समाचार

    Showing 4,211-4,220 of 8,551 items.
  • विहीबारबाट स्नुकर खेल शुरु

    धरान । धरानमा धरान स्नुकर च्याम्पियन २०७९ को विहीबार उद्घाटन गरिएको छ । धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उदघाटनसँगै युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको विहीबार उद्घाटन गरिएको हो । धरान ५ न. वडाका पुर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घाटन गर्नुका साथै स्नुकरको सट लिदै प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानि भुजेल विजयी भएका छन् । खेलमा साहिलले सन्जित राईलाई, ओपनेन्टले खड्क लिम्वु र नानि भुजेलले युनिस राई पराजित गर्दै उपाधिका लागि अघि वढेका छन । । प्रतियोगिताका विजेताले नगद ३० हजार,

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 639 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छोरा घर आउने आशामा ७१ वर्षीय आमा

    धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा सँगै जाउ स्वर्ग भनेको भए मै जाने थिईन र जवाफ देउ प्यारा एकवचन बोल बोल्दैनौ किनर इलाम I सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलको यो गितले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएको छोरा, श्रीमान बाकसमा आउँदाका परिवार र श्रीमति मा पर्ने पीडा दृष्यमा समेटिएको म्युजिक भिडियोमा आम मानिसहरुले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो । देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । प्रकाश सपुतको गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । कतिपय त विदेशिएका अहिले सम्म सम्पर्क वीहिन बनेका छन । प

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 488 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न: प्रदेशमा बढदो प्रशासनिक खर्च घटाउनुपर्ने लगायतका १६ बुदे घोषणापत्र

    धरान । धनकुटा (हिलें) पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त्त भुमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ । २१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको सातवटै प्रदेश सभाका सभामुख , उपसभामुख र सचिवहरुको भेलाले अन्तिम तथा पाँच बर्षे कार्यकालको समीक्षा गर्दै संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी गरिएको हो । प्रदेश नं १ प्रदेश सभाले संघीयता प्रबृद्धनमा प्रदेश सभाहरुको भुमिकाबारे समिक्षा गर्न सातवटै प्रदेश सभाका सभामुखहरुलाई सहभागी गराएर धनकुटाको हिलेमा दुई दिन पाँचौ तथा अन्तिम भेला आयोजना गरेको थियो । भेलाले जारी गरेको

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 401 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यपालिकाको सातौ कार्यपालिका वैठक सम्पन्न: रात्रिकालीन होटल सञ्चालन गर्ने विषय प्राथमिकतामा

    धरान । विहीबार सम्पनन धरान उपमहानगरपालिको सातौ कार्यपालिका बैठकले धरानको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने महत्वपूर्ण एजेन्डालाई प्राथमिकतामा साथ अगाडि बढाएको छ । बैठकले धरानको पर्यटन प्रवद्र्धनका लागि मापदण्ड पुगेका होटल तथा बार राति १२ बजेसम्म सञ्चालनका गर्ने विषयले प्राथमिकताका उठाएको थियो । छलफलपश्चात कार्यपालिका बैंकले यसलाई सकारात्मक रुपमा लिएर धरानका लउन्ज एण्ड बार मापदण्ड अनुसार चलेका छन् या छैनन् भन्ने विषयमा अनुगमन गर्न धरान २ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा सात सदस्यीय मापदण्ड अध्ययन तथा अनुगमन समिति गठन भएको छ । समितिमा सदस्यमा वडा नं. १० का वडाध्यक्ष विवेक रा

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 455 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरीको आरोपमा २ जना पक्राउ

    धरान । झापाको भद्रपुर नगरपालिका ७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका २ जनालाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका १० का २२ बर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका ७ का रोशन राजवंशी रहेका छन् । उनिहरुलाई चोरी भएका मोवायल र सुनका बिभिन्न किसिमका गरगहना सहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले बत

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 639 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ई–क्यान पूर्वाञ्चल शैक्षिक मेला शुरु

    धरान । इटहरीमा बुधबारदेखि ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु भएको छ । बप्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका छन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘संसार परिवर्तनको निम्ति शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रको विकासका निम्ति नेपाल सरकारसँगै निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।’ उनले आम मानिसले राज्यबाट शिक

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडावडाबाट परिचयपत्र : ज्येष्ठ नागरिकलाई भने परिचयपत्र पाउनै कठिन

    धरान । नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनमा युवाको संख्या बढी छ । तर इ पास्पोर्ट मात्र हैन सरकारी कामकाज गर्दा राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने भनिएपछि बृद्धबृद्धाहरु समेत राष्ट्रिय परिचयपत्र लिन आउने गरेका छन् । तर कागजात लगायतका समस्याले उनीहरु आजित हुने गरेका छन् । धरान १६ की बालकुमारी खड्का अहिले उमेरले ८९ बर्ष पुगिन । उनले पहाडे कागजबाट बनेको नागरिकतादेखि पछिल्लो समयको नागरिकतासम्म लिन भ्याइन् । अ

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 520 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैधानिक चलाइएका सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा: राख्ने ठाउँ नहुँदा ट्राफिक कार्यालय नै अस्तव्यस्त

    धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा एक सय भन्दा बढी मोटरसाइकल अव्यवस्थित रुपमा थन्किएका छन् । नियन्त्रणमा लिएका सवारी साधन सवारी धनी लिन नआउँदा राख्ने स्थानको समस्या भएको छ । राख्ने स्थान नहुदा ट्राफिक प्रहरीलाई टाउको दुखाइ भएको छ । धरानमा विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएका मोटरसाइकल लामो समयदेखि कागजात नविकरण नगरेका, चालकको लाइसेन्स नभएको, मोटर साइकलको स्वरुप परिवर्तन गरेका तथा चोरी भएका सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले नियन्त्रणमा लिइएका मोटर साइकल ७ बर्ष अगा

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 750 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • झुनाज फिटनेस द्धारा महिला बास्केटवल टिमलाई सहयोग

    धरान । नवौ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएकी छन । राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निः शुल्क रुपमा प्रयोग गर्न सहयोग गरेकी हुन । यही भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडीहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन । उनीहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगी हुने भएकोले सुनसरी बास्केटवल संघका पुर्व कोषाध्यक्ष समेत रहेकी झुना राईले बताइन् । । सुनसरी महिला बास्केटवल टिममा डा. आशा राई, तनु राई, सितल

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 561 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डाक्टर विहीन बन्दै इलाम अस्पताल

    धरान । इलाम अस्पताल चिकित्सकविहीन बन्दै गएको छ । दरबन्दी भएका चिकित्सक पनि समय सम्म नबस्ने, सरुवा भएर जाने समस्याले इलाममा स्पेलिष्ट चिकित्सकको अभाव खड्किएका हो । गाईनोलोजिस्ट डा. पवनजंग रायमाझी २०७५ वैशाख २६ गते इलाम अस्पतालमा आए । गाइनोको लागि राम्रो डा. का रुपमा मानिएका उनी ०७६ साल साल पौष ६ गते इलामबाट सरुवा भएर गए । उनी सरुवा भएपछि केही समय डाक्टर विहीन बन्यो इलाम अस्पताल । गाईनोकै डाक्टर प्रभुशाहा ०७६ साल कात्तिक छ गते इलाम आए । शाह अहिले सम्म इलाम अस्पतालमै छन् । गाईनो कै डा. रक्षा पराजुली ०७६ साल भदौ ८ गते इलाम अस्पतालमा आइन् । उनी ०७७ असोज १५ गते इलामबाट गईन । छोटो समयमा इलाममा राम्र

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 575 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved