वाह्य पर्यटक तान्न भेडेटारमा फुड फेस्टबलको आयोजना गरिने

  • पुष ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा ११ ओं फुड फेस्टिबलको आयोजना गर्ने भएको छ ।

२०६८ सालदेखि नियमित आयोजना गर्दै आइरहेको फेस्टिबलको ११ औं संस्करण अंग्रेजी नयाँ बर्षको अवसर पारेर आगामी पुष १५ देखि १७ गतेसम्म आयोजन गर्ने आयोजक होटल एसोसिएसनले जनाएको हो ।

१२ औं संस्करणको फुडफेस्टिबल आयोजना हुनुपर्ने भएपनि कोरोना संक्रमणका कारण एक बर्ष आयोजना गर्न सकिएको थिएन । आरालो लागेको पर्यटन क्षेत्रलाई माथि उकास्न फुडफेस्टिबलले सहयोग पु¥याएको आयोजकको भनाई छ ।

११ औ संस्करणसम्म आइपुग्दा धेरै परिवर्तन भएको र आन्तरिकमात्र हैन वाह्य पर्यटक समेत महोत्सवमा आउन थालेको आयोजक संस्था होटल एसोसिएन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।

आन्तरिक तथा वाह्य पर्यटक महोत्सवमा आउने भएकाले विशेष गरी यहाँका जातीय साँस्कृतिक मौलिक खाना, परम्परा, सँसकृतिसँगै यहाँका रमणीय पर्यटकीय स्थलको प्रचारप्रसार हुने आयोकको भनाई छ ।

गाउँपालिकाले कृषिलाई प्रवद्र्धन गर्न कोसेली घर निर्माण गरिएको र यसलाई यही फुड फेस्टिबलमा सञ्चालनमा ल्याइने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

उनले यस क्षेत्रमा उत्पादन भएका कृषि सामाग्रीको प्रवद्र्धन, कृषकलाई बजारको व्यवस्था र आउने पर्यटकलाई यहाँ उत्पादन भएको सामाग्रीको विषयमा जानकारी गराउन कोशेली घरको निर्माण गरिएको बताए ।

यसका सार्थै राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने जनाइएको छ ।

त्यस्तै जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने ’फुड फेस्टिवल’मा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका सहासिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत गरिने भएको छ ।

‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहाना’ भन्ने नारासहित होटल एसोसियसन भेडेटारद्वारा आयोजित ११ औं फुड फेस्टिवलले भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्मको पर्यटन प्रवर्धन हुने आयोजकले जनाएको छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved