धरान । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन । उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड
धरान । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरुको सेवामा पछिल्लो समय सामाजिक संघ संस्थाहरुको उपस्थिति बाक्लो रहेको पाइएको छ । मन्दिर आसपास धरानका दर्जनौ संघ संस्थाहरु निःशुल्क पानी, फलफूल वितरणदेखि दिएर निःशुल्क प्राथमिक उपचार गर्ने संघसंस्थाको व्यार्नर बग्रेल्ति देख्न सकिन्थ्यो । सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले आएका यी संघ संस्थाहरुको सामाजिक कार्य अन्य भन्दा प्राथमिक स्वास्थ्य सेवा भने प्रभावकारी देखिन्थ्यो । सप्तकोशीबाट जल ल्याएर चढाउन आएका दीर्घरोगीहरुका लागि स्वास्थ्य शिविर प्रभावकारी बनेको हो । सिराहा सप्तरीबाट आएका ६५ बर्षी सत्यनारायण साह सप्तकोशीबाट जल ल्याएर
धरान । नेपाल कृषि प्रधान देश हो । कृषिका लागि सरकारले अरबौ खरबौ बजेट छुट्याएको छ तर यही कृषिप्रधान देश नेपालमा छिमेकी मुलुक भारतको भर पर्नुपर्ने अवस्था देखिएको छ । यसको उदाहरण पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय तथ्यांकमा पाइएको छ । आर्थिक बर्ष २०७८÷०७९ लाई हेर्ने हो भने काँकडभिट्टा नाका भएर कृषि सामाग्री निर्यात भन्दा आयात बढी देखिएको छ । यो आर्थिक बर्षमा एक अर्ब रुपैया भन्दा बढीको कृषि सामाग्री भारत तथा तेस्रो मुलुकबाट आयात भएको तथ्यांक क्वारेन्टाइन कार्यालयसँग रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷ ७९ मा यो नाका भ
धरान/ महालक्ष्मी विकास बैंक लि. र धरान स्थीत लाईफकेयर फिजियोथेरापी सेन्टरबीच सम्झौता भएको छ । बैंक र लाईफकेयर फिजियोथेरापी सेन्टरबीच बैंकका कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका शाखा प्रमुख प्रबल श्रेष्ठ र फिजियोथेरापी सेन्टरका सञ्चालक डा.प्रबिर श्रेष्ठले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।कार्यक्रममा डा.प्रबीर श्रेष्ठले बैंकका सबै कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई लाईफकेयर फिजियोथेरापी सेन्टरले विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने बताएका छन् । सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यव
धरान । पपछिल्लो समय प्रदेश १ को नामकरणको टुंगो लाग्न नसक्दा योे विषय झन पेचिलो बन्दै गएको । नामाकरणका विषयमा दलहरूबीच एकमत नहुँदा प्रदेशको नाम पेचिलो बन्दै हो । ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ भने नाम के जुराउने भन्ने अझै अन्योलमै छ । प्रदेशसभाको कार्यकालको अवधि अब ४ महिना मात्र बाँकी छ । यो अवधिमा नै प्रदेश १ को नाम जुराउन यतिवेला प्रदेश १ का सांसद र सरकार कसरतमा जुटेका छन् भने पहिचानवादी विभिन्न संघसंस्था भने प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । तर आइतबार एक सांसदले प्रदेशको नामाकरणको विषयमा सांसदहरु घेराबन्दीमा परेको
धरान । दिवंगत मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा डिपो बास्केटबल रनिङ्ग कप हुने भएको छ । डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको हो । डिपोका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लिम्बुको स्मृतिमा श्रावण १५ गते देखि १९ गते सम्म प्रतियोगिता हुन लागेको आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा एसइइ दिएका विद्यार्थीहरुे सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले जानकारी दिए । प्रतियोगिताका
धरान । उमेरले डाँडा काटेपनि आफ्नो कर्मलाई नछोड्नै नसक्ने जेष्ठ नागरिकको धरानमा कुनै कमी छैन । घरमा बसेर आराम गरेर नातिनातिना हेर्ने उमेरका जेष्ठ नागरिक अहिले पनि तातो घाम र पानी केही नभनी आफ्नो कर्मलाई निरन्तता दिँदै आएका छन् । उमेरल ६५ बर्ष पुगेकी देवी राई झिसमिसेमा उठिछन् । विहानको नृत्य कर्म सिध्याएर उनी धरान १३ मा रहेको कृषि बजार पुग्छिन । सर्वसाधारणको भान्सामा नभई नहुने भेराइटी सब्जी खरिद गर्छिन र डोकोमा हालेर घर घर विक्री गर्छिन । यो कर्म उनको अहिलेदेखिएको भने होइन उहाले यस्तो काम गरेको २५ बर्ष भन्दा बढी भइसक्यो । सरकारी जागिरे हो भने उनको पेन्सन आउँथ्यो, घरमा आधा तलब खाएर आनन्द जीवन बि
धरान । राजनीतिक भागबण्डाकै आधारमा धरान खानेपानी व्यवस्थापन बोर्डमा राखिएका ६ जना कर्मचारीलाई हटाइएको छ । विगतमा राजीतिक दलको आडमा भनसुन गरेर जागिर खाएका उनीहरुलाई बोर्डबाटै हटाइएको जनाइएको छ । धरान उपमहानगरपाालिकामा निर्वाचित मेयर बोर्डको अध्यक्ष हुने प्रावधान रहेको छ । धरान उपमहानगरपालिकामा निर्वाचित भएदेखि नै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानमा दत्तचित्त भएर लागेका मेयर हर्क साम्पाङ अहिले बोर्डका अध्यक्ष रहेका छन् । राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम सन्तोषजनक नभएको भन्दै हटाइएको बोर्ड स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पटक पटक सचेत गराउदा पनि नसच्चिएपछि करार नवीकरण नगरी ह
धरान । कवि चन्द्र गुरु शनिबार निकै व्यस्त थिए । भर्खरै प्रकाशित आफ्नै कविताकृति ‘जब एउटा मान्छे हराउँछ’ बारे चर्चा कार्यक्रमका कारण उनी व्यस्त भएका हुन् । धरानमा आयोजित कार्यक्रममा कवि तथा कविताप्रेमीहरूको सुन्दर जमघट थियो र जमघटको चाँजोपाँजो मिलाएको थियो, स्थानीय साहित्यिक संस्था कलरव धरानले । कवि गुरुङ घरी आगन्तुकहरूको स्वागतमा दगुर्थे भने घरी आप्mनो कृतिमा हस्ताक्षर गरिरहेका हुन्थे । उद्घाटन कविताका रूपमा कवि करुणा राईले सङ्ग्रहकै कविता ‘प्रेमको सुगन्ध’ वाचन गरेपछि कार्यक्रम सुरु भयो । त्यसपछि कार्यक्रममा युवाकविहरू तीर्थ विश्वकर्मा, बिरेन सुब्बा र सुदीप पाख्रिनले
धरान । नियमित तथा फरक तरिका शिक्षा दिँदै आएको विराटनगरमा रहेको शिक्षादिप कलेजले वैकिङ तथा वित्तीय साक्षरता कार्यक्रमको शुरु गरेको छ । कलेजले कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा एक पटक पाठयक्र भन्दा अतिरिक्त कक्षा सञ्चालन गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए । उनले अतिरिक्त कक्षाले सिए, वैकिङ र लोकसेवालगायतका तयारीमा सहयोग पुग्ने जानकारी दिए । पहिले सेसनमा वैकिङ तथा वृतिय सम्बन्धि निलम भट्टराई र शेलेन्द्र शिवाकोटीले सहजीकरण गरे भने दोस्रो सेसनमा सिए किञ्जन पोखरेलले चार्टर एकाउण्टेण्ड सम्बन्धि सहजीकरण गरेको को–अर्डिनेटर शंकर भट्टराई बताए । अहिले कक्षा