धनकुटा/ धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि विहीबारदेखि सामुदायिक कुकुरहरुको बध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिए ।
छाडा छोडिएका कुकुरहरूबाट रेबिज रोगको जोखिम उच्च हुने भएकोले जोखिम न्यूनिकरणका लागि कुकुरको बन्ध्याकरण थालिएको गौतले बताइन् । असोज ७ गते सम्म शिविर नै संचालन गरेर सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको प्रमुख गौतमको भनाई छ ।
‘पशुअधिकार लाई समेत ध्यान दिदै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाएका हौं प्रमुख गौतमले भनिन् ।’
धनकुटामा बेलाबेला भुस्याहा कुकुरले मान्छेलाई टोकेर आतंक मच्चाउने गरेको छ । यस्तो समस्या रोकथामका लागि कुकुरको बन्ध्याकरण गरिनु उचित भएको स्थानियको भनाई समेत रहेको छ ।