धरानका मठमन्दिरमा आन्तरिक पर्यटक बढे

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर बुढासुब्बा मन्दिर

धरान/ पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

धरानमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका हुन ।

नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ ।

सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् ।

अहिले विजयपुरमा मात्र सरदर दैनिक ५ हजार भन्दा बढी सर्वसाधारण आउने गरेको बताइएको छ ।

लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिनुभयो । इलाम हुँदै इटहरी बसेर धरान आइपुग्नु भएकी उनलाई धरान असाध्यै राम्रो लागेको बताछिन् । पहिलो पटक धरान आएकी ढकालले कहिल्यै नआउनेलाई पनि एक पटक धरान आउन अनुरोध गरिन् ।

सुजातासँगै आएका लमजुङकै चन्द्रप्रसाद गुरुङले पनि धरान सोचेभन्दा राम्रो भएको बताइन् ।

उनले पूर्वका विभिन्न स्थान घुमिसकेर धरानको विजयपुरमा रहेको बुढासुब्बाको महिमा धेरै सुनेकोले दर्शन गर्न आएको सुनाइन् ।

उनले पहिलो पटक धरान आएको बताउदै बुढासुब्बा मन्दिरमा दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका साथ दर्शन गर्न आएको बताइन् ।

बुढासुब्बामा रहेको टुप्पो विनाको बासको विषयमा लमजुङ समेत चर्चा बढी भएकोले पहिलादेखि नै आउने मन भए पनि संजोगले यस पटक आउन पाएकोमा खुशी व्यक्त गरिन् ।

लमजुङबाट मात्र हैन काठमाण्र्डाैबाट धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा दर्शन गर्न आउनु भएका रुपा गुरुङ र सुनिता श्रेष्ठको भनाई पनि उस्तै छ । धरान पूरै घुम्न नपाए पनि जति घुम्यो त्यति रमणीय स्थल भएको उनीहरुको भनाई छ । यहाँको मठमन्दिर, वातावरण सबै राम्रो लागेको उनीहरुको भनाई छ ।

पोखराकी सुस्मिता केसीले समेत धरान घुम्न आउन पाएकोमा आफूलाई भाग्यमानी भएको सुनाइन् । पहिलो पटक समूहमा सवारी साधन रिजर्व गरेर आएकी उनले समेत धरानका विजयपुरमा रहेको मठमन्दिर, धरानको स्वच्छ वातावरण तथा रमणीय स्थलको अवलोकन गरेको बताइन् ।

उनीहरुमात्र हैन पछिल्लो समय धरानमा पूर्वदेखि पश्चिमसम्मका सर्वसाधारण समूह बनाएर घुम्न आउन थालेका छन् ।

यसले गर्दा धरानको चहलपहल समेत बढ्दै गएको छ । पूर्वको इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा घुमिसकेपछि आउने ठाउँ नै धरान बनेको छ । यहाँको रमणीय स्थलसँगै विजयपुरमा रहेका पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिरको दर्शन गरेर फर्किने गरेका छन् ।

पूर्वकै धार्मिक पर्यटकीय गन्तव्य स्थल धरान बन्दै गएको छ । यहाँ आउने अधिकांश पर्यटकले खानेपानीको असुविधालाई सुधार्न जरुरी रहेको सुझाव दिएका छन् ।

यहाँका तीनै सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिँदै बाह्य पर्यटक समेत भित्र्याउने वातावरण सिर्जना गर्ने खालका काम गर्न भने जरुरी देखिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved