समाचार

    Showing 4,361-4,370 of 8,565 items.
  • पाँच लाख भन्दा बढीको, लत्ताकपडा र खाद्यान्न नियन्त्रण

    धरान । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ । मंंगलबार बेलुका साढे ७ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको लत्ताकपडा र खाद्यान्न नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसारे मे.१च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको जिभिन्न किसिमका लत्ताकपडा र खाधान्य सहित नियन्त्रणमा लिएको हो । यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा भुमिहिन, सुकुम्बासीलाई व्यवस्थित गर्न पक्रिया शुरु

    धरान । वराहक्षेत्र नगरपालिकाले भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधानकालागि काम अगाडि बढाउने भएको छ । नगर स्तरीय भुमिहिन तथा सुकुम्बासी तथा अव्यवस्थित समस्या समधान समितिले वडामा अब्यवस्थित बसोबास ,भुमिहिन दलिल, भुमिहिन सुकुम्बासीलाई पूर्जा वितरणका लागि पक्रिया अगाडि बढाउने निर्णय गरेको हो । मङलवार बसेको समितिले जग्गा प्राप्तिका लागि बराहक्षेत्र वडा नं ७ बाट परिक्षण सुरु गर्ने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडामा पहिलो चरणमा स्थान तोकेर काम अगाडि बढाइने छ । राष्ट्रिय भुमि आयोगको निर्देशन बमोजिम वडा गत रुपमा बडा अध्यक्षको संयोजकत्वमा सर्व दलिय सहजिकरण समिति गठन गर

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालले विरामीलाई विमा रोकिएको जानकारी नै दिँदैनन्: विमाबाट उपचार शुरु गर्छन्, अन्तिममा रकम असुल्छन्

    धरान । सरकारले विमावापतको रकम भुक्तानी नदिएको भन्दै अस्पतालहरुले वीमा कार्यक्रम रोकिदिएपछि सबै भन्दा बढी विरामीहरु परेका छन् । नेपाल सरकारले सर्वसाधारणको सहज उपचार गर्ने उद्देश्यले ल्याएको कार्यक्रम बीमा कम्पनीबाट वीमा वापतको रकम भुक्तानी नदिएको भन्दै ठूला अस्पतालहरुले रोकिदिएका छन् । अझ वीमा कार्यक्रम रोकिए पनि विमाबाट नै उपचार गर्ने र पछि अस्पतालहरुले पैसा माग्ने प्रवृत्तिका कारण सर्वसाधारणले झनै हैरानी व्यहोर्नु परेको छ । शुरुमा विमाबाट उपचार थाल्ने र पछि रकम असुल्ने प्रवृत्तिका कारण सर्वसाधारणदे दुःख पाएका हुन् । यस्तै घट्ना घटेको छ विमल खतिवडालाई । असार २४ गते दुर्घटनामा परेर घाइते भए

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु

    धरान । मोरङको बेलवारी नगरपालिका ८ पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी १ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक ४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जना

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधा, गुणस्तर र नतिजामा उत्कृष्ट: धरान मेघा कलेज

    पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् ।ती मध्ये एक हो, धरानको मेघा कलेज । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र हैन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा नीजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जागर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले १३ बर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 1,718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर हर्क साम्पाङ्गको स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक

    धरान । धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठुलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित ‘हाइकिङ्ग गीत’ सार्वजनिक गरेको छ । सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ,उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेका छन् । उक्त गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार संगै मेयर हर्क साम्पाङको समेत स्व

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदर्शनीस्थल निर्माणका लागि मेयरद्वारा मन्त्रीको ध्यानाकर्षण

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो । ‘मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,’ मेयर कोइरालाले भने, ‘प्रदर्शनीस्थलको अभाव

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ

    धरान । इटहरी १९ की एक युवतीलाई जबजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । इटहरीकी १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै प्रतिष्ठित दुई व्यक्ति विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले जनाएको हो । राउत एमाले निकट नेपाल खेलकुद महासंघका सचिव, कराते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागका उपनिर्देशक हुन् भने सुवेदी केन्द्रीय सदस्य हुन् भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् । पीडित भनिएकी ती युवतीले जबरजस्ती करणीको आरोपमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार गत शनिबार पक्राउ परेका राउत र सुवेदीलाई म

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धाननाच र पालम गाएर प्रदेशको माग

    धरान । प्रदेश सरकारको कार्यकाल सकिन लाग्दा पछिल्लो समय प्रदेशको नामको विषय पेचिलो बन्दै गएको छ । पहिचानवादीहरुले पहिचानको आधारमा नामाकरण गरिनुपर्ने चर्को आवाज उठाउदै आन्दोलन चर्काइरेका छन् । दलहरुबीच नै प्रदेशको नामाकरणका विषयमा अन्यौलता रहेका बेला पहिचानवादीहरु भने पहिचानको आधारमा नामाकरण गरिनुपर्ने अडानमा अडिक छन् । सधै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने, ज्ञापनपत्र बुझाउने गरेका उनीहरुले मंगलबार भने साँस्कृतिक नाँच प्रदर्शन गर्दै नामाकरणमा माग गरेका छन् । प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइमले मनायो पाँचौ बार्षिकोत्सव

    धरान । शिक्षालाई व्यवहारिक रुपमा उतार्ने उद्देश्य लिएर सञ्चालन भएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं बार्षिक उत्सव तथा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न गरेको छ । शिक्षालाई सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै धरानमा सञ्चालनमा आएको कलेजले बार्षिक उत्सवसँगै कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको पनि आयोजना गरेको होे । कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । धरान उप महानगरपालिकाका उपप्रमुख आइन्द्र बिक्रम वेघाको प्रमुख आतिथ्

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 772 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved