दुहबीमा लागुऔषध र साइबर क्राइमबारे जनचेतना कार्यक्रम सम्पन्न

  • जेठ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt - चन्दन कुमार रौनियार

 दुहबी/ इलाका प्रहरी कार्यालय दुहबीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुहबी नगरपालिका–१२ स्थित वुग्डहरीको केशलिया इङ्लिस बोर्डिङ स्कुलमा लागुऔषध तथा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कक्षा ८ मा अध्ययनरत करिब ६० जना विद्यार्थी, युवा–युवती र अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक सागर तिमिल्सिनाले लागुऔषधको दुष्प्रभाव र यसको कारणले युवा पुस्तामा पर्ने असरबारे प्रोजेक्टरमार्फत विस्तृत जानकारी दिएका थिए।

त्यस्तै, समुदाय–प्रहरी साझेदारी प्रतिनिधिले बढ्दो साइबर अपराध, विशेषगरी सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी तथा व्यक्तिगत जानकारीको सुरक्षाबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासाहरू राख्ने अवसर पाएका थिए भने प्रश्नोत्तर सत्रमा उनीहरूको सक्रिय सहभागिता देखिएको थियो। विद्यालयका प्रधानाध्यापक सन्जु बन्जराले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समाजमा बढ्दै गइरहेका विभिन्न अपराधप्रति सजग र सचेत बन्ने अवसर दिने बताए।

कार्यक्रमको अन्त्यमा प्रहरी निरीक्षक तिमिल्सिनाले लागुऔषध र साइबर अपराध नियन्त्रणका लागि विद्यार्थी, युवा–युवती र अभिभावकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सुरक्षित र स्वस्थ समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved