धरान/ सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी घटनापछि सुरु भएको आन्दोलनसँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। सिरहामा भएको आन्दोलनका क्रममा गणेश यादवको पनि मृत्यु भएको थियो। रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्
इलाम/ इलामको माइजोगमाई गाउँपालिका–२ मा अत्यन्तै दुःखद घटना भएको छ। खोल्सोमा आएको बाढीले छोरा बगाएर मृत्यु भएपछि शोक सहन नसकेर आमाले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार हिजो(साेमबार( विद्यालयबाट घर फर्किरहेका एक बालक खोल्सोमा आएको बाढीले बगाउँदा उनको ज्यान गएको थियो। त्यसपछि बालककी ३८ वर्षीया आमा अमृता लेप्चा खत्री सम्पर्कविहीन भएकी थिइन्। स्थानीयवासी प्रदीप खड्काका अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान भने घरनजिकै झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। प्रारम्भिक रूपमा छोराको मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त तय भएको छ। रोमाञ्चक सेमिफाइनल पार गर्दै प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई ४७–४६ को अत्यन्तै प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। चार क्वाटरको खेलमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोड्दै एक अङ्कको रोमाञ्चक जित निकाल्यो। प्रभातका नेमसाङ मगर खेलको म्यान अफ द म्याच घोषित भए।
झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। बिहान करिब ६:३० बजे दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।
धरान/ धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भएका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य आरोपी अझै फरार रहेका छन्। धरान–५ झरना चोकका २० वर्षीय निलकमल राईमाथि खुकुरी प्रहार गरी फरार भएका धरान–५ का ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार र २२ वर्षीय ससेस साहलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू स्थानीय एक टहरामा लुकिरहेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए। डीएसपी राईका अनुसार (हिजो)आईतवार बिहान जंगलमा लुकेको सूचना पाए पनि दिउँसो उनीहरू टहरामा सामूहिक रूपमा बसेको अवस्थामा फेला परेपछि पक्राउ
धरान/ सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित एक घरमा ताला फोडेर सुनचाँदीका गहना र नगद चोरी गर्ने आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार बिहान करिब ३ बजेदेखि ४ बजेको बीचमा राजु साहको घरको माथिल्लो तलामा रहेको उनका भाइ पप्पु साहको कोठाको ताला फोडेर चोरी गरिएको थियो। पप्पु र उनको परिवार घरमा नभएको मौका पारेर चार जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक विनालाल साहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का
धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको सन्देश प्रवाह गर्दै सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार धरानमा भव्य सामाजिक सद्भाव र्याली सम्पन्न भएको छ। ‘सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौं’ भन्ने नारासहित आयोजित र्याली भानुचोकबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनः भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। विभिन्न जाति, भाषा, धर्म र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताले र्यालीले धरानको सामाजिक एकताको सन्देश झनै बलियो बनाएको थियो। कोणसभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र वि
धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको तेस्रो दिन आज चार खेल भए । उक्त खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले आप्mनो खेलमा जित निकालेका छन् । विजेता चार विद्यालय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले ११–२, १२–५, १०–४ र ८–४ अङ्कले
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा आइतबार सम्पन्न चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमीले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अङ्कले पराजित गर्यो। खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हराउँदै दोस्रो चरणमा स्थान बनायो। प्रभातका साइमन विके म्यान अफ द म्याच घोषित भए। तेस्
धरान/ सुनसरीकाे धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ । धरान उपमहानगरपालिका–५ झरना चोकमा २० वर्षीय आशिष भनिने निलकमल राईमाथि खुकुरी हतियार प्रहार भएको छ। प्रहरीका अनुसार जोनसेना (यकिन नाम खुल्न बाँकी), सुमन लिम्बु, हनक राई र किरण राईसहित चार जनाले निलकमलमाथि ढाडमा खुकुरी हतियार प्रहार गरी फरार भएका छन्। गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयूमा उपचार भइरहेको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको