भनूँ भने आफ्नो मान्छे नभनूँ भने ... मान्छे भनेझैँ अवस्था अहिले पनि देश, प्रदेश र स्थानीय सरकारमा विद्यमान रहेको छ । अझ राजनीतिक क्षेत्रमा व्याप्त देखिन्छ । राजनीति, कला, साहित्य र संस्कृति लगायत हर क्षेत्रमा देखा परेका कमीकमजोरी उल्लेख गर्न धक मानिएन भने समस्याको समाधानमा सम्भव हुन्छ । किनकि सही बोलीले अवश्य पोल्छ र पोल्नुपर्छ । आफूलाई लागेको क्षयरोगका बारेमा बेलैमा आफैँ सचेत भइएन अवश्य बाँचिदैन । त्यसैले आत्मघाती काम गर्नुहुन्न र गर्न पनि दिनु ह्ुन्न । आफू खुसी आफैँले आफूलाई आगो लगाएर मार्नुहुन्न र यस्तो दृश्य देखीदेखी कोही पनि मौन बस्न हुँदैन । तर नेपालको राजनीति लगायत हरेक क्षेत्रमा सानातिन
२०६८ साल यता जातीय विभेदकै कारण विभिन्न २२ वटा हत्याका घटनाहरु भएका छन् । त्यसमा सबै भन्दा बढी अन्तरजातीय विवाहकै कारण दलित युवा तथा युवतीहरु मारिएका छन् । एक तथ्यांक अनुसार अन्तरजातीय विवाहका कारण ११ वटा हत्याका घटना भएका छन् भने जातीय छुवाछुतमा ५ वटा, बोक्सीको आरोपमा १ जना, ५ वटा घटना बलात्कार पछि हत्या गरिएको छ । चुल्हो छोएको निहुँमा मारिएका कालिकोटका मनविर सुनारदेखि हिरासतमा मारिएका शम्भु सदा हुँदै अन्तरजातिय विवाह गर्न पुगेका पश्चिम रुकुमका नवराज विकको ६ जनाको समुहले एकै चोटि ज्यान गुमाउनु परेको छ । २०६८ पछिका यी घटनाहरुले दलित समुदायले छुवाछुत विरुद्धको लडाई लड्न अझै बाँकी रहेको पुष्टि
प्रारम्भयुवाकवि राज माङ्लाकद्वारालिखित ‘लिम्बुनी गाउँ’ (२०७४) कविता सङ्ग्रहमा सङ्कलित कविताहरूबारे यहाँ सामान्य चर्चा गर्न खोजिएको छ । लेखक–साहित्यकारहरू पनि यही समाजकै अभिन्न अङ्ग हुने भएकाले समाजसँग तिनका रचनाको गहिरो सम्बन्ध हुनु स्वाभाविक छ । यहाँ ‘लिम्बुनी गाउँ’ का कविताहरू र समाजको सम्बन्धलाई केलाउने प्रयत्न गरिएको छ । जनजातीय, अझ लिम्बू समुदायमा प्रचलित मिथक, प्रतीक, बिम्ब र लिम्बू भाषाका शब्दहरूको प्रयोग गरेर लेखिएका कविताहरू सङ्कलित यस कविता सङ्ग्रहले नेपाली समाज, राजनीति, संस्कृति र आर्थिक प्रणालीलाई जनजातीय दृष्टिबाट हेर्ने प्रयास गरेको छ । निम्नवर्गाीय
ब्युटिसीयन को हो ? हामीले सजीलो गरि के बुझ्दै आएका छौ भने ब्युटिसियन भनेको ब्युटिपार्लारमा काम गर्ने मान्छे हो । तर त्यतिमा मात्र ब्युटिसियनलाई बुझ्दा अन्याय हुन्छ । ब्युटिसियन भनेको खासगरि महिलाहरुको सौन्र्दयका डाक्टरहरु हुन भन्दा फरक पर्दैन । किनभने ब्युटिसियनहरुले गर्ने सेवा भनेको छाला,कपाल तथा मनोविज्ञानसँग प्रतक्ष्य सरोकार राख्ने हुन्छन् । खास ब्युटिसियनले महिलाहरुको छाला,कपाल तथा मनोविज्ञानको उपचार गर्ने गर्छन । बाहिरी देशहरुमा हरेक महिलाको फेमेली ब्युटिसियनहरु राखिएको हुन्छ । उनीहरु आफ्नो सौन्र्दयको बारेमा डाक्टरभन्दा अगाडी ब्युटिसियनसँग परामर्श लिन्छन । ब्युटिसियनले उसको समस्या हेरेर
विभिन्न कालका केरल सरकारहरूले जमिनको न्यायपूर्ण प्रयोगको थालनी गर्दै सामाजिक र आर्थिक सुधारहरूलाई संस्थागत गर्दै आएको छ। सामाजिक सुरक्षामा पहुँच बढाउन स्वास्थ्य सेवा तथा शैक्षिक कार्यक्रमलाई तीव्र बनाएको छ। ‘भारतको केरल, विकासोन्मुख देशहरूमा नै नदेखिएका एक भिन्न विलक्षणयुक्त राज्य हा। केरलको जनसंख्या क्यालिफोर्नियाको जत्तिकै छ र प्रतिव्यक्ति वार्षिक आय ३०० डलर भन्दा कम छ। तर यसको शिशु मृत्यु दर एकदम न्यून छ, यसको साक्षरता दर पृथ्वीमा नै सबभन्दा उच्च छ। यद्यपि यसको अधिकांश भूमि धानबालीले शोभायमान छ, तथ्याङ्कले केरलको सामाजिक विकासको सगरमाथाको शिखरमा पुगेको छ।’ (बिल म्याकिब्ब
के तपाईं सत्य सुन्न चाहनुहुन्छ? हुन त अमेरिकीहरूका लागि सत्य त्यति मन नपर्न सक्छ। अधिकांश चिनियाँ जनताले अमेरिकी उदार लोकतन्त्रलाई एक मजाक मान्छन्। हुन त अति नै थोरै प्रतिशत चिनियाँहरु अमेरिकाको प्रशंशा गर्नेपनि छन्। तर ९४५ चिनियाँले वर्तमान सरकारलाई समर्थन गर्दछन्। यो कुरा हार्वर्ड विश्वविद्यालयको क्यानेडी स्कूल अफ पोलिटिक्सको सर्वेक्षणले देखाएको छ। अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनमा अमेरिकी प्रजातन्त्रबारेमा प्रचारहरु भइरहेका छन्। ती प्रचारहरुले विभिन्नकालमा चिनियाँ जनतालाई भिन्न भिन्न प्रभाव पारेका छन्। १९७९ देखि १९८९ सम्म चिनियाँहरूले संयुक्त राज्य अमेरिकालाई प्रश
उठान यो लेखएघार नोभेम्बरकथा सङ्ग्रहमा सङ्कलित कथाहरूमा प्रस्तुत सामाजिक पर्यावरणको विश्लेषणमा केन्द्रित छ । यस लेखमा एघार नोभेम्बरका कथाहरू र समाजको सम्बन्धलाई केलाउने प्रयास गरिएको छ । यस सङ्ग्रहमा सङ्कलितअधिकांश कथाहरूले‘लाहुरे–जीवन’ को अँध्यारो पाटोलाई देखाएका छन् । विपन्नताका कारण विदेशी सेनामा भर्ती हुन बाध्य नेपाली नागरिकहरूको सामाजिक पर्यावरण र तिनका पीडालाई उजागर गर्ने यी कथाहरूले तिनका सङ्घर्ष र विवशतालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । कतिपय कथामा सहरिया सामाजिक पर्यावरणको चित्रण गरिएको छ । विपन्न समुदायका बालबालिकाहरूको दयनीय र कारुणिक जीवनको चित्रण, न
२१ औं शताब्दीको विश्व राजनीतिमा के भइरहेको छ ? केही अपवाद बाहेक सबै राष्ट्रिय चुनावका मतदाताहरुमा यस अघि कहिल्यै नदेखिएका दलीय आसक्तता र सैद्धान्तिक ध्रुवीकरण देखिएको छ। अचेल हरुवाहरुले आफु विजेता भएको दावि गर्नु वा विपक्षीले चुनाव धाँधली गरेर आएको परिणाम स्वीकार्य हुन नसक्ने भन्ने घटनाहरु आमजस्तै भएका छन्। भर्खर निवर्तमान हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संयुक्त राज्य अमेरिकामा हास्यास्पद खेल खेल्दैछन्। राष्ट्रपति चुनिएका बिडेन र डेमोक्र्याटिक पार्टीबाट चुनावी धाँधली भएको अलिकति पनि प्रमाण फेला परेकाछैनन्। तथापी मेरील्याण्डका रिपब्लिकन गभर्नर ल्यारी होगनले खुलेआम चुनौति दिदैंछन्। य
नेपालीहरूले मनाउने दोस्रो ठूलो हिन्दूपर्व तिहार हो । यो पर्व कार्तिककृष्ण त्रयोदशीबाट शुरू भएर कार्तिकशुक्ल द्वितीयासम्म जम्मा पाँचदिन मनाइने र यस पर्वका अवसरमा यमराजको पूजाआजा गरिने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस चाडमा किन यमराजको पूजा हुन्छ भन्ने सम्बन्धमा एउटा पौराणिक कथा पाइन्छ, जसअनुसार एकपटक दूतहरूले यमराजलाई रोगी, बृद्ध र अकालमा मृत्यु हुनेहरूलाई ल्याउनु नपरेमा राम्रो हुने विचार व्यक्त गरेछन् भने यमराजले पनि उक्त समयमा घर सफासुग्घर राखी उनको पूजाआजा गरेमा मानिसहरूको अकाल मृत्यु हुने छैन भन्ने कुरा बताएछन् । यता यमराजका दूतहरू काग र कुकुर समेत भएकाले तिहारमा तिनीहरूकोसमेत पूजाआजा ग
पछिल्लो समय विपी कोइराला स्वास्थ्य विज्ञानको विषयमा धेरै टिकाटिप्णीहरु आउन थालेका छन् । खासगरि अस्पताल सेवाका पक्षमा कमिकमजोरी भएको,विरामीले उपचार नपाएको,अनियमितता बढेको जस्ता विषयहरुले प्रतिष्ठानमाथ विभिन्न प्रश्नहरु खडा गरेको छ । केही समय अगाडी नागरिक स्तरमा समेत यसको खबरदारी गर्ने काम भएको छ । यसै विषयमा सेरोफेरोमा रहेर कोशीपत्र दैनिकले प्रतिष्ठानका निर्देशक प्राडा गौरिशंकर शाहसँग कुराकानी गरेको छ ।प्रस्तुत छ कुराकानीको अंश विपी कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान आर्थिक तथा प्रशासनिक रुपमा निकै कमजोर भयो भन्ने सर्बत्र हल्ला छ बास्तविकता त्यस्तै हो ? विगत केही महिना देखि कोरोना महामारीको