विराटनगर/ कोशी प्रदेशमा ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण सोही अवधिमा ४१८ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधनलाई कारबाहीमा परेका छन भने चार सय १८ जनाल ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रदेशका १४ वटै जिल्लामा क्रियाशील ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी तथा प्रविधिको प्रयोगमार्फत कारबाही अभियान सञ्चालन गरेका थिए। प्
धरान/ लागू औषधको कारोबार नियन्त्रण अभियान अन्तर्गत सुनसरी प्रहरीले विशेष सूचनाको आधारमा दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मंगलबार साँझ सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकस्थित चिरौलिचोकबाट ईनरुवा तर्फ पैदल आउँदै गरेका दुई युवाको साथबाट लागू औषध फेला परेको हो। अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा लागू औषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका–६ का २४ वर्षीय कुमार राई र सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ का करिब २९ वर्षीय
सुनसरी/ विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। प्रहरीले लागुऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ ६:४५ बजे राजु शर्मा नामक ५० वर्षीय व्यक्तिको घर नजिकै रहेको बाख्राको खोरमा खानतलासी गरेको थियो। प्रहरीले खोरभित्र लुकाइ–छिपाई राखिएको अवस्थामा २१०० क्याप्सुल ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P.) र ५४० ट्याब्लेट स्पास्मो प्रोक्सिभन (Spasmo Proxyvon) बरामद गरेको छ। साथै, उक्त लागुऔषध
धरान /चर्चित गायक भिषण मुकारुङको दोस्रो एकल सांगीतिक साँझ यही भदौ २८ गते शनिबार धरानमा हुने भएको छ। भोजपुर–सुनसरी सेवा समाजको आयोजनामा हुने उक्त कार्यक्रम धरान–१५ स्थित चुम्लुङ हिमको हलमा आयोजना गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। समाजका अध्यक्ष रेवतीरमण राईका अनुसार, सुविधायुक्त कार्यक्रम हलसहितको कार्यालय भवन निर्माणका लागि आवश्यक आर्थिक संकलन जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। उनका अनुसार, ‘कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ, कार्यक्रमको खर्च करिब १०–१२ लाख रुपैयाँ अनुमान गरिएको छ।’ सांगीतिक साँझका लागि ५
झापा/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको एसियन हाइवे स्तरोन्नतिको काम अपेक्षाकृत प्रगति गर्न नसक्दा योजनाभन्दा बढी ‘सास्ती बाँड्ने योजना’ जस्तो बनेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस सडकको दुई वर्षमा जम्मा ३० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन। १२० किलोमिटर लामो यस सडक खण्डमध्ये हालसम्म ९५.७६ किलोमिटर क्षेत्रमा मात्र काम सुरु गरिएको छ। एसियाली विकास बैंकको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानीमा निर्माण भइरहेको यो योजना अलपत्र अवस्थामा पुग्दा स्थानीयवासी दिनहुँ धुलो, हिलो, जाम र दुर्घटनाको जो
सुनसरी/ डिपो स्कुलको आयोजनामा तथा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा विभिन्न जिल्लाका १८ विद्यालय टिमको सहभागिता रहनेछ। प्रतियोगिताको उद्धघाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेत प्रभात स्कुल विच हुने भएको छ । प्रतियोगिताको खेल तालिका प्रतियोगिताको प्राविधिक सहयोगि सुनसरी बास्केटवल संघको मातहतमा आयोजक कमिटि र सहभागि टिमको प्रतिनिधिहरुको उपस्थितिमा मंगलवार तयार गरिएको थियो । १९ गते सम्म संपन्न हुने प्रतियोगितामा आयोजक टिम सहित इस्ट होराइजन वोर्
झापा/ “१७ वर्षदेखि छोरालाई काँधमा बोक्दै आइरहेको छु। आज नगरपालिका मार्फत सीपी ह्वीलचेयर पाएपछि पहिलो पटक सास फेरेजस्तो लाग्यो,” भावुक हुँदै भने मेचीनगर–१ निवासी भूमिका गुरागाई। उनको १७ वर्षीय छोरा राहुल गुरागाई जन्मजातै अपांग छन्। न हातखुट्टा चल्छ, न बोल्न सक्छन्, न हिँड्न। सधैं ओछ्यानमै हुन्छन् — ओछ्यानमै दिशापिसाब गर्छन्। कतै लैजानु परे काँधमा बोक्नु पर्ने बाध्यता थियो। तर अब उनलाई सँगै लैजान सकिने भएपछि भूमिकाको परिवारमा खुसी छाएको छ। २०५ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण झापाको मेचीनगर नगरपालिकाले सोमबार करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश स
धरान/ आउँदो दशैँको फूलपातीदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र “बलिदान” को प्रचारप्रसार धमाकेदार रुपमा सुरु गरिएको छ। यसैक्रममा सोमबार एक कार्यक्रमको आयोजना गरी धरान–८ स्थित फ्रेण्ड्स सिनेमाज को भवनमा चलचित्रको २२ फिट चौडा र ६० फिट अग्लो पोस्टर ब्यानर टाँसिएको छ। फिल्म बलिदान को यो पोस्टर ब्यानर हालसम्म धरानमा सार्वजनिक भएको सवैभन्दा ठूलो फिल्म प्रचार सामग्री मध्ये पर्न गएको छ। निर्माण पक्षले यस प्रचारशैलीलाई चलचित्रप्रति दर्शकको उत्साह बढाउने उद्देश्यले गरिएको बताएको छ। पोस्टरमा मुख्य अभिनेता&n
धरान/ धरान खेलकुद मञ्चले आयोजना गर्न लागेको 'धरान अवार्ड २०८२' अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक र नवप्रतिभा (राइजिङ स्टार) पुरस्कारका लागि मनोनयनमा परेका नामहरू सार्वजनिक गरिएको छ। मंगलबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै मञ्चले उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, राइजिङ स्टार तथा अन्य विशेष पुरस्कारको लागि मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरेको हो। छनौट समितिमा मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार दिपेश शाक्य र सदस्य सचिव विक्रम लिम्बु रहेका छन्। मनोनयनमा परेका नामहरू: उत्कृष्ट पुरुष खेलाडी: साहिल राई
धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल दुई वर्षअघि नै सकिनुपर्ने भए पनि अझै अपूरो अवस्थामा छ। झण्डै १६ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि प्रदेश सरकारले रु १,२१,५८,१३२.४४ (एक करोड एकाइस लाख अठ्ठावन्न हजार एकसय बत्तीस रुपैयाँ चौवालीस पैसा) को सम्झौता गरी २०७७ सालमा ठेक्का दिएको थियो। पुल २०८० सालभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर हालसम्म निर्माण पूरा नहुनुमा ठेकेदारको लापरबाही मुख्य कारण भएको वडाध्यक्ष मान कुमार लिम्बूले जानकारी दिनुभयो। ठेकेदार सम्पर्कविहीन, मन्त्रीसमक्ष बारम्