मेचिनगर–१२ नयाँ बस्तीमा सामूहिक देउसी नाच सम्पन्न एक लाख पाँच हजार बढी रकम संकलन

  • कार्तिक ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर : स्थानीय समाजसेवी भवानी प्र.तिम्सिना र संस्थाका अध्यक्ष कैलास कार्की र दिपेन्द्र बराइलीले सामुहिक पुरुस्कार दिदै नृत्य गर्ने बालिकालाई

झापा/ तिहारको भाइटिकाको अवसरमा झापाको मेचिनगर–१२ स्थित नयाँ बस्ती युवा परिवारले परम्परागत सामूहिक देउसी नाच कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका सञ्चालक राजकुमार कार्कीका अनुसार यस वर्षको देउसी नाचबाट एक लाख पाँच हजार दुई सय साठी रुपैयाँ संकलन भएको छ।

समाजले संकलित रकम समुदायलाई आवश्यक पर्ने क्षेत्रमा सहयोगका लागि प्रयोग गर्ने जनाएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कैलास कार्कीले गर्नुभएको थियो। कार्यक्रममा यस वर्ष मेचिनगर–१० बाट आएको उराँव नाचले विशेष आकर्षण पाएको थियो।

साथै साकेला नाच, मारुनी नाच र मौलिक देउसी गीत–सङ्गीतमा प्रस्तुत नृत्यहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए।

तिहारको उल्लासपूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रमले समुदायबीच एकता, सांस्कृतिक गौरव र सहकार्यको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved