पुनर्निर्माणका लागि देउसी कार्यक्रम

  • कार्तिक ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१७ सचेत नागरिक समूहले यसपटक तिहारमा सांस्कृतिक देउसी खेलेर रकम सङ्कलन गर्ने भएको छ । 

देउसी कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम जेन–जी आन्दोलन क्रममा ध्वस्त बनाइएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने समूहले जनाएको छ ।

समूहले आइतबार पत्रकार सम्मेलनमार्पmत् यसबारे जानकारी दिएको हो । समूहले यही कात्तिक ५ गते रेल्वेचोकमा सांस्कृतिक देउसी कार्यक्रम आयोजना गर्ने भएको छ ।

देउसीबाट सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं.१९६०१००१०२०७०००४ (भौतिक पूर्वाधार पुनर्निर्माण कोष) मा जम्मा गरिने समूहका संयोजक दयाराम थापाले जनाए ।

समूहले २०८१ मा पनि बाढीपीडितहरूका लागि देउसी कार्यक्रमबाट सङ्कलित २ लाख ५ हजार रुपैयाँ सरकारी राहत कोषमा बुझाएको थियो । कोरोना महामारीको बेला पनि सो समूहले विपन्न समुदायलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको थियो भने होल्डिङ सेन्टर र क्वारेनटाइनसमेत व्यवस्थापन गरेको थियो ।

यसपालिको देउसी कार्यक्रममा धरान–१७ वडा कार्यालयसँग सहकार्य रहने जानकारी दिँदै संयोजक थापाले सांस्कृतिक देउसी कार्यक्रममा सहभागी भई सामाजिक उत्तरदायित्वमा हातेमालो गर्न सम्पूर्ण धरानवासीलाई अनुरोध गरेका छन् । 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved