्डलले वडा नम्बर ८ र १४ का विद्यार्थीहरुलाई लक्षित गरेर सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत
धरान / श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा कोकाहाको पानी धरान आइपुगेको छ । करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी हिजो मध्यराती धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। पाइपलाइन बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए। पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइने थापाले बताए। कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर हर्क साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए। उनले पानी नल्याएसम्म घर