समाचार

    Showing 1,731-1,740 of 10,127 items.
  • धरान सहित कोशीमा जमिन भासिने उच्च जोखिम

    सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासिने जोखिम बढेको छ । भौगर्भिक अध्ययनबाट विराटनगर सिंकहोल (जमिन भासिने)को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो । खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान सिंकहोलको उच्च सम्भावित जोखिममा छन् । जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो । जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खा

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 4,103 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको ऐतिहासिक ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा

    भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित ‘गोल्मे राजा, गोल्मे रानी भिर’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। ऐतिहासिक किंवदन्ती र अद्वितीय प्राकृतिक स्वरूप बोकेको यो स्थल अझैसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन। स्थानीयवासी पाण्डव राईका अनुसार परापूर्वकालमा गोल्मे राजा र रानी धनकुटाको राजारानीतर्फ जन्ती लिएर जाँदै गर्दा यसै भिरमा आइपुग्नेबित्तिकै अचानक सम्पूर्ण जन्ती अलप भएको जनविश्वास रहिआएको छ। यही किंवदन्तीको आधारमा यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको हो। “यहाँ आज पनि जन्तीझैँ लहरै र

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुलमोहरको रङले रङ्गिएको बर्ने, पर्यटकको रोजाइमा

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट इलामतर्फ जाने सडक खण्ड अहिले गुलमोहरका ढकमक्क फुलहरूले रङ्गीन बनेको छ। हरियाली चिया बगानको बीचमा राताम्य भएर फुलेका गुलमोहरहरूले यो सडक खण्डलाई झन् आकर्षक बनाएका छन्। पर्यटक र यात्रुका लागि फोटोग्राफी तथा भिडिओ बनाउने उपयुक्त पृष्ठभूमिका रूपमा परिचित यो क्षेत्र सामाजिक सञ्जालमा 'ट्रेन्डिङ' बन्न थालेको छ। ‘टिकटक रोड’ नाम दिइएको आधा किलोमिटर सडक खण्डमा दैनिक हजारौँको चहलपहल देखिन्छ। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार चहलपहलको औपचारिक तथ्यांक नभए पनि दैनिक रूपमा यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। पालिक

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 899 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राईको कुल पूजा : साकेला उभौलीमा स्वास्थ्य शिविर सम्पन्न

    धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि सुरु भएको महान पर्व साकेला उभौली यस वर्ष पनि उल्लासपूर्वक मनाएका छन् । राई समुदायभित्रको एक विशेष शाखा किरात सुच्चा राईले पञ्चमी तिथिमा पितृको सम्झनामा थान पूजा गरी धार्मिक विधिअनुसार पर्व मनाएका छन् । धरान–११ मा रहेको सुच्चा राई कल्याण समाजको भवन परिसरमा सामूहिक पूजा आयोजना गर्दै आफ्ना सुच्चा पितृलाई सम्झेका हुन् । ढुगा र रुखको थानमा ‘होमेबाजे’ (पुजारी बाजे) द्वारा विधिपूर्वक पूजाआजा गरि २ सय भन्दा बढी कुखुराको बलि दिदै आफ्ना पितृहरुलाई सम्झदै पुजा गरेका हुन् । धरान लगायत विभिन्न जिल्लाका करिब ३ सय ८० जना सुच्चा राई प

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 1,035 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनसुनअघि झापा–लौकही सडक खण्डको डाइभर्सनको काम सक्न निर्देशन

    झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवेको डाइभर्सन कार्य मनसुन सुरु हुनुअघि सक्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय, पूर्वी खण्ड (दमक) ले निर्माण कम्पनीलाई शुक्रवार पत्राचारमार्फत यस्तो निर्देशन दिएको हो। झन्डै १० अर्ब रुपैयाँको लगानीमा एसियाली विकास बैंकको सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेको छ। योजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार, डाइभर्सन समयमा नसकिए बर्खामा पानीले बगाउने खतरा रहनुका साथै यातायातसमेत पूर्ण रूपमा अवरुद्ध हुने जोखिम रहने भएकाले समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको हो। उनका

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 839 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३२ औँ मदन–आश्रित स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

    काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा दुबै नेताको निधन भएको थियो। स्मृति दिवसका अवसरमा एमालेले देशभरका सबै तहका कमिटीहरूलाई श्रद्धाञ्जलि सभा, विचार गोष्ठी, रक्तदान, वृक्षरोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आज विशेष श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ, जहाँ अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ। प्रवासी नेप

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुर्व्यसन विरुद्ध बृहत विद्यार्थी भेला, सरकारी बेवास्ताप्रति निराशा

    धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ। परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो। कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।" कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

    धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ । बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ ।    आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षित परिवारमै हिंसा : न्याय खोज्दै डाक्टर निता

    विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्। पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 3,568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको चुलाचुली गुफा प्रचारको पर्खाइमा

    भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–४, दलगाउँस्थित दिपेनीमा रहेको ऐतिहासिक चुलाचुली गुफा प्रचारको अभावमा ओझेलमा परेको छ। हेर्दा नै अनौठो लाग्ने, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो स्थल संरक्षणको काम भइरहे पनि पर्यटकीय रुपमा चिनिन सकेको छैन। गुफा भौगोलिक रूपमा विकट क्षेत्रमा पर्छ। यस कारण पनि यो स्थान देश–विदेशमा व्यापक प्रचारप्रसार हुन नसकेको स्थानीय अनिल राई बताउँछन्। उनका अनुसार गुफामा प्रवेश गर्दा विभिन्न देवीदेवताका आकृतिहरू, हात्तीको सुड, गाईको थुन, नागका चित्र जस्ता आकृतिहरू देख्न सकिन्छ। साथै, वरपरका ढुङ्गा खोलाका बगर झैँ कुदिएका छन्, जुन प्राकृतिक रू

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved