वराहक्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालन, सेवाग्राहीलाई नयाँ सुविधा थप संगम बिष्ट

  • चैत २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले आँखा उपचार केन्द्रको शुभारम्भ गरेको छ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गरे।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा सुरु गरिएको उक्त केन्द्रले स्थानियवासीलाई गुणस्तरीय आँखाको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोह नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, रामलाल गोल्छा आँखा अस्पतालका उपाध्यक्ष विजयहरि शर्मा, विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, चिकित्सक तथा संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो।

नगर प्रमुख कार्कीका अनुसार अस्पतालमा दैनिक २७५ देखि ३२५ जनासम्म सेवा लिन आउने गरेका छन्।

भौतिक पूर्वाधार, जनशक्ति र सेवा विस्तार गर्दै लाने योजनासहित आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको उनले जानकारी दिए।

हाल अस्पतालले वर्षको ३६५ दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म ओपिडी तथा आकस्मिक सेवा उपलब्ध गराइरहेको छ। साथै, २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजियोथेरापी लगायत सेवा संचालनमा छन्।

सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध छ।

नियमित सेवा विस्तारसँगै अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण सम्पन्न गरिएको र सामान्य शल्यक्रियाका लागि भवन निर्माणाधीन रहेको जानकारी पनि नगर प्रमुख कार्कीले दिए।

अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टका अनुसार हाल थप भौतिक संरचना र जनशक्ति विस्तार गर्दै विभिन्न स्वास्थ्य सेवा थप गर्ने योजना कार्यान्वयनको चरणमा रहेको छ।

1744187401869

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved