पुल उद्घाटनमा लिङ्देन: सपना र इमान्दारी भए विकास रोकिन्न

  • जेठ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बनियानी/ झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा निर्माण सम्पन्न गरिएको पक्की पुलको आज औपचारिक उद्घाटन गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले उद्घाटन समारोहमा बोल्दै जनप्रतिनिधिमा सपना, योजना र इमान्दारी भए विकासमा कुनै पनि अवरोध आउन नदिने बताए।

“हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु,” सांसद लिङ्देनले भने।

हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार हालसम्म गाउँपालिकाभित्र एक सय ५० काठेपुल विस्थापित गर्दै पक्की पुल तथा कल्भर्ट निर्माण गरिएका छन्। यस्तै, भुसुडी खोलामा थप दुईवटा पुल पनि निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिइयो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागतमा र तोकिएको समयमा पुल निर्माण हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले गाउँपालिकाले कुनै राजनीतिक पूर्वाग्रह नराखी नयाँ तथा पुराना योजनाहरू सञ्चालन गरिरहेको र आफ्नै बजेटमा यस्तो आयोजना सम्पन्न गर्नु गौरवको विषय भएको उल्लेख गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार भुतेनी खोलाको पुलसहित भुसुडी खोलाका दुई पुलको कुल लागत चार करोड ९६ लाख ८५ हजार ९२८ रुपैयाँ परेको छ।

भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत मात्रै दुई करोड ३० लाख रुपैयाँ रहेको छ। पुलको लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ।

सारा सृष्टि निर्माण सेवा प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो। गाउँपालिकाले २०७९ मङ्सिर ७ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो।

पुल निर्माणसँगै वडा नं ५ र १ का हजारौं स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन्। योजना शाखा प्रमुख राजन न्यौपानेका अनुसार अब हल्दिबारी–१ का बासिन्दाको गाउँपालिका केन्द्रसँग सिधा सम्पर्क कायम भएको छ।

साथै, वर्षायाममा आवतजावतमा कठिनाइ भोगिरहेका नजिकैको धनुषा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई समेत सहज भएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved