मोरङ / विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्ग
विजयपुर / चैत पहिलो साता चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गरेको थियो । आयोजक संंस्थाका अध्यक्ष बिक्रम लिम्बुले प्रतियोगितामा ५० जनाले सहभागिता जनाउने बताए । उनले भने–‘या हाम्रो २० औं प्रस्तुति हो, चौथो मिस्टर शारीरिक सुगठन प्रतियोगितामा साविकको कोशी अञ्चलका ५० जना खेलाडीहरु सहभागी हुने छन् ।’ उनले प्रतियोगिताको विजेताले नगद
मोरङ / जाडो बढ्दै जाँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले मोरङको एक आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।शर्माले सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । डा.शर्माले वैवाहिक बर्षगाँठको अवसर पारेर व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबर
धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् । दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवा
इलाम : सीप र व्यवसायिक ज्ञान नहुँदा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएर पैसा कमाए पनि स्वदेशमा वेरोजगार नै बस्नुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाँदा सिकेका सीपलाई प्रयोग गर्न सके नेपालमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण प्रसस्त छन् । तर उनीहरुको सीपलाई नेपाल सरकारले प्रवद्र्धन र बजारको खोजी नगरिदिँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेका छन् । इलामको चुलाचुली गाउँपालिका ५ चपेटकी सम्झना राई मलेसियाबाट फर्केर बङ्गुर पालन गर्न थालिन । नौ वर्ष मलेसिया बसेर स्वदेशमै केही गरौँ भन्ने सोच बनाउँदै गर्दा युवा सशक्तीकरण समूह मार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा
धरान : इङ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)ले बृहत् टेक्निकल फेस्ट एसेस ५ आयोजना गर्ने भएको छ । एसेस टेक फेस्टको पाँचौँ संस्करण पुस ३ गतेबाट ६ गते सम्म चल्ने आयोजकले बताएको छ । काठमाडौँबाहिर रहेको इन्जिनियरिङ क्याम्पसमध्ये पूर्वाञ्चल क्याम्पस पूर्वको केन्द्र धरानमा अवस्थित जिम्मेवारी प्राविधिक संस्थान भएकोले शिक्षा र प्रविधिको परिधिलाई बृहत्तर बनाउने उद्देश्यले सुरु गरिएको आयोजकले बताए । एसेस टेक फेस्ट कार्यक्रमबाट दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष र अनलाईन मार्फत बिस हजारभन्दा बढी विद्यार्थीहरुले देशभरिबाट लाभान्वित हुने छन् । टे
खोटाङ : राष्ट्रिय मानव अधिकार आयोगले पूर्वका तीन जिल्लामा हिँसाका घट्ना बढेको तथ्यांक सार्वजनिक गरेको छ । आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढको तथ्यांक सार्वजनिक गरेको हो । आयोगले ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खोटाङमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको बताए । उनले पूर्वका
रंगेली / अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर हुन नदिन रंगेली अस्पताल परिषरभित्र साप्ताहिक रुपमा सरसफाई शुरु गरिएको छ । शनिवारबाट शुरु गरिएको सरसफाई गरिएको हो ।रंंगेली नगपालिका ७ मा रहेको सो अस्पतालमा साप्ताहिक सरसफाई शुरु गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ । अस्पताल वरपर उम्रिएको झारपातले अस्पतालको वातावरणलाई प्रदूषित बनाएको भन्दै झारपात उखेल्ने र फोहोर व्यवस्थापन गर्ने काम समितिले गरेको छ । सरसफाइमा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, विभिन्न बडाका बडा अध्यक्ष, अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल, पुर्साेतम काफ्ले, अस्पतालका चिकित्सक , कर्मचारी, नेपा
मोरङ / विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ । कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम वीच पुरस्कृत गरेको हो । कलेजले सञ्चालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को–अर्डिनेटर शंकर भट्टराईले बताए । यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्
मोरङ / भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको लत्ता कपडा नियन्त्रण गर्ने क्रममा भन्सारका कर्मचारीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरिएको छ । विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी गरेर ल्याएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि नै हातपात गरेपछि तस्कर समूहका एक जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का २९ वर्षीय मोहम्मद सदाम मिया रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीकाका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसार भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गर्दै हात पात गर्न खोजेपछि उनलाई सोमबार पक्राउ गरिएको बताए । उनका अनुसार