धरान/ धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भएका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य आरोपी अझै फरार रहेका छन्। धरान–५ झरना चोकका २० वर्षीय निलकमल राईमाथि खुकुरी प्रहार गरी फरार भएका धरान–५ का ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार र २२ वर्षीय ससेस साहलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू स्थानीय एक टहरामा लुकिरहेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए। डीएसपी राईका अनुसार (हिजो)आईतवार बिहान जंगलमा लुकेको सूचना पाए पनि दिउँसो उनीहरू टहरामा सामूहिक रूपमा बसेको अवस्थामा फेला परेपछि पक्राउ
धरान/ सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित एक घरमा ताला फोडेर सुनचाँदीका गहना र नगद चोरी गर्ने आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार बिहान करिब ३ बजेदेखि ४ बजेको बीचमा राजु साहको घरको माथिल्लो तलामा रहेको उनका भाइ पप्पु साहको कोठाको ताला फोडेर चोरी गरिएको थियो। पप्पु र उनको परिवार घरमा नभएको मौका पारेर चार जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक विनालाल साहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का
धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको सन्देश प्रवाह गर्दै सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार धरानमा भव्य सामाजिक सद्भाव र्याली सम्पन्न भएको छ। ‘सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौं’ भन्ने नारासहित आयोजित र्याली भानुचोकबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनः भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। विभिन्न जाति, भाषा, धर्म र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताले र्यालीले धरानको सामाजिक एकताको सन्देश झनै बलियो बनाएको थियो। कोणसभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र वि
धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको तेस्रो दिन आज चार खेल भए । उक्त खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले आप्mनो खेलमा जित निकालेका छन् । विजेता चार विद्यालय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले ११–२, १२–५, १०–४ र ८–४ अङ्कले
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा आइतबार सम्पन्न चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमीले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अङ्कले पराजित गर्यो। खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हराउँदै दोस्रो चरणमा स्थान बनायो। प्रभातका साइमन विके म्यान अफ द म्याच घोषित भए। तेस्
धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ । धरान उपमहानगरपालिका–५ झरना चोकमा २० वर्षीय आशिष भनिने निलकमल राईमाथि खुकुरी हतियार प्रहार भएको छ। प्रहरीका अनुसार जोनसेना (यकिन नाम खुल्न बाँकी), सुमन लिम्बु, हनक राई र किरण राईसहित चार जनाले निलकमलमाथि ढाडमा खुकुरी हतियार प्रहार गरी फरार भएका छन्। गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूमा उपचार भइरहेको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको
धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि फेरि तनाव बढ्ने संकेत देखिएको छ । सम्भावित अप्रिय अवस्था रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार घाँस काटिरहेका बेला बिहान ११ः३० बजेतिर ग्याँटिसले हानिएको ढुंगाले उनको टाउकोमा लागेको हो । यद्यपि, ढुंगा कसले प्रहार गर्यो भन्ने विषय अझै पुष्टि हुन नसके
जनकपुरधाम/ गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। शनिबार राति भएको सम्झौताका अस्पष्टताहरूलाई चिर्दै आइतबार गृहमन्त्रीको उपस्थितिमा भएको करिब डेढ घण्टा लामो छलफलपछि मोर्चाले आफ्ना सबै विरोध तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ। वार्ताका क्रममा मोर्चाले पूर्वघोषित १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे मागपत्र गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेस गरेको छ। प्राप्त मागहरूलाई सरकारले सकारात्मक रूपमा लिँदै तिनको कार्यान्वयनका लागि उप
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो । गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्
धरान/ डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौं मेजर श्रवणकुमार लिम्बू स्मृति अन्तरविद्यालय बास्केटबल रनिङ कप शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न चार खेलमा हिमालयन मेघा एकेडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल (डीपीएस) धरान विजयी भएका छन्। डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमालयन मेघा एकेडेमीले अरणिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अंकले पराजित गर्यो। हिमालयनले चारै क्वाटरमा क्रमशः १२–८, १७–६, १५–७ र १६–९ अंकको अग्रता बनाउँदै सहज जित हात पार्यो। दोस्रो खेल