समाचार

    Showing 4,361-4,370 of 10,012 items.
  • कोशीमा पनि एमाले सरकार ढल्यो

    सुनसरी /  कोशी प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि नेकपा एमालेको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो। बहुमत ४७ पुर्याउनु पर्ने हुन्छ । १ मत पुर्याउन नसक्दा एमालेको सरकार ढलेको हो । प्रस्ताबको मतदानको लागि तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित रहिन । सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,385 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद् जोखिम न्युनिकरण व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न

    धनकुटा / श्री भिमदल गणद्वारा विपद् जोखिम न्युनिकरण व्यवस्थापन एकीकृत अभ्यास हातेमालो –५ कार्यक्रम सम्पन्न भएको छ। बर्षतको समयमा वाढी,पहिरो,भु–क्षय जस्ता घटनाहरू बढि हुने भएकाले सम्भावित क्षतिलाई न्युनिकरण गर्न तथा प्रभावकारी रूपमा विपद् ब्यवस्थापन गरी जनधनको क्षति हुनबाट बचाउन जिल्लामा रहेका सबै सरोकारवाला तथा निकायहरुसंग समन्वय र सहकार्य गरि जोखिम न्युनिकरण र ब्यस्थापनमा सहज होस् भन्ने उदेश्यले नेपाली सेना श्री भीमदल गण र श्री जिल्ला प्रशासन कार्यालय धनकुटाको सह–आयोजनामा जिल्ला स्तरिय एकीकृत अभ्यास हातेमालो  –५ कार्यक्रम  विहिबार धनकुटामा सम्पन गरेको छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,004 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सभा बैठक बस्दै

    विराटनगर /  बिहिबार शुरु भएर आधा घण्टाको लागि स्थगित भएको कोशी प्रदेशको बैठक आज शुक्रबार अहिले शुरु हुदैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु हुँदै हरेको हो। बैठक १२ बजे सुरु हुने भनेको बैठक केही समय ढिला भएको हो। आज मुख्यमन्त्री कार्कीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । त्यसपछि विश्वासको मत लिने प्रस्ताव पेस गर्ने र मत विभाजन हुने कार्यसूची छ ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,063 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज राष्ट्रिय धान दिवस मनाइँदै

    सुनसरी/कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।   विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ

    • प्रकाशित मितिः असार १५, २०८०
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जबजको प्रणेता स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मुक्ती समाजको बिचार गोष्ठी

    धरान / जनताको बहुदलिय जनबादको प्रणेता स्वर्गीय मदन भण्डारीको ७२ औ जन्मोत्सबको अवसरमा धरानमा नेपाल उत्पीडित मुक्ती समाज कोशी प्रदेश कमिटिले बिचार गोष्ठीको आयोजना गरेको छ । उनको २००९ साल असार १४ गते ताप्लेजुङ्को ढुङेसाघुमा जन्म भएको थियो । न बिश्वमै कम्युनिस्ट आन्दोलन शिथिल हुँदै गएको समयमा नेपालमा माक्सबादलाइ स्थापित गर्न जनताको बहुदलिय जनबाद सिद्धांत प्रतिपादन गरेर कम्युनिस्ट आन्दोलनलाइ उचाईमा पुर्याएका थिए । बर्सेनि उनको जन्म दिवसमा विभिन्न कार्यक्रम गरि नेकपा एमालेले सम्झने गरेको छ । यश वर्ष एमाले निकट मुक्ती समाज कोशी प्रदेश कमिटिले भण्डारीको ७२ औं मदन जयन्तीको अवशरमा नेपाली राजनीति

    • प्रकाशित मितिः असार १५, २०८०
    • 848 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ३ मा अष्टचिरञ्जीविको मूर्ति स्थापना

    धरान/  मन्दिरको अस्तित्व जोगाउन धर्मालम्बीहरुले स्थानीय स्तरबाट धेरै प्रयास थाल्ने गरेका छन् । यसै क्रममा धरान ३ मा रहेको लक्ष्मी नारायण मन्दिर परिषरभित्र अर्को मूर्ति स्थापना भएको छ । हिन्दु सनातन धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको अष्टचीरञ्जिवी तथा नवग्रहको मूर्ति स्थापना भएको हो । स्थानीय मन्दिर निर्माण समितिका संयोजक एवम् समाजेवी पितृरुमल अग्रवालको पहलमा मन्दिरको आवश्यता महसुस गरी स्थापना गरिएको हो । संयोजक अग्रवालका अनुसार लक्ष्मी नारायण मन्दिरसँगै अष्टचिरञ्जिवी तथा नवग्रहकोको मूर्तिको आवश्यकता महसुस गरी मूर्ति निर्माण गरिएको बताए । उनले भगवान नवग्रहको मन्दिर सुनसरी जि

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,068 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

    विराटनगर/ प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जो

    • प्रकाशित मितिः असार १५, २०८०
    • 936 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र साउन १ गतेदेखि खारेज

    विराटनगर /  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि दिइएको अनुमतिपत्र साउन १ गतेदेखि खारेज गर्ने बताउनु भएको छ । विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गर्नुभयो । उहाँले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नग

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,068 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान: भारी वर्षाको सम्भावना

    सुनसरी/ आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेश

    • प्रकाशित मितिः असार १५, २०८०
    • 828 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा बलात्कारको घटना बढी -इन्सेक

    सुनसरी / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा अनुसार ६ महिनाको अवधिमा १२ वटा घटनामा सबैभन्दा बढी बलात्कारको घटना घटेको पाइएको छ । बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले ६ महिनामा ५ वटा बलात्कारको घटना रहेको बताए । उनका अनुसार गत मध्य पुस महिनादेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्बन्धित १२ वटा घटना मध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा,हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ। सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभि

    • प्रकाशित मितिः असार १४, २०८०
    • 918 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved