"अनावश्यक हल्लाको पछि लाग्नु हुन्न,बास्तविकता बुझ्नु पर्छ": प्राडा गौरिशंकर शाह "प्रतिष्ठान सुधारको चरणमा छ"

  • कार्तिक २६, २०७७
  • कोशीपत्र/संवाददाता
alt प्राडा गौरिशंकर शाह अस्पताल निर्देशक विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान

पछिल्लो समय विपी कोइराला स्वास्थ्य विज्ञानको विषयमा धेरै टिकाटिप्णीहरु आउन थालेका छन् । खासगरि अस्पताल सेवाका पक्षमा कमिकमजोरी भएको,विरामीले उपचार नपाएको,अनियमितता बढेको जस्ता विषयहरुले प्रतिष्ठानमाथ विभिन्न प्रश्नहरु खडा गरेको छ । केही समय अगाडी नागरिक स्तरमा समेत यसको खबरदारी गर्ने काम भएको छ । यसै विषयमा सेरोफेरोमा रहेर कोशीपत्र दैनिकले प्रतिष्ठानका निर्देशक प्राडा गौरिशंकर शाहसँग कुराकानी गरेको छ ।प्रस्तुत छ कुराकानीको अंश

विपी कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान आर्थिक तथा प्रशासनिक रुपमा निकै कमजोर भयो भन्ने सर्बत्र हल्ला छ बास्तविकता त्यस्तै हो ?

विगत केही महिना देखि कोरोना महामारीको कारण नन् कोभिड अस्पताल तर्फको आयमा कमी हुन आएकोले आर्थिक अवस्था कमजोर भएको स्थिति हो । नया¤ कोभिड अस्पतालको संचालन खर्च प्रतिष्ठानले नै व्यहोर्नु पर्ने र विरामीहरुलाई समेत निशुल्क उपचार गर्नु पर्दा झन् कमजोर हुन पुगेको स्थिति छ । नियमित शल्यक्रिया कक्ष समेत बन्द गर्न सरकारले निर्देशन दिएको छ । लकडाउनको अवधिमा करिब ३ महिना अस्पतालको ओ.पी.डी. पूर्ण बन्द गरिएको आदि कारणले कमजोरको अवस्था हुन गएको हो । कोरोनाको कारण विरामीहरु समेत निश्चित कोटामा मात्र हेर्ने गरी व्यवस्था मिलाइएको छ । कोरोना संक्रमण सहजीकरण तर्फ उन्मुख हुना साथ क्रमश आर्थिक स्थिति सुदृढ हुदै जाने र प्रतिष्ठानले समेत सिटि स्क्यान ,एमआरआई जस्ता उपकरणहरु थप गरी आय बृद्धी गर्ने तर्फ कदम चालिरहेको छ । महामारीको कारण तत्काल देखा परेको आर्थिक संकटलाई सम्बोधन गर्न सरकारलाई समेत अनुरोध गरेका छौ । यो कमजोर अवस्था व्यवस्थापनले गरेको गलत निर्णयले भएको नभई महामारीको रुपमा अचानक आएको समस्या भएको हुदा लामो समय सम्म नरहने समेत जानकारी गराउछु । हामीले हामीसँग भएको साधनस्रोतले भ्याए सम्म उपचार काम गरिरहेकै छौ ।

पछिल्लो समय नागरिक स्तरमै दबाद दिनु पर्ने अबस्था आयो । यस्तो ब्यबस्थापकिय कमजोरी किन आयो ?

सामान्यतया नन् कोभिड अस्पतालको सेवा संचालन र सेवा प्रवाहमा अहिले समस्या छैन ।समस्या नभएको । कोभिड भाइरस वारे नेपालमा संक्रमण आउनु भन्दा अगाडी अन्य देशमा फैलिदा र त्यहाको भयावह अवस्थाले गर्दा यहा त्रास र डरको वातावरण मनस्थितिमा बसीरहेको सन्दर्भमा कोभिड विरामीको लागि अस्पताल संचालन गर्दा त्यसको व्यवस्थापनमा केही कमजोरी गल्ती भएको हो ।
यहा का स्थानीय जनताको लागि प्रतिष्ठान एउटा गौरव र शानको रुपमा रहेको अवस्थामा प्रतिष्ठानमा भएका गल्ती र कमजोरी बाहिर आउदा वहां हरुको भावनामा चोट पुग्नु स्वभाविक हो । वहांहरुले प्रतिष्ठनलाई आफनो सम्झेर माया गरेकै कारणले आफूले माया गरेको, गौरवको रुपमा राखेको प्रतिष्ठानको शान र ओज नबिगरियोस भनेर प्रयास गर्नु एकदम सकारात्क कदम होे । यस कदमलाई हामीले रचनात्मक कदमको रुपमा लिएका छौ । र वहाहरुले दिएको राम्रा सुझावहरुलाई हामी क्रमश कार्यान्वयनको चरणमा लैजादै छौ । वहाहरुको गौरव र शानको रुपमा रहेको प्रतिष्ठानमा हाम्रो समेत मेहनत र परिश्रमले यसलाई अन्तराष्ट्रिय रुपमा चिनाउने काम समेत भएको । प्रतिष्ठान आम नागरिकको विश्वासको केन्द्रपनि भएकाले हामी यसमा पहिले देखि भएका बेथितीहरुलाई हटाउदै पदती बसाउने प्रयासमा छौ ।

प्रतिष्ठानमा ब्यबस्थापकीय कमजोरी छ भन्ने कुरा त यहाँ टिकट र विल काट्न बसेको लाईनले नै प्रस्ट देखाउछ नी ?

एउटा कुरा के सत्य हो भने पहिले देखिनै रहदै आएका कतिपय परिपाठीलाई क्रमस हटाउदै जान समय लागेको हो । अब हामी विरामीहरु लाईन बस्न नपरोस भनेर अनलाईन सर्भिस सुरुवात गर्दै छौ । अहिले हामी प्रभाबकारीता हेरिरहेका छौ । अहिले हामीले अनलाईन ओपिडी टिकट काट्ने सेवा सुरुवात गरेका छौ । अहिले २५ प्रतिसत ओपिडी कार्ड अनलाईनबाट काट्ने ब्यबस्था मिलाएका छौ । यसलाई थप परिमार्जित गरेर हामी पुर्ण रुपमा लागु गर्ने सोचमा छौ । विस्तारै पेपरलेस पदतीपनि सुरु गर्ने योजनामा हामी लागेका छौ । त्यसैले यो सुधार भनेको क्रमस हुदै जाने भएकाले यसलाई हामीले सुधार हुदै गएको अबस्थाको रुपमा बुझ्नु पर्छ । अहिले हामी ल्याब सेवालाईपनि फास्ट ट्रयाक बाट गर्ने तयारी गरिरहेका छौ । प्रतिष्ठान क्रमश सुधार हुदै जाने अबस्थामा छ ।

प्रतिष्ठानमा हरेक सेवा लिन लाईन नै बस्नु पर्ने अबस्था कहिले अन्त्य हुन्छ ? कार्यस्थलको सामान्य सुधार मात्रैलेपनि विरामीलाई सहज बनाउन सक्ने अबस्था देखिन्छ यस तर्फ किन ध्यान नपुगेको ?

हामी क्रमश अनलाईन सेवा तर्फ गईरहेका छौ । चाडै नै विरामीको ओपिडी कार्ड पनि अनलाईनबाट काट्ने पुर्ण सेवा सुरु गर्ने र विरामीको ल्याब जाँचका रिपोर्टहरु सिधै डाक्टरको सम्म पुग्ने गरिको सफ्ट्वेर विकास गर्दे छौ । त्यसपछि यो अबस्था ठिक हुन्छ । तत्कालका लागि स्पेशल ओपिडी ,ओपिडी र सामुदायिक बीमाको दर्ताको कार्य गर्ने गरी कार्यालय बनाउन सम्पुर्ण तयारी सकेर स्वीकृतीको लागि उपकुलपतिको फायल पुगेको छ । हामी यो अबस्था सुधार गर्न तत्पर छौ । प्राविधिक कारणले ढिला भएको मात्र हो ।

आइसीयु र भेन्टिलेटर त यो अस्पतालमा पाइन्छ भन्ने ख्याल नै विरामीले विर्सि सकेका छन्,अब अक्सीजन पनि पुर्ण रुपमा पाउन नसकिने अबस्था भएको हो ?

कोभिड अस्पतालका लागि बनाइएको अस्पतालमा सरकारले दिएको रकमबाट आइसीयु र अक्सीजन जडानको कार्य भईरहेको छ । हामीले के बुझ्न जरुरी छ भने सरकारी काम भनेको निजी कम्पनीले गर्ने जस्तो हुदैन । हामीले हरेक काम गर्दा सार्वजनिक खरिद नियामावली अनिबार्य पालना गर्नुपर्ने हुन्छ । त्यसैले प्रशासनिक कार्यकै हामीलाई केही समय लाग्छ । त्यसपछि भौतिक कार्य गर्नलाई समय लागि नै हाल्छ । त्यसैले भन्न साथ काम नभएको हो । अब केहि दिनमै कोभिड अस्पतालको आइसीयु र अक्सीजनको काम पुर्णरुपमा सम्पन्न भएर सेवा प्रदान गर्न सकिन्छ । अक्सिजन प्लान्टहरु चलिरहेकै छन् । मेसिनरी चिजहरुमा आउने समस्याले हामीलाई मर्मतमा समय लाग्ने हो । यस्ता उपकरणको पार्टहरु विदेश बाट ल्याउनु पर्ने भएकाले केही समय लाग्छ । तर अब पुर्ण रुपमा केही दिनमै सञ्चालनमा आउछ ।

रेडियोलोजी विभागमा भिडभाड भएको र सेवा लिन महिनौ कुर्नु पर्ने अबस्था त बर्षौ देखि देखिएको हो अब कति बर्ष त्यो समस्या रहने हो ?

हामी सँग भएका रेडियोलोजीका कतिपय मेशिनहरु पुराना छन् । नयाँ खरिद गरेर ल्याएका हरु चलेका छन् । ति पुराना मेसिनहरु मर्मत गर्न नै समय लाग्ने भएको हुदा यस्तो समस्या आएको हो । बर्षौ देखिको समस्या हो हामी यसलाई अब केही महिना भित्रमै पुर्ण रुपमा समाधान गर्ने छौ । हामी यो कुरामा पुर्ण सचेत छौ । अहिले पहिलो चरणमा गर्भवती महिलाहरुको भिडियो एक्सरे डाक्टरबाट सिफारीस भएकै दिन गर्ने र रिपोर्टपनि त्यही दिन दिने ब्यबस्था सुरु हुनै आटेको छ । त्यस लगत्तै हामी अरु सेवालाई पनि त्यही गतिमा लैजान्छौ ।
सुरुवाती अबस्था जस्तो विग्रेको अबस्था अहिले कोभिड अस्पतालमा छैन । पहिले धेरै कमजोरी थिए अहिले त्यो पाउनु हुन्न । अहिले हामीले केही आकस्मिक अप्रेसनहरुपनी कोभिड अस्पतालबाट गरेका छौ ।रेडियोलोजीको सेवा त्यही सुरु गरेका छौ । नयाँ कार्य भएको हुनाले केही समस्या छन् तर विग्रैकै अबस्था चै छैन ।अब डाइलासिस सेवापनि कोभिड अस्पतालबाट सुरु गर्ने तयारीमा छौ । त्यसैले कोभिड अस्पताल पहिलेको भन्दा धेरै सुधार भई सकेको छ ।

कोभिडका विरामीहरुले झुक्कीएर पनि विपी नजानु भन्ने सुझाब दिन थालेका छन यस्तो लाजमर्दो अबस्था किन आयो ?

त्यस्तो अबस्था विपीमा छदै छैन । मैले अघिपनि भने सुरुवाती अबस्थामा केही समस्या भएकै हो तर अहिले त्यस्तो छैन ।पुर्वका नाम चलेका निजी अस्पतालबाट रेफर भएर आएका विरामीहरु निको भएर घर गएका छन् । काठमाण्डौबाट मुटु रोगको उपचार गर्न विरामीहरु आएका छन् । यो हामीप्रति भएको विश्वास हो । तर प्रश्नमा भनिए जस्तो अबस्था पक्कै छैन । एकाध ब्यक्तिहरुले कुनै आक्रोशमा भनेको कुरालाई हामीले इश्युको रुपमा लिनु हुदैन ।
समस्या नै नभएका हैनन तर धेरै कमजोर अबस्था चै छैन ।

अहिले तत्कालै नागरिकले राहत वा लाभ लिने कुनै कार्य हुदै छन् ?

हामी सक्रियताको साथ अस्पतालको थप सुधारका कार्य गर्दै छौ । फार्मेसी भवन निर्माण सम्पन्न हुने स्थितिमा छ । लामो समय देखि बन्द ओपिडी सेवालाई सुरु गरेका छौ । अब अहिले निर्धारण गरिएको कोटा सिस्टमलाई हटाउछौ ।नयाँ सिट स्क्यान मेसिन खरिद गर्ने कार्यको निर्णय अब केही दिनमा हुन्छ । हामीले गरेका निर्णय र सुरु गरेका कार्यहरु कोरोनाका कारण केही ढिलाई भएको हो । अब केही सहज भएपनि कामको नतिजाहरु देखिन थाल्ने छन् । डाइलासीस को समस्यापनि अब समाधन हुने क्रममा छ । अब आम नागरिकले अस्पतालमा केही परिबर्तन अवश्य देख्नु हुने छ ।

विपीको खरिद प्रकृया बारम्बार विबादमा आउने गरेको छ । हरेक कुरामा सेटिङ चलेको सुनिन्छ,यो नियन्त्रण गर्ने जिम्मेवारी कस्को हो ?

अहिलेको खरिद प्रकृयालाई हेर्दा कसैलेपनि गडबडी गर्न सक्ने अबस्था रहदैन । नेपाल सरकारले निर्धारण गरेको अनलाईन पदतीमा गएर टेण्डर आह्वान हुन्छ त्यसैले त्यहाँ कसैले तलमाथि गर्ने सोच्नपनि सक्दैन । त्यसैले यो कुरामा सत्यता छैन ।खरिद प्रकृयाको क्रममा टेण्डर नपर्ने पक्षले गर्ने नकारात्मक प्रचारलाई सञ्चारमाध्यमले इश्यु बनाईदिदा यस्तो हल्ला भएको हो । यदी कुनै कारणले गडबढी भएको देखियो मात्रैपनि भने तत्काल कारबाही हुन्छ ।अख्तियारले लैजान्छ । त्यसैले यस्ता कुरामा पुष्टिहुने आधारहरु कमै हुन्छन् । यस्ता सानातिना दुलाहरुलाई टाल्ने जिम्मेवारी हाम्रो नै । हामी त्यस कुरामा पुर्ण प्रतिबद्ध भएर लागेका छौ ।

इर्मजेन्सीको विस्तार कहिले हुन्छ ?

इर्मजेन्सीको विस्तार गर्ने कार्य लगभग सकिएको छ ।अब पुर्णरुपमा सञ्चालनमा आउन बाकी छ । केही दिनबाटै सुरुवात हुन्छ । इर्मजेन्सी सँगै हामीले अन्य सेवारुलाई थप गर्दै छौ । जस्तै कोभिडको उपचारलाई थप प्रभाबकारी बनाउन हामीले ७५ जना नर्सपनि भर्ना गरि सकेका छौ । ल्याबलाई विस्तार गर्दै छौ । ओपिडीलाई सहजता बनाएर पुर्ण रुपमा सुरुवात गर्दै छौ । प्रतिष्ठानको क्षमता भन्दा धेरै विरामी भएर यो समस्या भएको हो । आम मानिसको विश्वास प्रतिष्ठानसँग नै भएका कारण भिड लाग्नु स्वभाविक पनि हो । हामी यसलाई क्रमशः सुधार गर्दै जाने छौ ।

तपाईहरु पदाधिकारीको द्धन्दकै कारण प्रतिष्ठानमा अनेकन समस्या आउने गरेको भनिन्छ नी ? प्रतिष्ठान बनाउने साझा उदेश्य हुदा त नमिल्नु पर्ने कारण देखिदैन की अरु नै कारण छ ?

हामी पदाधिकारी नमिलेको भन्ने कुरा नै गलत छ । हामी चारै जनाको आ आफ्नै कार्यहरु छन् । हामीले समन्वय गरेर नै कामहरु गरिरहेका छौ । म डाइरेक्टर भए देखि अहिले सम्म तिनजान उपकुलपती भई सक्नु भयो दुई जना रजिष्टार । पदाधिकारीको अस्थीर अबस्थबाट प्रतिष्ठान अब मुक्त भएको छ । अहिले उपकुलपती र रजिष्टारपनि आइ सक्नु भएको अबस्था भएकाले अब काम गर्न केही समस्या नहोला ।

उपकुलपतीको कारणले तपाईहरुमा निकै द्धन्द बढेको हल्ला छ बजारमा । यो सत्य होइन ?

उपकुलपती ज्यु जतिबेला नियुक्त हुनुभयो त्यसबेला देश नै ठप्प थियो । उहाँले प्रतिष्ठानका हितमा ल्याउनु भएका कामहरु गर्नलाई त्यो खाले वातावरण नै तयार भएको थिएन । अहिले केही सहजता भएको छ । धेरै कामहरुको मुद्धा अदालतमा थाति रहेको अबस्था छ ।कानुनी प्रकृयालाई समेत पुरा गरेर प्रतिष्ठानको समग्र विकासका लागि काम गर्न उपकुलपती लागि पर्नु भएको छ,हामी त्यसमा साथ छौ । बाहिर कस्ले किन अनावश्यक हल्ला गर्छ त्यो हामीले बुझ्न सक्दैनौ । त्यसैले प्रतिष्ठान भित्र हुदै नभएको कुरालाई जर्बजस्ती हल्ला गरेर प्रतिष्ठानलाई अस्थिरता तर्फ लैजाने हरुले यस्ता हल्ला गरेका हुन। यसमा कुनै सत्यता छैन ।

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved