-सांगेतिक तस्बिर
धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
धरान उपमहानगरपालिका–५ झरना चोकमा २० वर्षीय आशिष भनिने निलकमल राईमाथि खुकुरी हतियार प्रहार भएको छ।
प्रहरीका अनुसार जोनसेना (यकिन नाम खुल्न बाँकी), सुमन लिम्बु, हनक राई र किरण राईसहित चार जनाले निलकमलमाथि ढाडमा खुकुरी हतियार प्रहार गरी फरार भएका छन्।
गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूमा उपचार भइरहेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।