समाचार

    Showing 1,921-1,930 of 10,004 items.
  • सुच्चा राई कल्याणकारी समाजको २५औं स्थापना दिवसमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

    धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागु पूर्णिमा आज: रङको पर्वले देशभरि उत्साह

    काठमाडौं/ हर्षोल्लास, रङ र उमंगको पर्व फागु पूर्णिमा (होली) आज पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रुपमा मनाउने गर्छन्। राजधानी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा रंग, अबिर, पानीका फोका र संगीतको माहोल देखिएको छ। युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रमाइरहेका छन्। सरकारले सार्वजनिक बिदा दिएको हुँदा मानिसहरू खुलेर रमाइरहेका छन्। तराईका जिल्लाहरूमा भने भोलि होली मनाइनेछ। होली पर्व विशेष गरी मित्रता, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। सामाजिक सञ्जालहरूमा पनि होलीका तस्बिर र शुभकामना सन्देश

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका तीन क्याम्पसमा गठबन्धन

    धरान । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । देशैभरी निर्वाचनको सरगमी बढेको छ । सुनसरीको धरान पनि चुनाबी सरगमीले निकै विद्यार्थी माझ महौल तात्नु स्वाभाविक नै हो भने ठुला राजनीतिक पार्टी बीच पनि आफ्नो पार्टीको विद्यार्थीलाई जिताउने कसरतमा लागेका छन् ।  त्रिभुवन विश्व विद्यालय अन्र्तरगत धरानका ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । केन्द्रिय राजनीतिको सत्ता गठवन्धनकै आधारमा यहाँ पनि विद्यार्थीको संगठनवीच गठवन्धन भएको छ । नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा महेन्द्र र हात्तीसार क्याम

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढी र छथरजोरपाटीेले यसरी मनाए स्थापना दिवस

    धनकुटा । कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस धुमधामसँग मनाएको छ ।संघीय संरचना अनुसार विभिन्न ८ वडा गाविसहरुलाई गाभेर साँगुरीगढी गाउँपालिका घोषणा गरेको थियो । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा भएको सो स्थापना दिवसमा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई साँगुरीगढी गाउँपालिकाको संक्षिप्त स्थिती पत्र प्रस्तुत गरे । उनी अहिलेसम्म पालिकाले गरेका विकास निर्माणका काम र खर्च भएको अवस्थाबारे पनि जानकारी गराए ।जिल्ला समन्वय प्रमुख तामाङले साँगुरीगढी गाउँपालिकाले पर्यटन क्षेत्रमा मारेको फड्कोले समग्र धनकुटाला

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं २ च्याम्पियन, चाँदीको ट्रफीसहित नगद पुरस्कार

    सुनसरी/वराहक्षेत्र नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ को टोलीले जितेको छ। बुधवार सम्पन्न फाइनल खेलमा वडा नं २ ले वडा नं ५ लाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टोलीले दुई लाख २ हजार नगद पुरस्कार प्राप्त गरेको छ। साथै, रनिङ शिल्ड प्रतियोगिता भएकाले वडा नं २ ले अर्को सिजनको लिग हुनु एक महिनासम्म एक केजी चाँदीको ट्रफी समेत राख्न पाउनेछ। उक्त ट्रफी तीन पटक जितेपछि मात्र विजेता टोलीको स्थायी स्वामित्वमा जाने नियम छ। पुरस्कार राशि : • विजेता (वडा नं २) : रु. २,०२,००० • उपविजेता (वडा नं ५) : र

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 774 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीति तातियो

    काठमाडौं/  त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेसँगै देशभरका क्याम्पसहरूमा विद्यार्थी राजनीति तातेको छ। विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले चुनावी रणनीति तयार गर्दै तिव्र चुनावी प्रचारप्रसार थालेका छन्। फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन्। स्ववियु निर्वाचनलाई ‘मिनी संसद’का रूपमा लिइने भएकाले प्रमुख विद्यार्थी संगठनहरू आ(आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न रणनीति अपनाइरहेका छन्। कतै गठबन्धन, कतै तीव्र प्रतिस्पर्धा यस पटकको स्ववियु निर्वाचनमा कतिपय क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले गठब

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन-नवोदय कलेजमा फुड फेस्टिबल मेला, विद्यार्थीका परिकार चाख्दै पाहुना

    धरान/ धरान-१६ स्थित युएन नवोदय कलेजमा अहिले फुड फेस्टिबलको रौनक छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली, अन्तर्राष्ट्रिय तथा किराती परिकार पकाएर अभिभावक, पाहुना र स्थानीय समुदायलाई चखाइरहेका छन्। फेस्टिबलमा सहभागीहरूले धराने मःम, थुक्पा, सेलरोटी, गुन्द्रुक–ढिडो जस्ता नेपाली परिकार मात्र नभई चाइनिज, थाई, इटालियन तथा अन्य अन्तर्राष्ट्रिय खानाका स्वादहरू समेत अनुभव गरिरहेका छन्। फुड फेस्टिबलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउनु हो। होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, "विद्यार्थीले केवल किताबी ज्ञान मात्र होइन, व्यवहारिक

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 1,020 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा नं. ९ तेस्रो स्थानमा, बराहक्षेत्र मेयर लिग कपको उपाधि भिडन्त बुधबार

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न खेलमा वडा नं. ९ विजयी भएको छ। वडा नं. १० लाई १-० को अन्तरले पराजित गर्दै वडा नं. ९ तेस्रो स्थान हासिल गर्न सफल भयो। तेस्रो स्थान हात पार्दै वडा नं. ९ ले नगद ५१ हजार रुपैयाँ, जबकि चौथो स्थानमा सीमित वडा नं. १० ले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ९ का गोलरक्षक दिवस चौधरी "म्यान अफ द म्याच" घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। अब बुधबार वडा नं. २ र वडा नं. ५ बीच उपाधि भिडन्त हुनेछ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 495 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप: उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार आत्मविश्वासी

    विराटनगर/ विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ । थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले न

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा प्रहरीको फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान

    इटहरी/लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved