धरान/ साउन महिनाभरि बलिदिन नपाउँदा सुनसान रहेको धरान १४ विजयपुरको बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न आउनेहरुको संख्या अत्याधिक बढेको छ । साउन महिनाभरि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकोले धरानका सबै मठ मन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने भएकोले सुनसान रहेको बुढासुब्बा मन्दिरमा शनिवार भक्तजनहरुको अत्याधिक भीड बढेको हो । धरान उपमहानगरपालिकाको शीरमा रहेको बुढासुब्बाक मन्दिरमा कुनै पनि नौलो काम गर्न लागेको समयमा यहाँ पूजाआजा गर्ने र बलि चढाउने परम्परा बर्षौदेअ रहीआएको छ । साउनमहिनाभरि बलि चढाउन नपाउने भएकोले प्रत्येक बर्ष बोलबम मेला सकिएपछि यो मन्दिरमा अत्य
सुनसरी/ कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको सञ्चारकर्मीहरुले विरोध जनाइरहेका छन् । यसैक्रममा सुनसरीका पत्रकारहरुले समेत जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्नासँगै विद्येयक खारेजीको माग गरेका छन् । विद्येयकमा कतिपय प्रावधान सच्याउन माग गर्दै निरन्तर आन्दोलनमा होमिएका सञ्चारकर्मीहरुले कोशी प्रदेश सरकारलाई दबाब दिने उद्देश्य स्वरुप जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्नासँगै विद्येयक सच्याउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । सुनसरीमा आवद्ध विभिन्न संघ संगठनमा आवद्ध, स्वतन्त्र पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको अग
झापा/ झापामा पहिलो पटक विषालु मानिने राज गोमन (किङ कोब्रा) सर्प फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरमा उक्त सर्प भेटिएको हो । सर्प उद्धारमा सक्रिय स्थानीय उद्धारकर्ता कृपेश कार्की, श्याम प्रधान र वीरेन्द्र तिवारीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका थिए । उद्धार गरिएको सर्पको तौल करिब ८.५ किलो र लम्बाइ १२.५ फिट रहेको थियो । जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको सामुदायिक वनमा पुर्नस्थापना गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिएका छन
विराटनगर/ नेपालको बैंकिङ प्रणालीलाई निशाना बनाउँदै सक्रिय ठगी गिरोहले योजनाबद्धरूपमा राजनीतिक, कानुनी र सामाजिक क्षेत्रमा परिचित व्यक्तिलाई समेत जालोमा पारिरहेको खुलेको छ ।पछिल्लो समय कोशी प्रदेशकी एक महिला पूर्वसांसद ठगीको सिकार बनेकी छन् । कोशी प्रदेशसभाकी पूर्वसदस्य उनलाई गत असार २७ गते दिउँसो करिब २ः५० बजेतिर आफूलाई वाणिज्य बैंकको म्यानेजर भएको बताउने व्यक्तिले ‘वाट्सएप’मा फोन गरे । बैंकको लोगो देखिने गरी आएको फोनमा ‘माननीयज्यू, तपाईंको केवाईसी तत्काल अपडेट गर्नुपर्छ’ भनियो । पेसाले कानुन व्यवसायीसमेत रहेकी ती पूर्वसांसदले सहजै विश्वास गरिन् र मोबाइलमा
धरान/ करिब अढाई महिना पछि वसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक वुधबार दुई घण्टा लामो सन्चालन भए पनि कुनै पनि एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । बैठक पुनः शुक्रबार वस्ने गरि स्थगित भएको हो । कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार दुई घण्टा लामो छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेपछि बैठक आगामी शुक्रबारको लागि स्थगित भएको हो । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदनको आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । दुई घण्टाभन्दा बढी समय चलेको बैठक कार्यसूचीमाथि छलफल गर्नुभन्दा बजेट निर्माणको प्रक्रिय
काठमाडौँ/ प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ। साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर बुधबार प्रहरीमा उपस्थित भएका छन्। साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले महरविरुद्ध पक्राउ अनुमति दिएको थियो। त्यसपछि उनी स्वयं प्रहरी समक्ष उपस्थित भएको साइबर ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने तयारी भइरहेको छ। एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गरेकी हुन्। यसअघि पनि ती महिलाले महरविरुद्ध उजुरी दिएकी थिइन
बिर्तामोड/ चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ । संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो । संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिनुभयो । त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ । बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्
विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवामा नयाँ इतिहास रचेको छ । पूर्वी नेपालकै स्त्री तथा प्रसूति उपचारमा समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालको सेवा–सुविधालाई देशकै उदाहरणीय भन्दै प्रशंसा गरे । यो विस्तारसँगै अस्पतालमा २४ वटा अप्रेशन थिएटरमध्ये ५ वटा विशेष स्त्री तथा प्रसूति शल्यक्रिया कक्ष, ३० बेड क्षमताको डिलक्स क्याबिन, गाइनो आइसीयू तथा २ सय बेडको विशिष्ट वा
विराटनगर/ विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र आफ्नै छोरीको हत्या गरेको आरोपमा जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मृत फेला परेकी छन् । सुनसरी बराहक्षेत्र–६ घर भएकी ३२ वर्षीया राधा भनिने राधा भट्टराई बुधबार बिहान ४ः३० बजे सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुंगेलले जानकारी दिए । भट्टराईले २०८० माघ पहिलो साता दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन् । उद्धारका क्रममा उनी र छोरा सकुशल बचेका थिए भने करिब ६ वर्षीया छोरीको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेकी उनलाई अदालतले ‘कर्तव्य ज्यान’ मुद्दामा जन्
बाघझोडा/ वराहक्षेत्र नगरपालिका–८ बाघझोडास्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोरा साहायक प्रधानाध्यापक पद नपाएपछि बारम्बार सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासन र व्यवस्थापन समितिमाथि लक्षित टिप्पणी गर्दै आएका छन्। पेसागत आचारसंहिताविपरीत यस्तो गतिविधि रोक्न सहमति भएको भए पनि उनले सहमति लत्याउँदै निरन्तर विवादास्पद टिप्पणी गरेपछि नगर शिक्षा समितिले उनलाई तत्काल सरुवा गर्ने निर्णय गरेको छ। सहायक प्रअ पद नपाएपछि आक्रोश विद्यालयले साहायक प्रधानाध्यापक नियुक्ति नगरेपछि शिक्षक बोहोरा विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारीप्रति रुष्ट बनेका थिए। त्यसपछि