समाचार

    Showing 4,201-4,210 of 8,549 items.
  • नेपालीहरुको महान पर्व नजिकिँदै: दशैलाई शान्तिपूर्ण बनाउन सर्वपक्षीय छलफल

    धरान । नेपालीहरुको महान दशै घरघरमा भित्रिइसकेको छ । नेपालीहरुले दशै पर्व हर्षोल्लासका साथ मनाउने गरेका छन् । दुई बर्ष कोरोना संक्रमणले विश्वलाई आक्रान्त बनाएको थियो । त्यसबेला नेपालीहरुको मौलिक पर्व दशै समेत प्रभावित बन्यो । त्यसबेला नेपालीले दशै घरमै खुम्चिएर मनाए । तर यस बर्ष कोरोनाको संक्रमण कायमै भएपनि सरकारले चाडवाड बनाउन रोकेको छैन । चाडवाड नकिजिदै जाँदा काला बजारी र मुख्य चोरीका घट्नाहरु बढ्न थालेपछि यसको नियन्त्रणका लागि सरोकारवालाहरु छलफलमा जुटेका छन् । छलफलमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चाडवाड नजिकिदै जाँदा सुरक्षामा चुनौति थपिने हुदा सबै सचेत हुनुपर्ने ब

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 397 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लिम्बुवान मञ्चको निर्वाचनको तयारी: निर्वाचन परिचालन समिति र उपसमिति गठन

    धरान । विगतदेखि नै पहिचानको मुद्धालाई प्राथमितामा राखेर आन्दोलन गर्दै, निर्वाचनमा होमिदै आएको संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्चले आगामी मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको छ । नेपालमा संघीयतामा गएसँगै मुलुक सात प्रदेश कायम भएको छ । तर मञ्चले भने विगतदेखि नै सबैको अस्तित्व अटाउने गरी १० + १ प्रदेशको माग गर्दै आएको छ । मञ्चले आफ्नो अस्तित्वलाई जोगाउन भएपनि निर्वाचिनमा होमिने निर्णय गरे सँगै भदौ २३ गते बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको हो । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षता तथा प्रदेश १ निर्वाचन परिचालन समितिको संयोजक अशोक

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स फ्रेसरको उपाधि सनोज र प्रशंसालाई

    विजयपुर/ एम्स कलेजको आयोजना भएकोे मिस्टर एण्ड मिस फ्रेसरको उपाधि छात्रबाट सनोज राई र छात्राबाट प्रशंसा तामाङले जितेका छन । कलेजमा ११ कक्षामा अध्ययन गर्न आएका नयाँ विद्यार्र्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य राखेर प्रत्येक बर्ष आयोजना गरिदै आएको प्रतियोगितामा सातौ मिस्टर एण्ड मिसेस फ्रेसरको विजेता छात्रतर्फ शनोज राई र प्रशंसा तामाङले जितेका हुन् । प्रतियोगितामा छात्रतर्फ सुशान्त श्याङवोले फस्ट रनरअपसँगै बेष्ट फोटोजेनिक टाइटल अवार्ड समेत जितेका छन् । सन्देश राईले सेकेन्ड रनरअपसँगै पपुलर च्वाइज र बेष्ट ट्यालेन्टको अवार्ड समेत जितेका छन् । प्रतियोगितामा वेष्ट स्माईलमा सुरज राई, बेष्ट फ्र

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निःशुल्क स्वास्थ्य परीक्षण

    धरान । धरानको स्पार्क पाइभ अस्पतालले आठौ बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । धरान १ मा रहेको अस्पतालको प्रांगरणमा भएको शिविरमा ९० जना विरामीले परीक्षण गरेका थिए । काठमाण्डौ स्पार्क अस्पतालका विशिष्ट चिकित्सक डा.अनिलकुमार महतो र धरानकी डा.सहरा भुजेलले विरामीहरुको चेकजाँच गरेका थिए । हाडजोर्नी, नशा, ढाँड दुख्ने, गर्धन दुख्न्े, बाँथ रोग, युरिक एसिड, शरीर पोल्ने, झमझमाउने प्यारालेसिस, मुख बाँगिएको लगायतका रोगका विरामीहरुको निःशुल्क परीक्षण गरिएको थियो । अस्पतालले प्रत्येक बर्ष बार्षिकोत्सवको अवसरमा शिविरको आयोजना गदै आएको छ । चेकजााँचमा आएका विरामीहरुलाई ल्याव ट

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको आर्थिक अवस्था खस्कदो ‘प्रतिष्ठानभित्र राजनीति नगर्नुस्’

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऋणात्मक अवस्थमा गएको र सरकारले यसलाई सहयोग गर्नुपर्नेमा बीपीका पदाधिकारीहरुले प्रदेश र संघीय स्वाथ्यमन्त्री समक्ष माग गरेका छन् । उनीहरुले कोरोना संक्रमण लगायत विविधि कारणले प्रतिष्ठान १ अर्ब ४१ करोड बराबर ऋणात्मक अवस्थामा गुज्रिरहेको भन्दै शुक्रबार प्रतिष्ठानको २९ औ स्थापना दिवसका अवसरमा प्रतिष्ठानका पदाधिकारीले मन्त्री समक्ष माग गरेका हुन् । यही विषयमा केही समय अगाडि प्रतिष्ठानका रजिष्टार सूर्यप्रसाद सगौलाले स्वेतपत्र नै जारी गरी प्रतिष्ठानको आर्थिक अवस्था नाजुक जानकारी गराइसकेका छन् । सरकारी असहयोगकै कारण प्रतिष्ठानको आर्थिक अवस्थ

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व प्रधानमन्त्रीको जिल्लामा सडकको दुर्दशा

    धरान । पूवकै पर्यटकीय गन्तव्यको रुपमा रहेको इलाम जिल्लामा सडकको समस्या रहेको छ । इलाममा दैनिक हजारौँ पर्यटक आउने गर्दछन् । यो क्षेत्र पर्यटकीय क्षेत्र मात्र नभएर यहाँबाट निर्वाचन जितेर प्रधानमन्त्रीसम्म भैसकेका नेताको जिल्ला हो । यहाँबाट प्रतिनिधी सभा निर्वाचन जितेका नेता प्रधानमन्त्री भए, प्रदेश १ को पर्यटन मन्त्री सम्म भईसकेका छन् । यही क्षेत्रमा पर्छ फिक्कल– नयाँ बजार सडक । प्रधानमन्त्री भइसकेका झलनाथ खनालले निर्वाचन जित्न पटक पटक इलामे जनताको साथ पाए तर इलामे जनताले एउटा सडक बन्न पनि नेताको साथ पाउन सकेनन् । निक्कै लामो समय पछि फिक्कल–नयाँ बजार सडक कालोपत्रे गर्ने कामको थालनी

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 560 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मेघा कलेजका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

    धरान/ धरान मेघा हिमालयन कलेजमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार स्वागत गरेको छ ।कक्षा १२ का विद्यार्थीहरूले नै आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि धरान उमनपाका उपमेयर अइन्द्रविक्रम बेघाले विद्यार्थीहरू नै देशको भाग्य र भविष्यका आधार भएका हुँदा शिक्षा र सिप आर्जनलाई महत्व दिन विद्यार्थीहरूलाई आग्रह गरे । ‘शिक्षा नै देश विकासको आधार हो’, उपमेयर बेघाले भने, ‘तपाईंहरूले शिक्षा आर्जन गर्दै नेतृत्व लिने हिम्मत पनि गर्नुपर्छ ।’ उनले धरानको शैक्षिक विकासमा मेघा कलेजले पु¥याएको योगदानको पनि उच्च प्रशंसा गरे । &nbs

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिनिधि लाई भू– बर्गीकरण अभिमुखीकरण तालिम

    धरान । मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली अस्पतालको सभाहलमा भू वर्गीकरण तथा भू –उपयोग योजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू–उपयोग सम्बन्धी विवरणका बारेमा जानकारी गराएका थिए । वर्तमान भू–उपयोग नक्सा , भूमि प्रणाली नक्सा, माटो नक्सा, भू–क्षमता नक्सा, जोखिम नक्सा, भू उपयोग क्षेत्र वर्गीकरण नक्सा, भू–उपयोग वर्गीकरणका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो । जिल्लाका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी प्राविधिक सहयोग प्रदान गरिने र सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिए

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 789 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • विहीबारबाट स्नुकर खेल शुरु

    धरान । धरानमा धरान स्नुकर च्याम्पियन २०७९ को विहीबार उद्घाटन गरिएको छ । धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उदघाटनसँगै युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको विहीबार उद्घाटन गरिएको हो । धरान ५ न. वडाका पुर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घाटन गर्नुका साथै स्नुकरको सट लिदै प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानि भुजेल विजयी भएका छन् । खेलमा साहिलले सन्जित राईलाई, ओपनेन्टले खड्क लिम्वु र नानि भुजेलले युनिस राई पराजित गर्दै उपाधिका लागि अघि वढेका छन । । प्रतियोगिताका विजेताले नगद ३० हजार,

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छोरा घर आउने आशामा ७१ वर्षीय आमा

    धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा सँगै जाउ स्वर्ग भनेको भए मै जाने थिईन र जवाफ देउ प्यारा एकवचन बोल बोल्दैनौ किनर इलाम I सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलको यो गितले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएको छोरा, श्रीमान बाकसमा आउँदाका परिवार र श्रीमति मा पर्ने पीडा दृष्यमा समेटिएको म्युजिक भिडियोमा आम मानिसहरुले आफ्नो पीडा भेटेपछि धेरैलाई गीतले छोएको हो । देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । प्रकाश सपुतको गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । कतिपय त विदेशिएका अहिले सम्म सम्पर्क वीहिन बनेका छन । प

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 488 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved