समाचार

    Showing 1,391-1,400 of 10,004 items.
  • सुनसरीमा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु

    सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोहमद कासिमकी छोरी नविजन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार नविजन आफ्नै घरको आँगनमा खेल्दै गर्दा दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो। कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन। सर्पदंशपछि घाइते बालिकालाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो ३:४० बजे नविजनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 861 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साहित्य"बिहानी त हुन्छ नै"

    बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ  जिन्दगिको अनेक रङ्गले  यो जिन्दगी पनि रङ्याउनु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ अनेकौ जिन्दगिबिच  केही जिन्दगी चिन्नु छ लौ जे जस्तो भए पनि पराइ र आफन्तसङ त मिल्नु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ   पर्याप्तता अभावको  आखिर महसुस गर्नु छ प्रेम र घृणाको स्वाद  अझि स्व्पान गर्नु छ बिहानी त हुन्छ नै  भोलि फेरि हिड्नु छ   जिन्दगिको प्रतिस्पर्धामा  अझ कति जित्नु र हार्नु छ एकै छिन दिल दिएर हसाउनु छ अनि फेरि खोसेर रुवाउनु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ   आफू मातहत भएका

    • प्रकाशित मितिः असार ८, २०८२
    • 711 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिविध कार्यक्रम गरी धरानमा संगीत दिवस मनाइयो

    धरान/  विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा बिविध कार्यक्रमको आयोजना गरी संगीत दिवस उत्साहपूर्वक मनाइएको छ। धरान संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत र संगीतको उन्नयनका लागि प्रदेश सरकारको निरन्तर साथ रहने बताए। ‘धरानको कला, साहित्य र संगीत प्रदेशको गौरव हो, आगामी दिनमा यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ,’ मन्त्री राईले भने। उनले प्रतिष्ठानको भवन निर्माणका लागि समयमै प्रस्ताव आए आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर सहयोग गर्ने प्रतिबद्धत

    • प्रकाशित मितिः असार ८, २०८२
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको आर्थिक सुधार अभियान : सम्पूर्ण कारोबार बैंकमार्फत मात्र

    धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अबदेखि पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ। भेडेटारमा सम्पन्न दुईदिने ‘आर्थिक तथा लेखा व्यवस्थापन तालिम’को समापन कार्यक्रममा यस्तो घोषणा गरिएको हो। केन्द्रीय लेखा आयोगको आयोजनामा प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित तालिममा २१ बुँदे सामूहिक प्रतिबद्धता समेत सार्वजनिक गरिएको केन्द्रीय लेखा आयोग सदस्य डिबी शाहशंकरले बताए  । उक्त घोषणामा पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखिएको छ। घोषणापत्रअनुसार अब पार्टीका सम्पूर्ण आर्थिक गतिविधि बैंकिङ प्रणालीमार

    • प्रकाशित मितिः असार ८, २०८२
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र उप-मेयर कप भलिबल उपाधि वडा नं ३ लाई

    सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपानी खेलमैदानमा सम्पन्न वराहक्षेत्र उप-मेयर कप नगरस्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं ३ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा वडा नं ७ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो। उपाधिसँगै वडा नं ३ ले नगद ७१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता वडा नं ७ ले नगद ४५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्‍यो। वराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच वडा नं ७ का अनिस बिष्ट घोषित भए। त्

    • प्रकाशित मितिः असार ८, २०८२
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश स्तरीय बास्केटबलको फाइनलमा सुनसरी र इलाम भिड्ने

    धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चलिरहेको कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा आयोजक जिल्ला सुनसरी र इलामबीच उपाधि भिडन्त हुने भएको छ। शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई फराकिलो ६९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। खेलमा सुनसरीले प्रत्येक क्वाटरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बुले ट्रफी प्रदान गरे

    • प्रकाशित मितिः असार ७, २०८२
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'खाम्बेक फूङ' लिम्बु पालाम म्युजिक भिडियो विमोचन

    धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु पालाम ‘खाम्बेक फूङ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। धरान–९ स्थित एचके मेलोडी क्लबमा आयोजित कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोले भिडियो विमोचन गरे। प्रमुख अतिथि मेन्याङ्बोले लिम्बु समुदायको मौलिक संस्कृति, धान नाच र पालाम गीतको संरक्षण र प्रवर्द्धनमा भिडियोले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उक्त भिडियो गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको निर्देशन, म्युजिक मिडिया धरानका संचालक विजय श्रेष्ठको संगीत संयोजन र भिजुअल फिल्म स्

    • प्रकाशित मितिः असार ७, २०८२
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई आइडलको पाँचौँ संस्करण : खिना, रोहन र मिसुले जिते उपाधि

    धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् । धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् । विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् । गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे । २०७५ सालदेखि सुरु भएको सो

    • प्रकाशित मितिः असार ७, २०८२
    • 1,216 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुना–टपरी र बात्ती बनाउन विष्णु मेमोरियल स्कूलमा दुई दिने तालिम

    धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार्थीहरूलाई मौलिक सीप सिकाउने उद्देश्यले दुना, टपरी र बात्ती बनाउन तालिम सञ्चालन गरेको छ। विद्यालयले कक्षा ७ देखि १० सम्मका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो। जुनियर युवा रेडक्रस सर्कलको पहलमा शुक्रबार र शनिबार गरी तालिम सञ्चालन भइरहेको छ। “हाम्रा नानीहरू व्यवहारिक ज्ञानमा कमजोर हुँदै गएका छन्, मौलिकता हराउँदैछ, बिर्सिँदैछ,” विद्यालयका शिक्षक भवानी प्रसाद खतिवडाले भने। “पितापुर्खाहरूले प्रयोग गर्दै आएको दुना, टपरी र बात्ती जस्ता मौलिक सीपहरू नयाँ पुस्तालाई सिकाउनु जरुरी छ। त्यसैले हामीले

    • प्रकाशित मितिः असार ७, २०८२
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश स्तरीय बास्केटबलमा धनकुटा र भोजपुर सेमिफाइनल प्रवेश

    धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगितामा धनकुटा र भोजपुरले सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीवार सम्पन्न खेलमा धनकुटाले उदयपुरलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्‍यो। खेलमा धनकुटाले पहिलो क्वाटरमा १५–४, दोस्रोमा १३–३, तेस्रोमा १३–१३ र अन्तिम क्वाटरमा १४–४ अंक बटुलेको थियो। म्यान अफ द म्याच घोषित भएका धनकुटाका नविन राईलाई सुनसरी बास्केटबल संघका उपाध्यक्ष विवेक राईले ट्रफी प्रदान गरे। अब धनकुटाले आयोजक जिल्ला सुनसरीसँग फाइनल प्

    • प्रकाशित मितिः असार ७, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved