धरानको बुढासुब्बा मन्दिर : जहाँ कलेजो हेरेर गरिन्छ भविष्यवाणी

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, भविष्यवाणीको अनौठो परम्परा बोकेको स्थल पनि हो।

नेपालमै एक मात्र यस्तो मन्दिर मानिन्छ, जहाँ भाले वा पोथीको बलि दिएपछि त्यसको कलेजो हेरेर भविष्य बताइन्छ।

२१औँ शताब्दीमा पनि सर्वसाधारण भविष्यवाणीमा विश्वास गर्दै मठमन्दिर धाउने क्रम घट्नुको साटो बढ्दो देखिन्छ। बुढासुब्बा मन्दिर यसको सजीव उदाहरण हो, जहाँ दैनिक सयौँ भक्तजन दर्शनसँगै जोखना हेर्न पुग्ने गरेका छन्।

मन्दिरमा विशेषगरी बुढासुब्बा र गौरेनी माताको पूजा गरिन्छ। यहाँ भाले, पोथी तथा अण्डा चढाएर भाकल गर्ने परम्परा छ। बुढासुब्बालाई भाले र गौरेनी मातालाई पोथी चढाइन्छ भने, पोथी नभएको अवस्थामा अण्डा चढाउने गरिन्छ।

बलिपछि पूजारीले भालेको कलेजोबाट भक्तजनको जीवनमा आउने संकट, रोग, ग्रहदशा, अशुभ संकेत आदिको भविष्यवाणी गर्ने गर्छन्। मुख्य पूजारी अशोक आले मगरका अनुसार, “हामी धामीझाँक्री होइनौँ, तर बुढासुब्बाको कृपाबाट जोखना हेरेर भक्तजनलाई समस्या र समाधानको उपाय बताउँछौं।”

इटहरी उपमहानगरका राजन राई विगत केही वर्षदेखि मन्दिरमा भाले चढाएर जोखना हेर्ने गर्छन्। उनी भन्छन्, “मैले हरेकपटक जोखना हेर्दा बताएको कुरा मेल खाएको पाएँ, त्यसैले अझै विश्वास गहिरिएको छ।”

बुढासुब्बा मन्दिरमा दैनिक करिब २ सयजना भक्तजनले भाकल स्वरूप बलि चढाउने गरेका छन्। तीमध्ये झण्डै आधाले जोखना हेर्न चाहन्छन्। पूजारीहरूका अनुसार कहिलेकाहीँ भीड बढेकाले जोखना हेर्न समय नै अपुग हुने अवस्था आउँछ।

भविष्यवाणीको यो परम्परा आस्था र विश्वासमा आधारित रहे पनि त्यसप्रतिको आकर्षण भने आधुनिक युगमा पनि घटेको छैन, बरु झन् गहिरिँदै गएको देखिन्छ।

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

धरान–१६ को ग्याबिन ज ...

धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा न ...

अंशको लोभमा हत्या : ...

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved