‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ आज देखि

  • पुष ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर–२ शंकरपुरमा लाग्ने एक्स्पोको  आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ ।

एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहने ब्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ ।

मेला आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले एक्स्पोले शिथिल अवस्थामा रहेको सुनसरी मोरङ औद्योगिक क्षेत्र चलायमान बनाउने अपेक्षा पनि गरिएको बताए ।

एक्स्पोलाई शिथिल अर्थतन्त्रले कुनै प्रभाव नपारेको भन्दै उनले एक्स्पोमा औद्योगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुको उल्लेख्य कारोबार हुने अपेक्षा रहेको बताए ।

 

एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदेशका कृषि उत्पादन, अन्तरप्रादेशिक व्यापार संभावना र सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने एक्स्पोको लक्ष्य छ ।

एक्स्पोमा सर्वसाधारणलाई मनोरञ्जन दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय कलाकारबाट दिनहुँ सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

एक्स्पोले आर्थिक क्षेत्रमा उर्जा दिने अपेक्षा गरिएको उल्लेख गर्दै रिजालले स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढाउने उद्देश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिभल मुभमेन्टका रुपमा पनि आयोजना गरेको बताए ।

एक्स्पोले यस क्षेत्रको सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने उनको दावी छ ।

मेलामा २०० वटा स्टल राख्ने तयारी गरेकोमा औद्योगिक र व्यापारिक घरानाको माग बढेसँगै ४० वटा स्टल थप गरिएको एक्स्पोका संयोजक अनिल साहले बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुने बताइएको छ ।

पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले त्यसको भरपुर फाइदा उठाउन कोशी प्रदेशवासीलाई संयोजक साहले आग्रह गरेका छन् ।

 

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved