समाचार

    Showing १,९०१-१,९१० of १०,४२० items.
  • बजेट अभावले खोटाङको यलम्बर पार्क उद्घाटन एक महिनादेखि अलपत्र

    खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको भव्य प्रतिमासहितको 'यलम्बर पार्क' खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको छ। करिब १४ करोड रुपैयाँ लागतमा कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा बनाइएको यो पार्क उद्घाटन नहुँदा एक महिनादेखि बन्द अवस्थामा छ। ३० रोपनी सरकारी जमिनमा फैलिएको पार्कमा ‘फाइबर प्रविधि’बाट यलम्बरको विशाल प्रतिमा राखिएको छ। यलम्बरको यो प्रतिमा हालसम्मकै विश्वकै अग्लो भएको दाबी नगरपालिकाले गरेको छ। पार्कभित्र विश्राम स्थल, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवा, घुमफिर क्षेत्र जस्त

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ६६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मल भ्रष्टाचार मुद्दामा फरार खगेन्द्र बस्नेत घरैबाट पक्राउ

    धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेतलाई प्रहरीले  पक्राउ गरेको छ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरस्थित गोदाममा मौज्दात रासायनिक मल हिनामिनामा संलग्न रहेको आरोपमा विशेष अदालत काठमाडौंले लागत नम्बर ०७६–CR–०१४९ अनुसार २०७९ साल भदौ २८ गते बस्नेतलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद र ९ लाख २८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना तोकेको थियो।फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलासको क्रममा २०७९ जेठ २५ गते बिहान ७:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको ने

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ७६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोरोना संक्रमण भारतमा तीव्र, नेपालमा उच्च सतर्कता र पूर्वतयारी सुरु

    काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै सघन पूर्वतयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको तीव्र संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गर्दै विगत दुई सातादेखि मन्त्रालयले तयारीका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको हो। “छिमेकी भारतमा संक्रमण बढेपछि १५ दिनभित्र त्यसको असर नेपालमा देखिने विगतका अनुभव छन्,” प्रवक्ता डा. बुढाथोकीले भने, “त्यसैले हामी पहिल्यैदेखि तयारीमा जुटेका छौं।” १७ स्थल नाका र ३

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ६८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वजको आयोजनामा ‘ओपन माइक कविता वाचन’, युवाहरुको सिर्जनशीलतामा जोड

    धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए। ‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ५४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नहरमा ८९ वर्षीया वृद्धाको शव फेला, मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक निष्कर्ष

    विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीका अनुसार मृतक ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का हुन्।शनिबार घरबाट हराएकी उनी आइतबार अपराह्न १२ बजेतिर नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लाग

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ७३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १६ वर्षदेखि फरार कैदी रोशन राई पक्राउ

    सुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान साढे ११ बजे बराहक्षेत्र नगरपालिका–१, भलायोटार टोलस्थित राईको आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो। रोशन राईलाई सुनसरी जिल्ला अदालतले मिति २०६६ साल फागुन १३ गतेको फैसलामार्फत एक वर्ष कैद र दुई सय पच्चिस रुपैयाँ जरिवाना तोकेको थियो। जिल्ला अदालत सुनसरीको लगत नं. २९५१ मा उनको नाम उल्लेखित रहेको छ। पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १,०४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ संक्रमण, ८० बङ्गुरको मृत्यु

    झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा संक्रामक रोग ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ को संक्रमण देखिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं. २, ३, ७, ८, ९ र १४ का घरपालुवा गाई र बाच्छीहरूमा लम्पी स्किन र वडा नं. ६ मा रहेको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको हो। “लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भइसकेको छ,” अधिकृत अधिकारीले बताए, “संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ।” उनले प्रदेश तथा सङ्घीय स

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १,४३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–कालाबञ्जार खण्डमा लागू औषध गाँजासहित एक जना पक्राउ

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित अमहा सामुदायिक वन क्षेत्रमा लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्। शनिबार राति १० बजेतिर प्रहरी चौकीबाट प्राप्त विशेष सूचनाका आधारमा धरान–कालाबञ्जार मार्ग अन्तर्गतको वन क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्ति प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए। घटनास्थलमा मोटरसाइकल छाडेर भागेकामध्ये धनकुटा नगरपालिका–९ बस्ने २१ वर्षीय लक्ष्मण मेरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा जंगल क्षेत्रमा खोजतलास

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • २,४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई धरानमा अभिमुखिकरण

    धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ। उक्त कार्यक्रम धरान–३, सदन रोडस्थित कार्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रमको सहजीकरण प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका विविध पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणमा माइक्रोफोनको उचित प्रयोग, शारीरिक प्रस्तुतिको ढंग, हाउभाउ, भाषणको गति र शैली, आवाजको उतारचढाव, तथा तयारीका क्रममा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएको थियो। आयोजक संस्थाका अनुसार अभिमुखिकरणको उद्देश्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ५३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा यस्तो छः नमुना सहिद मार्ग (भिडियो )

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको छ । उपमहानरकै नमुना मार्गको रुपमा लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको हो ।उपमहानगरपालिकाको वहुवर्षीय योजना अर्न्तगत लाङ्घाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक छ । - तस्बिरमा: वडाध्यक्ष नरेश इवारम   आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अर्न्तगत ८ करोड वजेट मार्फत पक्की सडक बनेको हो।वडाले २०७५ सालदेखि नै स्तरउन्नती सहित पक्की सडक वनाउनको् लागि नगर गौरबको आयोजना अर्न्तगत काम थालनी गरेको थियो । आर्थिक वर्ष २०

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • १,६४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved