गाँजा सहित दुई महिला पक्राउ

  • चैत २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गांउंपालिका ७ का ४९ बर्षिया सीता कार्की र सोही स्थानका ४२ बर्षिया ईन्दिरा राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले आज बिहान १०ः३० बजे सांगुरीगढी ६ भेडेटारमा अखुवादेखि धरान जाँदैगरेको प्र१–०२–००१ ख ८५२९ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीको झोलामा १० किलो लागुऔषध गांजा फेला परेपछि निजलाई गाँजासहित नियन्त्रणमा लिइएको हो ।

त्यसैगरि सोही ठाउँमा चेकिङ्गकै क्रममा मगलबार ११ः२० बजे अखुवादेखि धरान जाँदै गरेको प्र१–०२–००२ ज ४३३८ नम्बरको यात्रुबाहक बोलेरो जीपमा सवार राईको झोलाबाट १० किलो लागुऔषध गाँजा फेला परेपछि गांजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved