समाचार

    Showing 4,351-4,360 of 8,562 items.
  • माझीको निधनप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

    धरान । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारी नटीलाल माझीको असामयिक निधनप्रतिे दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले विहीबार स्वर्गीय माझीको अन्तिम संस्कारमा सहभागी हुने क्रममा श्रद्धाञ्जली अर्पण गर्दैं दुःख व्यक्त गरेका हुन् । माझी प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । सुनसरी दुहवी–७, फर्साही स्थायी घर भएका ४९ वर्षीय माझीको अन्तिम संस्कार सुनसरी दुहवीको बूढीगंगा विश्रान्ति आर्यघाटमा गरिएको थियो । माझीको श्रावण ११ गते बुधबार निधन भएको थियो भने १२ विहीबार दाहसंस

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,364 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा सवारी चालक अनुमतिपत्र परीक्षा शुरु

    धरान । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ । प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो । साउन ११ गते बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा यस अघि इटहरी, विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था गरिएको छ । यो सँगै प्रदेश नं. १ मा ट्रायल दिने स्थान ५ पुगेको छ । विराटनगरबाट नै याताय

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,210 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को नाम सगरमाथा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    धरान । पहिचानवादीहरुले पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरणको माग राख्दै आन्दोलन चर्काइरहेको बेला संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश एकको नाम सगरमाथा राख्नुपर्ने मागलाई अगाडि सारेका छन् । बुधबार उनीहरुले प्रदेश एकको नाम सगरमाथा हुनुपर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले ज्ञापनपत्रमा प्रदेश १ मा विभिन्न जातजातिको बसोबास भएकोले इतिहासमा भेटिने, इतिहास बोल्ने जातिको जनसंख्या कम भएकाले जातिको आधारबाट नामकरण हुँदा सबैलाई समेट्न नसकिने भएकनोले सगरमाथा नाम उपयुक्त हुने जनाएका छन् । लोकतन्त्रमा निर्वाचनको परिणामलाई स्विकारे जस्तै बह

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्युरो अस्पतालले मनायो हेपाटाइटिस दिवस

    धरान । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अस्पतालले बिहीबार मनाएको हो । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन सुरु गरेको छ । बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थित टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिकाभित्र अव्यस्थित रुपमा बसाइएको टहरा भत्काइएको छ । धरान नगर.प्रहरी, ,सशस्त्र प्रहरी ,बन डिभिजनका प्रहरीहरुले धरान उपमहानगरपालिकाको वडा नं. १७ को एन्फा एकेडेमी पश्चिम् उत्तरतर्फको जग्गामा बनाएको रत्न बहादुर कटुवाल, सन्तोष राई, तिलक बहादुर बि.क.ले बनाएको टिनको जस्ताको टहरा भत्काएको हो । सरकारी जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा टहरा निर्माण गरी बसोवास गरेका कारण भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्रमा बनाइएका टहरा ५ दिन भित्रमा हटाउन सूचना जारी र्दा समेत नहटाइएपछि उपमहानगरपालिकाले विहीबार हटाइएको हो । उनले भने&n

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तराईमा अत्याधिक गर्मी: गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइँचो

    धरान । तराईका जिल्लाहरुमा अहिले ह्वात्तै गर्मी बढेको छ । अत्याधिक गर्मीकै कारण तराईका जिल्लाका सर्वसाधारण गर्मी छल्नकै लागि भेडेटार पुग्ने गरेका छन् पछिल्लो समय तराईका जिल्लाका सर्वसाधारणको चिसो मौसमसँगै प्राकृतिक मनोरम दृश्य निकाल्ने स्थानको रोजाई बनेको हो, धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । गर्मी बढेसँगै अहिले तराईबाट गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइचो लाग्ने गरेको छ । इटहरी घर भएकी विना आचार्य शनिवार विदाको दिन परिवारसँगै भेडेटार पुगिन् । विदाको सदुपयोग गदैै चिसोमा रम्ने र प्राकृतिक दृश्य नियाल्ने उद्देश्यले हिडेका उनीहरु अन्तत ः धनकुटाको पाख्रीबास पुगे । पा

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •   आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

    धरान । विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा एक जना विरामीको ‘व्रेना हेमरेज’ को सफल शल्यक्रिया भएको हो । फिस्टुलाको कारण भएको जटिल प्रकृतिको ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको ाछ । अस्तालका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका – १० बेलेपुर घर भएका ४८ वर्षीय विनोद कुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका हुन् । उनको अवस्था देखेर उनका परिवार समेत आत्तिएका थिए । त न्युरोले सफल शल्यक्रिया गरिदिएपछि ढुक्

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 638 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच लाख भन्दा बढीको, लत्ताकपडा र खाद्यान्न नियन्त्रण

    धरान । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ । मंंगलबार बेलुका साढे ७ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको लत्ताकपडा र खाद्यान्न नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसारे मे.१च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको जिभिन्न किसिमका लत्ताकपडा र खाधान्य सहित नियन्त्रणमा लिएको हो । यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा भुमिहिन, सुकुम्बासीलाई व्यवस्थित गर्न पक्रिया शुरु

    धरान । वराहक्षेत्र नगरपालिकाले भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधानकालागि काम अगाडि बढाउने भएको छ । नगर स्तरीय भुमिहिन तथा सुकुम्बासी तथा अव्यवस्थित समस्या समधान समितिले वडामा अब्यवस्थित बसोबास ,भुमिहिन दलिल, भुमिहिन सुकुम्बासीलाई पूर्जा वितरणका लागि पक्रिया अगाडि बढाउने निर्णय गरेको हो । मङलवार बसेको समितिले जग्गा प्राप्तिका लागि बराहक्षेत्र वडा नं ७ बाट परिक्षण सुरु गर्ने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडामा पहिलो चरणमा स्थान तोकेर काम अगाडि बढाइने छ । राष्ट्रिय भुमि आयोगको निर्देशन बमोजिम वडा गत रुपमा बडा अध्यक्षको संयोजकत्वमा सर्व दलिय सहजिकरण समिति गठन गर

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 656 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालले विरामीलाई विमा रोकिएको जानकारी नै दिँदैनन्: विमाबाट उपचार शुरु गर्छन्, अन्तिममा रकम असुल्छन्

    धरान । सरकारले विमावापतको रकम भुक्तानी नदिएको भन्दै अस्पतालहरुले वीमा कार्यक्रम रोकिदिएपछि सबै भन्दा बढी विरामीहरु परेका छन् । नेपाल सरकारले सर्वसाधारणको सहज उपचार गर्ने उद्देश्यले ल्याएको कार्यक्रम बीमा कम्पनीबाट वीमा वापतको रकम भुक्तानी नदिएको भन्दै ठूला अस्पतालहरुले रोकिदिएका छन् । अझ वीमा कार्यक्रम रोकिए पनि विमाबाट नै उपचार गर्ने र पछि अस्पतालहरुले पैसा माग्ने प्रवृत्तिका कारण सर्वसाधारणले झनै हैरानी व्यहोर्नु परेको छ । शुरुमा विमाबाट उपचार थाल्ने र पछि रकम असुल्ने प्रवृत्तिका कारण सर्वसाधारणदे दुःख पाएका हुन् । यस्तै घट्ना घटेको छ विमल खतिवडालाई । असार २४ गते दुर्घटनामा परेर घाइते भए

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 1,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved