धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्राध्यापक गिरिराज शेर्मा लिम्बूको दुःखद निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्मा घटनास्थलमै मृत फेला परेका थिए। प्रारम्भिक जानकारीअनुसार बिरामी
धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको व्यक्तित्व विकास, सञ्चार सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ। गर्मी बिदाको सदुपयोग गर्दै सञ्चालन गरिएको तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पाँच दिनसम्म चलेको प्रशिक्षणमा उद्घोषणकला, वक्तृत्वकला, औपचारिक कार्यक्रम सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, माइक्रोफोन तथा पोडियमको सही प्रयोग, आवाजको उतारचढाव र मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला लगायतका विषयमा व्यवहारिक प्रश
धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक धरान–१६ स्थित यु एन नवोदय प्लस २ कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दोहोरो पदक जित्दै नेपाल र आफ्नो कलेजको गौरव बढाएका छन्। एसियाली कराते महासङ्घको सहकार्यमा बङ्गलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले काता विधामा स्वर्ण पदक तथा ५७ केजीमुनिको कुमिते विधामा कास्य पदक जित्न सफल भएका हुन्। हाल युएन नवोदय प्लस २ कलेजमा कक्षा ११ कम्प्युटर व्यवस्थापन विषय अध्ययनरत प्रमोदले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो सफलता कलेजका लागि मात्रै नभई कोशी प्रदेश र सम्
धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो २ः१५ बजे धरान उपमहानगरपालिका–८ बाट धनकुटा नगरपालिका–३ निवासी ४७ वर्षीय चन्द्रध्वज राईलाई पक्राउ गरेको हो सुनसरी जिल्ला अदालतले २०८२ पुस २२ गते लागूऔषध मुद्दामा राईलाई तीन वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेकै अवस्थामा उनी फरार रहेका थिए। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक कानुनी प्रक्रि
बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ । स्थानियबासिहरुको सहभागितामा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरीको टोली सहित सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका सहकार्य सहित कटान नियन्त्रणकालागि सक्रिय भएका छन् । स्थानीयको सहभागितामा सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित गरैया टापु क्षेत्रमा कटान तिब्र हुन हुन थाले पछि बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिका प्रमुख अशोक कार्की बस्ती र खेतीयोग्य जमिन जोगाउन सुरक्षा निकाय तथा स्थानियबासिहरु संयुक्त रूपमा कटान
इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटनाग्रस्त हुँदा चालकसहित सात जना घाइते भएका छन्। बिहीबार (२०८३ साउन ७) दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो इलाम नगरपालिका–८ बज्रदेवीस्थित उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेपछि दुर्घटना भएको हो। दुर्घटनामा धरान उपमहानगरपालिका–१० विशालपथका रिता चेम्जोङ (३६), महेश कुमार राई (७३) र मनकुमार राई (३४) घाइते भएका छन्। महेश कुमार राईको टाउको, छाती र ढाडमा चोट लागेको छ भने रिता चेम्जोङको टाउको, निधार, दाहिने हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। मनकुमार राईको दाहि
काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल बिहीबार कीर्तिपुरस्थित कार्यक्रमस्थल पुगेका थिए। सोही क्रममा कार्यक्रमस्थल बाहिर जम्मा भएका युवाहरूको समूहले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विश्वविद्यालय परिसरमा नाराबाजी र विरोध प्रदर्शनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनका क्रममा युवाहरूले ‘नेपो बेबी मुर्दावाद
झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको घरेलु विवाद अन्ततः दुवैको ज्यान जाने दुःखद घटनामा परिणत भएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे दमक नगरपालिका–१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच भएको भनाभन झैँ–झगडामा परिणत भएको थियो। विवादका क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। त्यसपछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। उनलाई उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले झुण्डिएको अवस्थामा
काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा ४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट रु पाँच
बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले ४४ औँ विश्वेश्वर प्रसाद कोइराला (बिपी)स्मृति दिवसको अवसरमा प्रकाशपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार बिहान आयोजना भएको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संक्लन गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिलाई सेवा मार्फत सम्मान तथा स्मरण गर्ने उद्देश्यले रक्त दान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सभापति तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नं।