समाचार

    Showing १३१-१४० of १०,४१५ items.
  • भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणीको आरोप, झापामा ३५ वर्षीय सन्त गणेश पक्राउ

    झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्। प्रहरीका अनुसार गणेशले भदौ २० गते राति करिब ९ बजे खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेकी ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि पीडितले भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेलगत्तै प्रहरी चौकी शरणामतिबाट टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गरिरह

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ३०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस सुनसरी क्षेत्र नं. १ द्बारा राहत कोषमा ५ लाख सहयोग

    बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यसमितिले भोटेकोशी नदीको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाकालागि ५ लाख रकम सहयोग गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग गरेको हो ।  क्षेत्रिय कार्यसमितिले बिहिवार राहत रकम हस्तान्तरण तथा दाता सम्मान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइरा

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ७०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री बालेनको अमेरिका जादै

    काठमाडौँ/ प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् ।  यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय भएको थियो । तर भदौ १० मा  भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका नदी किनार

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • १२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलोपटक धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप कात्तिक २८ देखि

    धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता रात्रिकालीन हुने आयोजकले जनाएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबले बिहीबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित भारतको एक टोली र विभिन्न जिल्लाका गरी आठ टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब,

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • २७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा औषधिको आवरणमा लागूऔषध कारोबारको आशंका, २६ वर्षीय आकाश राई पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ स्थानीय २६ वर्षीय आकाश राईको घरकोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा राईको कोठाबाट ट्रामानिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोलाक ३८ ट्याब्लेट र नगद १० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्री र नगदसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीले

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ६१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीयले श्रमदान गरेर निर्माण गरे अस्थायी फड्के पुल

    ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा श्रमदानबाट फड्के पुल निर्माण गरिएको छ। स्थानीय युवाले श्रमदान गरेर सिस्ने खोलामा अस्थायी फड्के पुल निर्माण गरेका हुन्। फुङ्लिङ नगरपालिका–१०, फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३, लिङ्खिम जोड्ने गरी सिस्ने खोलामा काठ र बाँसको प्रयोग गरेर स्थानीयले फड्के पुल निर्माण गरेका हुन्। खोलामा पानीको बहाव घटेसँगै दुईवटा अस्थायी फड्के पुल निर्माण गरिएको लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले जानकारी दिनुभयो। लिङ्खिम र फुरुम्बु दुवै गाउँका स्थानीयले श्रमदान गरेर अस्थायी पुल निर्माण गरेको लिम्बू

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • १०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनका विद्यार्थीले दिए बाढीपीडितलाई १ लाख १ हजार

    धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजका शिक्षक तथा विद्यार्थीहरूले भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्। विद्यालय तथा कलेजका विद्यार्थीहरूको सक्रियतामा शिक्षक तथा विद्यार्थीबाट संकलित उक्त रकम बिहीबार एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बूलाई हस्तान्तरण गरिएको हो। रकम बुझ्दै अध्यक्ष लिम्बूले धरानका विभिन्न विद्यालयबाट बाढीपीडितका लागि सहयोग रकम संकलन भइरहेको र सबै रकम संकलन भएपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने बताए। उनले भने, “धरानका विभिन्न स्कुलहरूबाट बाढीपीडितका लागि रकम उठ्ने क्रम

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ११० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोमनले डस्यो ८ वर्षीया आस्वानालाई, बचाउन तीन अस्पताल दौडिए परिवार; पीआईसीयू नपाउँदा गयो ज्यान

    धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । विषालु सर्पले डसेपछि उपचारका लागि उनलाई एकपछि अर्को अस्पताल पुर्याइयो । तर, आवश्यक सर्पदंश उपचार र पीआईसीयू सेवा तत्काल उपलब्ध हुन नसक्दा उनको ज्यान गएको छ । परिवारका अनुसार घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई बताएकी थिइनन् । स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाका बारेमा थाहा पाएको थियो । परिवारले हेर्दा सर्पले टोकेको हातबाट रगत बगिरहेको थियो । तत्काल उनलाई इटहरीमा नेपाली सेनाले स

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • २३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सभामा दलित अधिकार ऐन निर्माण ः समितिलाई उजुरी लिने अधिकार दिनुपर्ने

    विराटनगर/ सबैभन्दा पछाडी पारिएको समुदायले भोग्नुपर्ने अमानविय जातिय विभेद र छुवाछुत कसुरको उजुरी लिन पाउने अधिकार सहितको निर्देशक समिति बनाएर दलित अधिकार ऐन निर्माण गर्न कोशी प्रदेश सभालाई नागरिकहरुले सुझाव दिएका छन । संघीयता कार्यान्वयन भएको नौ बर्षपछि बल्ल दर्ता भएको दलित अधिकार ऐनलाई अन्य प्रदेशको भन्दा अनुकरणीय र पिडित समुदायका लागि अधिकारको प्रत्याभुति दिलाउनका लागि अधिकार सम्पन्न संरचना सहितको दलित अधिकार ऐन निर्माण गर्न नागरिकहरुले कोशी प्रदेश सभालाई सुझाव दिएका हुन । मानव अधिकार कानुनका विज्ञ कोषराज न्यौपानेले प्रदेश सभामा दर्ता भएको विधेयकको नाम दलित अधिकार भएपनि न्यायको पहुँचक

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ५०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कैद र जरिवाना भुक्तान नगरी फरार, धरानबाट ब्राउन सुगरसहित पक्राउ

    धरान/ लागूऔषध मुद्दामा अदालतबाट एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका एक युवकलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान १०ः४० बजे धरान उपमहानगरपालिका–१३ स्थित उनको घरकोठाबाट २५ वर्षीय रुस्तम राईलाई ब्राउन सुगर १.७० ग्राम पदार्थसहित पक्राउ गरेको हो। राईविरुद्ध जिल्ला अदालत काठमाडौंले २०८२ पुस २३ गते लागूऔषध मुद्दामा एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा उनी फरार रहँदै आएका थिए। पक्राउ परेका राईलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय धरानमा ल्या

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ५२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved