किन बन्ने ब्युटिसीयन

  • माघ ३०, २०७७
  • सीता मिश्र
alt


ब्युटिसीयन को हो ?
हामीले सजीलो गरि के बुझ्दै आएका छौ भने ब्युटिसियन भनेको ब्युटिपार्लारमा काम गर्ने मान्छे हो । तर त्यतिमा मात्र ब्युटिसियनलाई बुझ्दा अन्याय हुन्छ । ब्युटिसियन भनेको खासगरि महिलाहरुको सौन्र्दयका डाक्टरहरु हुन भन्दा फरक पर्दैन । किनभने ब्युटिसियनहरुले गर्ने सेवा भनेको छाला,कपाल तथा मनोविज्ञानसँग प्रतक्ष्य सरोकार राख्ने हुन्छन् ।

खास ब्युटिसियनले महिलाहरुको छाला,कपाल तथा मनोविज्ञानको उपचार गर्ने गर्छन । बाहिरी देशहरुमा हरेक महिलाको फेमेली ब्युटिसियनहरु राखिएको हुन्छ । उनीहरु आफ्नो सौन्र्दयको बारेमा डाक्टरभन्दा अगाडी ब्युटिसियनसँग परामर्श लिन्छन । ब्युटिसियनले उसको समस्या हेरेर डाक्टरको मा जानु पर्ने अबस्था भएमा रेफर गर्ने गर्दछन् ।त्यहाँ ब्युटिसियन र डाक्टरलाई दिइने मान्यताहरु एउटै लेभलको हुन्छ ।त्यस कारण ब्युटिसियनलाई हामीले हाम्रो सौन्र्दको डाक्टरको रुपमा बुझ्दापनि फरक पर्दैन ।
नेपालमा ब्युटिसियनको अबस्था
नेपालमा ब्युटिसियनहरुको काम भनेको ब्युटिपार्लर खोलेर सेवा दिने मात्र देखिएको छ । यसलाई हामीले सकारात्मकनै लिनु पर्छ । तर नेपालमा ब्युटिसियनहरुले ब्यबसायीक सफलता प्राप्त गर्न नसकेको पक्कै हो । आज धेरै नेपाली दिदीबहीनीहरु विदेशमा गएर ब्युटिसीयनको काम गरिरहनु भएको छ । नेपालमा ब्युटिसियन भएर र पार्लर चलाएर राम्रो ब्यबसाय थोरैले मात्र गर्न सकेको अबस्था हो । हामीले (आर्या ब्युटि आर्ट एण्ड एकेडेमी ,धरान)ले गरेको एक अध्ययनमा के भेटियो भने नेपालमा १५ दिन देखि ३ महिना तालिम लिएर आफै ब्यबसाय सुरु गर्नेको संख्या धेरै भेटियो ।

त्यसमा राम्रो तालिमलिनेहरुले पार्लर सञ्चालन गरेरै आम्दानी गरेको भेटियो भने धेरै ले ब्यबसाय सुरु गरेको ३ देखि ६ महिनामा विक्री गर्ने वा बन्द गर्ने गरेको पाइयो । यो अबस्था किन आयो भन्दा तालिम दिने ठाउले राम्रो सिकाएन र ब्युटिपार्लर ब्यबसायको बारेमा जानकारी भएन ।यो अध्यनबाट हामीले के बुझ्यौ भने अब नेपालमा गुणस्तरिय तालिम दिएर ब्युटिसियन कोर्ष गर्नु वा गराउनु आवश्यक छ । त्यस कारण नेपालमा ब्युटिसियनको भविष्य राम्रो देखिन्छ तथा दक्ष ब्युटिसियन आवश्यक छ ।
किन बन्ने ब्युटिसियन ?
१.ब्युटिसियन भनेको हाम्रौ सौन्र्दयका डाक्टरहरु हुन् भन्ने बुझाईलाई हामीले आफैसँगपनि दाजेर हेर्नु पर्ने हुन्छ । हरेक महिलाहरुले दैनिक रुपमा आफ्नो मेकअप गरिरहेकै हुन्छन् । तर कतै तालिम नलिईकन गरिएको मेकअपले आफुले खोजेजस्तो सौन्र्दय खुल्न सक्दैन । त्यस कारण हरेक महिलाले सेल्फ मेकअपको तालिम लिनु जरुरी हुन्छ ।
२.ब्युटिसियनकोर्ष यस्तो क्षेत्र हो जहाँ रोजगारी नभएपनि आफ्नो सामान्य खर्च चलाउन समस्या हुदैन । हरेक ब्युटिसियन कोर्ष गर्ने मान्छेले आफ्ले साथीभाइमा ,टोलछिमेकमा काम गरेर,कतै रोजगारी गरेर वा आफ्नो ब्यबसाय गरेर जिविको छलाउन सक्छन् ।
३.ब्युटिसियन कोर्ष गर्ने हरेक ब्यक्तिले राम्रो ब्यबसाय वा रोजगारीपनि गर्न सक्छ । यो क्षेत्र कहिलेपनी मन्दी नआउने र सदाबाहर चलिरहने भएकाले यसमा ब्यबसाय सफल हुने र रोजगारी पाउने संभावना धेरै हुन्छ ।
कति खर्च लाग्छ ?
ब्युटिसियन कोर्ष गरेर ब्युटिसियन बन्न कति खर्च लाग्छ भन्ने विषय तपाईले सिक्ने ठाउ र सिकाउने गाइड अनुसार फरक पर्न सक्छ । अहिले बेसिक ब्युटिसियन कोर्ष १० हजार देखि ३५ हजार सम्ममा हुदै आएको छ । तर धरानमा सञ्चालिन आर्या ब्युटि आर्ट एण्ड एकेडेमी ले चौध हजार पाँच सयमा बेसिक कोर्ष गराउदै आएको छ ।
यहाँ सिकाइने कोर्ष भनेको सिटीइभिटीद्धारा निर्धारण गरिएको कोर्ष हो । बेसिक कोर्ष पुरा गरेपछि एसिस्टेन ब्यटिसियनको लेभलमा पुगिन्छ । त्यसपछि डिप्लोमा कोर्ष गर्ने वा अन्य कोर्ष गर्ने विषयमा सोच्दा हुन्छ । तर सुरुमा बेसिक कोर्ष नगरि तपाइहरुले अन्य कोर्ष गर्नु भयो भने तपाईले दिने सेवा कमजोर हुन सक्छ ।
कस्तो ठाउमा सिक्ने ?
तपाईको ब्युटिसियन बन्ने चाहाना छ भने तपाइले केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । आज हरेक चौकमा ब्युटिपार्लर छन् र सबैले तालिम दिन्छन । तर हामीले कोर्ष गर्दा सिक्न चाहेको ठाउ छनौट गर्दा भने ध्यान दिनु पर्छ । फेरी तपाइलाई पछुतो त लाग्छ नै पैसापनि अनाबश्यक खर्च हुन्छ । सुरुमा तपाईले कोर्ष गर्दा ध्यान दिने भनेको तपाईले सिक्न चाहेको ठाउ दर्ता छ या छैन ।
सिक्दा नेपाल सरकार अन्र्तगतका निकायहरुमा दर्ता भएको,सरकारलाई नियमित कर तिरेको,सिकाउने प्रशिक्षक विज्ञ र अनुभवी भए नभएको ध्यान दिनु पर्छ । त्यसपछि तपाईलाई प्राक्टिकल गर्ने ठाउ प्रयाप्त भए नभएको पनि याद गर्नु पर्छ । धरानमा केही ब्युटिपार्लरहरु मा त्यो सुविधाहरु छ । अहिले धरानमा सञ्चालित आर्या ब्युटि आर्ट एण्ड एकेडेमी ब्युटिसियन बन्नेहरुका लागि राम्रो ठाउको रुपमा छनौट हुन सक्छ ।
कहाँ छ आर्या ब्युटि आर्ट एण्ड एकेडेमी ?
यो धरान १० पुतली लाईनमा पर्छ । पुतीलाईनको खहरे खोला पस्चिम पटि रहेको मन्दीर अगाडी आर्या ब्युटि आर्ट एण्ड एकेडेमी रहेको छ । ९८०२०४७१२३ त्यहाँको सम्पर्क नम्बर हो । https://www.facebook.com/Aaryabeautyartdharan

 advt

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved