सवारीसाधन चोरी गर्ने गिरोह पक्राउ, ४ मोटरसाइकल र १ अटो टेम्पो बरामद

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवारीसाधन चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट चोरीका ४ वटा मोटरसाइकल र १ अटो टेम्पो बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ स्थायी घर भई हाल कनकाई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रञ्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय सहकारी कुमार राजवंशी र बिर्तामोड–७ का २७ वर्षीय जागिर आलम रहेका छन्।

उनीहरू सबै मुस्लिम समुदायका हुन्।

प्रहरीका अनुसार झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएपछि उजुरीको आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई बिर्तामोड क्षेत्रका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

उनीहरूले चोरेका सवारीसाधनहरूमा मे. ८ प २११६ नम्बरको एभेन्जर, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेंडर, मे. ९ प ३६१८ नम्बरको पल्सर, प्रदेश ३–०२–००९ प ५१२७ नम्बरको स्ट्राइकर मोटरसाइकल र मे. १ ह ४८९६ नम्बरको अटो टेम्पो रहेका छन्।

चोरी गरेपछि ती सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरी चलाउँदै आएको प्रहरीको भनाइ छ। उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved