मोरंग/ कोशी प्रदेश सरकारमा अब के होला ? भनेर सवैमा चासोको विषय वनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतृत्व गरेको सरकार र विपक्षी दल एमाले र माओवादी वीच दोहारी चलिरहेको छ । विपक्षमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन्। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो सहित पुगेका दुवै दलका नेताले सरकार गठनका लागि आह्वान गर्न माग गरेका हुन् ।उनीहरूले प्रदेश प्रमुख खापुङलाई बुझाएको पत्रमा सरकारविहीनताको अवस्था आएको दाबी गरेका छन्। माओवादीले स
धरान/ काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएकोछ । बुधबार घाइतेका बुवा दानबहादुर राईलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया हस्तान्तरण गर्नुभयो । धरान वडा नम्बर १५ मा जितबहादुर लिम्बूको घर निर्माणमा ठेकेदार मार्फत काम गरिरहेका राई गत मंसिर ५ गते काम गर्दागर्दै करेन्ट लागेर ढलेको थिए । तत्काल अचेत बनेका राईलाई सहकर्मीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । ४५ दिनसम्म उपचार गरेपनि होस नफर्किएपछि चिकित्सककै सल्लाहमा घर ल्याइएको बुवा दानबहाद
धरान/ उमेरले पाको,दारी,जुंगा,कपाल सेतै फुलेका जीत बहादुर लिम्वु धरान ५ स्थित तल्लो देउरालीमा हाल कोठा भाडा लिएर बस्दै आएका छन् । उनी त्यहाँ आएर वसेको पनि २०४५ सालदेखि नै हो । लिम्वूले तल्लो देउरालीको सुन्दर वस्तीमा ऐलानी जग्गामा घर टहरा बनाएर वसोवास गर्दै जीविको पार्जन दुख सुख गर्दै आइरहेका थिए । दुखीको घरमा सदैव दुखै दुख भने झै सेउती खोलामा आएको बाढीले समेत घर बगाएर खुल्ला आकासको बास बनाई दियो । उनी अहिले परिवार सहित देउरालीमा नै कोठा भाडामा लिएर बस्दै आएका छन् । धरान उपमहानगरपालिकाका मेयर र्हकराज साम्पाङले त्यहाँ बहुसांस्कृतिक पार्क वनाउने योजना ल्याएपछि हाल त्यहाँ बसोवास गर्नेहरुको
धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । आज मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौको आरआइएफसी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेलको २१ औ मिनेटमा काठमाडौका शिशिर लेखीले गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद २ हजार १ सय पुरस्कार दिइएको थियो । अब सेमिफाइनलमा काठमाडौले २७ गते धनकुटाको सिसिआइसीसँग प्रतिष्पर्धा पक्का गरेको छ । यस अघि नै केएफसी मोरङ र नेपाल पुलिस क्लब विराटनगर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुई
धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्यार्थीहरुले तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप–२०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका छन। झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगीतामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन। गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन। त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन। बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। अतिरिक्त क्रीय
धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका पूर्व विद्यार्थी प्रेम चन्द्र गिरीको स्मृतिमा सहपाठी विद्यार्थीहरुले संकलित ९ लाख ६२ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् । स्व.प्रेम चन्द्र गिरी स्मृति कोषका संरक्षक एवं पूर्व बिद्यार्थी श्याम गोविन्द श्रेष्ठ, सुरश कुमार शर्मा र सूर्य शेखर श्रेष्ठले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झालाई हस्तातरण गरेका हुन् । विद्यालयका सहायक प्र.अ. लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की , शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, साइन्स तथा इलेक्ट्रिकल बिभागमा इन्चार्ज मोहन श्रेष्ठ र लेखापा
धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका मदिराजन्य वस्तुको होर्डिङ बोर्डहरू हटाइने भएको छ । स्वास्थ्य शिक्षा सूचना, सञ्चार केन्द्रद्वारा धरान उपमहानगरपालिका तथा सरोकारवालाहरूको सहभागितामा आइतवार भएको ’मदिरा नियन्त्रण तथा नियमन’ सम्बन्धी कार्यशालामा मदिराका प्रचार प्रसार गरिएको होर्डिङ बोर्ड हटाउने सहमति भएपछि त्यस्ता सामाग्रीहरु हटाइने भएको हो । विद्यालयका २ सय गजभित्र मदिराजन्य पदार्थ बिक्री गर्न बन्द गराउने पनि सहमति भएको छ । अनुमति नलिई मदिरा बिक्री वितरण गर्न नपाइने सहमति भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् । गोष्ठीमा सुनसरीका प्रमुख जिल्ला अ
धरान// खडेरीको मौसम बढेसँगै देशैभरी आगलागिको घट्ना पनि बढेको छ । आगलागीको कारण ठुलोमात्रमा धनजनको क्षति भएको छ । दुई महिनामा देशभर आगलागीका घटनामा परेर ५० जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन्। आगालागीका कारण ८५ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।नेपालमा हरेक वर्ष विपत्जन्य घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको भए पनि यसको न्यूनीकरणका लागि राज्यले चाल्नुपर्ने कदम समयमा नै नचाल्दा ठूलो जनधनको क्षति व्यहोर्नुपरेको हो। गत चैत र वैशाख २० गतेसम्म आगलागीका कारण १ हजार १ सय १३ घर पूर्ण रूपमा क्षति पुगेको छ भने ५ सय ५७ घर आंशिक क्षति पुगेको गृह मन्त्रालयअन्तर्गत विपत् पूर्वत
धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा नेपाल पुलिस विराटनगरसँग सडनडेथमा पराजित हुँदै आयोजक पानबारी फुटबल क्लब गोल्डकपबाट बाहिरिएको छ । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा पानबारीका सुबास मगरको प्रहार पुलिसका गोल किपर बाल्मिकी राईले बचाएपछि पानबारी पराजित भएको हो । विजयी भएको टोली पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा पुलिसकालागी रमेश राजवंशी, अजय परियार, अभिषेख आलेमगर, सुमित प्रधान, दिलबहादुर तामाङ, समिर लिम्बू र सन्दिप भु
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत सफाइ तथा सुरक्षा मजदुरहरु आन्दोलनमा उत्रने भएकोछ । नेपाल सुरक्षा श्रमिक टे«ड युनियन र नेपाल सफाई कर्मचारी युनियनको संयुक्त बैठकले प्रतिष्ठान विरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको हो । सफाई, सुरक्षा र इलेक्ट्रिक श्रमिकहरुले प्रतिष्ठानबाट पाउँदै आएको स्वास्थ्य बिमा सेवा गत वर्ष साउनदेखि कटौती गरेको, श्रमिकहरुले पाउनु पर्ने तलब नियमित नपाएको र कपिय पुराना कम्पनीहरुबाट पाउनु पर्ने रकम नपाएको, राज्यले निर्धारण गरेर गत साउनदेखिनै श्रमिकहरुले पाउनुपर्ने न्युनतम ज्याला अहिलेसम्म नपाएको, श्रम ऐन २०७४ ले व्यवस्था गरेका सेवा सुवि