ओमनमा दुर्घटनामा परी झापाकी समिता सहित दुई नेपालीको मृत्यु

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

युएई/  ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ ।

राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ ।

ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दुतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावास ओमानका द्वितिय सचिव विशेष कुमार झाले नेपाल प्रेसलाई बताए ।

एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबको क्याटेनको रुपमा खेल्दै आएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved