विराटनगर / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाह अनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगर अन्तर्गतको उक्त अस्पतालमा डेंगु रोगको चेकजाँच निःशुल्क परीक्षण व्यवस्था मिलाइएको हो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिएकाम छन । सुनसरीको धरान लगायतका केही स्थानमा डेंगुको संक्रमण फैलिएपछि महानगरले समेत सयमा नै डेङगु बाट बचन पुर्व तयारीलाई समेत व्यापक बनाएको छ । यसअघि महानगरको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले विराटनगर क्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगु रोगको किटबाट परीक्षण गर्दा ६ सयभन्दा बढी शुल्क ल
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध हुने अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश भरिका पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका बाट करिब २५ महिला उद्यमीहरुले उपस्थीति जनाएका थिए । भने अन्य गरि जम्मा ३५ महिलाहरुले सभागिता जनाएका थिए । सो कार्यक्रममा उपस्थ
धरान /धरानमा डेंग संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म ३ हअजार ६ सय २५ जनाको डेंगुको परीक्षण गर्दा २ हजार १ सय ६२ जनामा संक्रमण फेला परेको हो । अहिले डेंगुको लार्भा नष्ट गर्ने, चेकजाँच गर्ने लगायतका कामलाई राजनीतिक दल तथा स्थानीय सरकारले गर्दै आएको छ । पछिल्लो समय नेपाली काँग्रेस ३ नं. बुथ समितिले डेंगुका लार्भा नष्ट गर्नेदेखि लिएर डेंगुका विरामीहरुलाई सिटामोल, जीवनजल लगायतका औषधिहरु निःशुल्क रुपमा वितरण गर्दै आएको छ । घरैपिच्छे डेंगुका संक्रमण छ । औषधि लिन जानसम्म सक्ने अवस्था भएका विरामीहरु छन् । यस्तो अव
धरान/धरान उपमहानगर पालिका १५ नम्बर वडावासीहरुले भालुखोला सेउती खोलाको पानि आफ्नो वडामा वितरण बन्द गर्न माग गरेका छन् । जनप्रतिनिधि सहित धरान उपमहानगर पुगेको स्थानियलले मेयर हर्क साम्पाङलाई भालु खोला र सेउती खोलाको पानि खान योग्य नरहेको भन्दै वडामा वितरण बन्द गर्न माग गरेका हुन् । उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङलाई भेटेर दुवै खोलावाट टिटमेन्ट विना सिधै खोलाको पानि वितरण भइरहेकोले तत्तकाल वितरण बन्द गर्न लिखित माग पत्र समेत बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याएको भालु खोला र सेउतीको मुहानको ठिक उत्तरतर्फको डाँडामा छाला प्रशोधन उद्योगसँगै वंगुर
धरान / नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स धरानमा लन्च भएको छ । सो दुइ एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने धरानका लागि आधिकारिक डिलर राई माेटर्सले जनाएको छ । साे नयाँ गाडिकाे ग्लोबल आइएमई बैंक लि. धरान शाखाका प्रमुख श्री भुपाल घिमिरेले रिबिन काटेर उद्घाटन गरेका थिए । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्रोप तथा सिजी नेक्जीनले सो एसयूभीहरु बुकिंङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो । कम्पनीले आक्रषण मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरे
धरान / धरानको सतहबाट ल्याएको खानेपानीमा ‘फिकल कालिफर्म’ भेटिएको विषयमा दलहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराएका छन् । उनीहरुले साम्पाङको खानेपानी अभियानको समर्थन भएको भए पनि जनस्वास्थ्यमाथि गम्भीर असर पर्ने कोलिफर्म फेला परेकोले सुद्धिकरण गरेर मात्र वितरण गर्न धरानका १२ राजनीतिक दलहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले धरानका विभिन्न खानोपानीको मुहानबाट वितरण भईरहेको र खानेपानीमा फिकल कोलिफर्म’ देखिएको विषयमा राजनीतिक दलहरु गम्भीर भएका छन । विज्ञहरुको राय सल्लाहले समेत यसलाई तत्काल न्युनिकरण गर्न अति जरुरी रहेकोले विश्व स्वा
धरान । धरान इटहरी सडक खण्डको तरहरा मा बस दुर्घटना भएको छ । धरानबाट झापा जाँदै गरेको बस रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटना भएको बसका १३ जना यात्रु घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । घाइते मध्य दुइजनाको अबस्थामा गम्भीर रहेको छ । अरु यात्रु हरुको अवस्था सामान्य रहेको बताएको छ । दुर्घटना पछि चालक र सहचालक फरार भएका छ्न । घाइतेको तरहरा,इटहरी र धरान स्थित बिपि हस्पिटलमा उपचार भाइरहेको जनाइएको छ । बिहानै देखि भएको निरन्तर बर्षाका कारण बस रोड डिभाइडरमा ठोकिएको अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरि र
धरान/ बच्चालाई आमाको दूधको महत्व कति हुन्छ भन्ने कुराको जानकारी नहुदा कतिपय महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउँदैनन् । नेपाल जस्तो विकासोन्मुख देशमा मात्र हैन विकसित देशमा समेत बच्चालाई स्तन पान नगराउने आमाको संख्यामा बृद्धि हुदै गएको छ । स्तनपान गराउँदा आमाको सौन्दर्य विग्रिने नकारात्मक सन्देश प्रवाह भएकै कारण पनि स्तनपान नगराइएको पाइएको छ । यसैलाई मध्यनजर गरी अगस्त १ देखि ७ अगस्त सम्म विश्व स्तनपान दिवस मनाइएको छ,। यसको उद्देश्य बच्चालाई स्तनपान गराउँदा आमा र बच्चालाई हुने फाइदाका विषयमा जानकारी गराउनु नै रहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स
विराटनगर / विराटनगर महानगरपालिकाले सरसफाई शाखाका कर्मचारीहरु (सडक सफाई गर्ने कर्मचारीहरु)लाई धार्मिक यात्रा गराएको छ । महानगरले साउने सोमबारको अवसर पारेर सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरको धार्मिक यात्रा गराएको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार बिहान धार्मिक यात्रामा जाने कर्मचारीहरुलाई विदाई गर्नुभयो । मेयर कोइराला कर्मचारीहरुसँगै मन्दिर पुग्नुभएको थियो । कर्मचारीहरुले जतरास्थित सप्तकोशीको जल लिएर पिण्डेश्वर पुगेका थिए । झरी–बादल नभई महानगरको सरसफाईमा अहोरात्र खट्ने कर्मचारीलाई हौसला प्रदान गर्न धार्मिक यात्रामा लगेको मेयर कोइरालाले बताउनुभयो ।
धरान। किरात राई यायोक्खाको ३६ औं स्थापना दिवश सुनसरीको धरानमा पनि मनाइएको छ । किराया सुनसरीले आज रक्तदान कार्यक्रमको आयोजना गरी ३६ औं स्थापना दिवश मनाएको हो । रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान १० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरुले रगत दिन नपाउँदा सोचे अनुरुप रगत संकलन नभएको पनि बताए । यायोक्खामा योगदान पुर्याउने चार जना सम्मानित कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्याउने चार जनालाई ’जिव