समाचार

    Showing 3,851-3,860 of 10,009 items.
  • नमुना श्रुतिमार्ग र निराजनमा टोल सुरक्षा समिति गठन

    धरान/ समाजमा चोरी, झै–झगडा, साना घरेलु हतियारको प्रयोग, लैंगिक तथा जातीय हिंसा यौन दुव्र्यवहार लगायत समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न टोल टोलमा सुरक्षा समिती गठनको अभियानलाई तिब्रता दिएको छ । युवा पुस्ता लागूपदार्थ दुव्र्यसन जस्ता कुलतमा फस्दै गईरहेको अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तरर्गतको स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा लागू पदार्थ दुव्र्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण तथा न्यूनिकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्नका लागि टोलमा सुरक्षा समिति गठनको अभियानलाई तिव्रता दिएको हो । गाउँ र नगर, टोल–टोलमा प्रहरी भन्ने नाराका साथ समुदाय प्

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 789 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले धरानले भूकम्प पीडितको लागि राहत संकलन गर्दै

    धरान/  पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडितहरुको राहतका लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले बुधबार देखि सुनसरीको धरानमा राहत संकलन अभियान औपचारिक रुपमा सुरु गरेको छ । पार्टी नगर अध्यक्ष हर्कजंग एभेङका अनुसार धरान बजारदेखि राहत संकलन अभियान औपचारिक रुपमा शुरु गरिएको छ । धरानको भानुचौक हुँदै वजारका विभिन्न स्थानमा पुगेर उद्योगी व्यापारी एवम ऐच्छिक सहयोग गर्नेहरुलाई भेटेर आर्थिक रकम संकलन गरिएको हो । आर्थिक रकम संकलनका लागि पार्टीले नगर उपाध्यक्ष पारस काङमाङ राईको सयोजकत्वमा समिति बनाएको छ । अध्यक्ष एभेङले भने, ‘भुकम्पमा परी जनधनको क्षति गुमाएकाहरुको लागि धरा

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको तिहारमा स्थानीय फूल पर्याप्त

    धरान/  यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो । धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 874 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चियाबारी भित्र चेस प्रतियोगिता

    इलाम/ सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारीमा हुने भएको छ । कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको अध्यक्षको भनाई छ । इलाम चियाबाट परिचित भएको र मौसम पनि खुल्ला भएको समयका कारण चियाबारीमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकको रूपमा स्व. सन्तोष अधिकारीको परिवार रहने मोहन अधिकारीले बता

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विविएस चौथो वर्षमा मेरिल्याण्ड नेपाल प्रथम भएको दाबी

    मोरङ/  त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ । विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सा

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

    इलाम/  कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो । सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले आगामी सात दिनसम्मका लागि होटल, कटेज र होमस्टेहरु बुकिङ भइसकेका छन् । दैनिक करिब दुई हजार जना आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका अध्यक्ष रुद्र घिमिरेले बताए । ‘नेपालका विभिन्न स्थानका पर्यटकसँगै भारतको गुहाटी, आसाम, सिलिगुढी लगायतका स्थानबाट आगामी सात दिनसम्मका लागि होटल, कटेजहरु

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले योजनाबद्ध विकास अघि बढाउन सकेन:प्रदेश सांसद

    विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे । त्यसै गरि प्रदेश सभा सदस्य गोविन

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा

    पाँचथर/  पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड १९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शैयाको उक्त आइसियु कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भएका हुन् । संघीय सरकारको सहयोगमा दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार डायलाइसिस मेसिनको कात्त

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिब्ल्याँटे माई पोखरी सडक कालोपत्रे माथि बन्दै, तल बिग्रँदै

    इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा चिकित्सकहरू काममा फर्किए' कर्मचारीसँग ४ बुँदे सहमती

    धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved