सिटी मन्टेश्वरीको १२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • चैत २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टरको १२औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

स्थानिय याख्खा भवनमा सम्पन्न उक्त समारोह सेन्टरका अध्यक्ष ज्ञानदीप लिम्बुको अध्यक्षतामा र धरान १६ का वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको अवसरमा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आकर्षक नृत्य र गीतमार्फत सांस्कृतिक प्रस्तुति दिएका थिए भने नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगात्मक सामग्रीहरूको प्रदर्शनी गरेर दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भट्टराईले उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र वितरण गर्नुका साथै केन्द्रले दीर्घकालदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकमाझ सन्तुष्टि दिलाउँदै आएको भन्दै प्रशंसा व्यक्त गरे।

"मोन्टेश्वरी शिक्षाले बालबालिकाको प्रारम्भिक शैक्षिक विकासमा गहिरो प्रभाव पारिरहेको छ," उनले भने।

समारोहमा सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राई, बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलीप योगी र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सह–प्राध्यापक तुलाराम भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमका अन्त्यमा सेन्टरकी निर्देशक ओमुकुमारी राईले प्रमुख अतिथि, विशेष अतिथि, अभिभावक तथा सहभागी विद्यार्थीप्रति आभार व्यक्त गरिन्।

समारोहको संचालन शिक्षिका अन्जना राई र सुविना मगरले संयुक्त रूपमा गरेका थिए।

IMG-20250409-WA0024 IMG-20250409-WA0026 IMG-20250409-WA0062 IMG-20250409-WA0004 IMG-20250409-WA0018 IMG-20250409-WA0012 IMG-20250409-WA0024 IMG-20250409-WA0026 IMG-20250409-WA0004

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved