समाचार

    Showing 2,801-2,810 of 10,005 items.
  • खहरेले कुनबेला कस्तो वितण्डा मच्चाउँछ ?

    धरान/ धरान १३ स्थित खहरे डिल आसपास बसोवास गर्नेहरुलाई बाढीको पीरलो छ । भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिए । ‘खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ’, उनले भने,‘खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ । &rsquo

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 782 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सवको तयारी, ६१ केजीको लड्डुको आकर्षण

    दुहबी/ सुनसरीको दुहवीमा सातौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित इप्रका दुहबी थाना रोड अगाडिमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि साल भदौ २२ गते देखि २४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने बुधबार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक समितिका रितेश साह हलुवाईले जानकारी दिएका छन ।दुहबी नगरपालिका वडा नं. ५ मा विगत वर्ष झै मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाल

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 817 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टी जेसीले वराहक्षेत्र रन आयोजना गर्ने

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा सक्रिय चक्रघट्टी जेसीले तेस्रो वराहक्षेत्र रनको आयोजना गर्ने भएको छ । "दौड्छ वराहक्षेत्र "नारा दिएर चक्रघट्टी जेसिजले वराहक्षेत्र रनको आयोजना गर्न लागेको हो । प्रतियोगिता वारे मङलवार आयोजक चक्रघट्टी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । वराहक्षेत्र नगरपालिका वडा नं ४ सुनसरी पुलदेखि कालाबञ्जर हुँदै नडाहा पुगेर पुन: कालाबञ्जरको रुट तय गरेको उक्त रन भाद्र २२ गते शनिवार बिहान आयोजना हुने चक्रघट्टी जेसिजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए । वराहक्षेत्र नगर स्तरिय आयोजना हुने उक्त प्रतियोगितामा सहभागीले ८.८ किलोमिटरको दुरी पार गर्नु

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली कांग्रेस वराहक्षेत्रद्बारा तिज विशेष कार्यक्रम

    वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समितिले तिज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाली कांग्रेश वराहक्षेत्र नगर कार्यसमितिले मङलवार तिज विशेष कार्यक्रम आयोजना गरेको हो । बाङ्गेबजार स्थित सत्संङ्ग भवनमा आयोजना भएको तिज विशेष कार्यक्रममा नेपाल महिला संघकि पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेश महाधिबेशन प्रतिनिधि अनु गुरुङ्ग प्रमुख अतिथि रहेकी थिईन् । नारीहरुलाई सहभागी गराएर सांस्कृतिक तथा मनोरञ्जानात्मक कार्यक्रम आयोजना भएको गरिएको थियो । जस्मा मिउजिकल चियर तथा नृत्य प्रतिगोगिताको आयोजना समेत गरिएको थियो । दुबै प्रतियोगिता

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युजिनको परिवारलाई ५ लाख

    धरान/  केही दिनअघि धरान वडा नं ३ स्थित माछाभौडी नजिकै श्रीपथमा १४ बर्षीया युजिन शाहीको हत्या गरिएको घटनाका विषयमा स्थानीय सरकारले चासो देखाएको छ । धरान उपमहानगरपालिका वडा न. ३ को पहलमा धरान उपमहानगरपालिकाले पीडित परिवारलाई ५ लाख रुपैया सहयोग उपलब्ध गराएको छ भने दोषीलाई हदैसम्मको कारबाही गर्न उपमहानगरपालिकाले यस भन्दा अगाडि सम्बन्धित निकायमा पत्राचार समेत गरेको छ । घट्ना वडा नं. ३ मै परेको हुनाले सर्वसाधारणलाई परेको समस्यामा स्थानीय सरकारबाट केही सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले वडा न. ३ का वडाध्यक्ष विद्या शाक्यको पहलमा धरान उपमहानगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको हो । सहयोग उपल

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा जंगली हात्तीको त्रास

    इनरुवा/  सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्व वडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन् । रातको समयमा जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी नसुतेका हुन् । प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनु पर्ने आफ्नो दिनचर्या नै भएको उनको भनाइ रहेको छ । दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए । रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गर

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २ करोड ९ लाखमा जनसहभागिताबाट बनेको हिरासत

    धरान/ जिर्ण बनेको हिरासत भवनलाई ब्यवस्थित बनाउन जनसहभागीताबाट सुनसरीको धरानमा प्रहरी हिरासत भबन निर्माण भएको छ । करिब २ करोड ९ लाख रुपैयाको लागतमा ब्यावस्थित दुई तले पक्की भबनको निर्माण भएको हो । करिब ७ बर्ष अघि ईलाका प्रहरी कार्यालय धरानको हिरासत भित्र एक युबकले आत्महत्या गरे । छोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनले हिरासत भबन भित्रै आफ्नै सटको पासो लगाएर झुण्डिएर आत्महत्या गरेका थिए । क्षमता भन्दा बढी थुनुवाहरु राख्नुपर्ने बाध्यता हुँदा प्रहरीलाई सुरक्षामा थप चुनौती थियो । बिभिन्न घटनासँग जोडीएका आरोपितहरुलाई एकै ठाउमा राख्नुपर्ने बाध्यता थियो । हिरासत भबन पुरानो जिर्ण,

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुक्ति समाजको सामुहिक तीज कार्यक्रम

    धरान/ समाजमा अझै पनि देखि रहेको जातीय छुवाछूत तथा विभेद अन्त्य गर्न सस्कार र संस्कृति मनाउने प्रचलन पनि परिवर्तन हुनुपर्छ जसले समाजमा समानता कायम गर्न सकोस, यहि उदेश्य का साथ नेकपा एमाले आबद्ध नेपाल उत्पीडित जातीय मुक्ती समाज र अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले संयुक्त रुप तिज कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा मुक्ती समाज र अनेम संघ धरान उपमहानगर कमिटीले संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । आइतबार नेकपा एमाले धरान उपमहानगर कमिटीको सभाहलमा कार्यक्रम गरेको हो । नेकपा एमालेकी केन्द्रिय सदस्य मन्जु भण्डा

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी इत्तेहादमा तुफेल,२५ सदस्य निर्वाचित

    धरान ।मुस्लिम इत्तेहाद संगठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेको छ ।सुनसरी इत्तेहादको उपाध्यक्षमा मो. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भोक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको छ । इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुनसरी एमाले जिल्ला ईञ्चार्ज तथा पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव तैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय एउटा ,प्रधानाध्यापक दुई जना

    झापा/  झापाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुई जना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ । गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो । एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए । ‘प्रधानाध्यापक

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved