जङ्गलमा निगुरो टिप्न गएका पुरुषको पाँच दिनपछि शव भेटियो

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए।

राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्।

शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। साथै, इलाका प्रहरी कार्यालय पथरीबाट थप प्रहरी र फरेन्सिक टोलीसमेत घटनास्थल पठाइएको मोरङ प्रहरीले जनाएको छ।

हालसम्म मृत्युकाको कारण स्पष्ट नभएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राजवंशीको शवको प्रकृति, अवस्था र वरपरका प्रमाणको परीक्षणपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved