इटहरी पालिकाद्वारा स्रष्टाको अपमान

  • बैशाख ८, २०७८
  • डा.बद्रीविशाल पोखरेल
alt

भनूँ भने आफ्नो मान्छे नभनूँ भने ... मान्छे भनेझैँ अवस्था अहिले पनि देश, प्रदेश र स्थानीय सरकारमा विद्यमान रहेको छ । अझ राजनीतिक क्षेत्रमा व्याप्त देखिन्छ । राजनीति, कला, साहित्य र संस्कृति लगायत हर क्षेत्रमा देखा परेका कमीकमजोरी उल्लेख गर्न धक मानिएन भने समस्याको समाधानमा सम्भव हुन्छ । किनकि सही बोलीले अवश्य पोल्छ र पोल्नुपर्छ ।
आफूलाई लागेको क्षयरोगका बारेमा बेलैमा आफैँ सचेत भइएन अवश्य बाँचिदैन । त्यसैले आत्मघाती काम गर्नुहुन्न र गर्न पनि दिनु ह्ुन्न । आफू खुसी आफैँले आफूलाई आगो लगाएर मार्नुहुन्न र यस्तो दृश्य देखीदेखी कोही पनि मौन बस्न हुँदैन । तर नेपालको राजनीति लगायत हरेक क्षेत्रमा सानातिना आत्मघाती खेलहरु खेलेको देखिन्छ । कम्युनिष्ट र कांग्रेसको माला जप्ने तर त्यसैको जरा खोतल्ने कामहरु भएको देखिन्छ । र यो कुरा नेपालको कम्युनिष्ट पार्टीका नाममा टड्कारो रुपमा देखा परेको छ ।

झिनामसिना अनेक बहानामा आफ्नै करीव दुई तिहाइको सरकार र प्रधानमन्त्री विरुद्ध अराजनैतिक अनैतिक कृत्य गर्नु, त्यसमा पनि विगत सरकारहरुका तुलनामा देशको अखण्डता, स्वाधीनता लगायत विकास निर्माणका महत्वपूर्ण काम गर्ने आफ्नै सरकार विरुद्ध लाग्नुको परिणाम त कन्फर्टेबल सरकार बनाउनु रहेको रहस्य पर्दाफास भयो नि । तैपनि विभिन्न खालको आग्रहका कारण कतिपय मानिस तिनैको पछिपछि आँखा चिम्लेर लागेको देख्दा अचम्म लाग्छ ।

नरपशु वा मानिसको भने ढिलो भए पनि बुद्धि पलाउँछ । पशुको कहिले पनि बुद्धि आउँदैन । पुष्पलालको संयुक्त जनआन्दोलनको नीति कतिले उहिल्यै बुझेका थिए, कतिले तीस वर्षपछि बुझे अरु कतिले अहिले बुझ्दै होलान् कति त जडसूत्र, आग्रह र आडम्बरका कारण सत्य कुरा कहिल्यै पनि बुझ्दैनन् । किनकी सबै रत्नाकर डाका बाल्मीकी बन्दैनन्, सबै अङ्गुलीमाल साधु हुँदैनन् ।
चार पाँच सुते फलामे रडलाई बङ्ग्याउन सकिन्छ तर ६ र ७ सुते फलामे रड बङ्ग्याउन सकिन्न । त्यसैले त्यस्तालाई आरनमा हालेर गालेर अनि हम्मरले हानेर धुलो बनाउनु पर्छ । त्यसैले नेकपा एमाले पार्टीले त्यस्ता अनुशासनहीन नेतालाई छ महिना सम्मको कार्वाही गर्नु परेको हो । तर पनि कार्वाहीमा परेका नेताको गम्भीर प्रकृतिको रोग बेलैमा पहिचान गर्न नसकेर तिनको पछि आँखा चिम्लेर लागेको कुरुप दृश्य देख्नुृ परिरहेको छ । भएको बुद्धि र विवेक समेत खोपामा राखेर पछिपछि लाग्नु दुर्भाग्य हो । अर्थात् आफ्नू वा अर्को जस्को पनि कमजोरी राम्ररी नियाल्ने र त्यसलाई छिमल्ने वा आलोचना गर्ने काम बेलैमा गरियो भने रोग संक्रामक हुँदैन, रोगी बाँच्छ र रोग मर्छ । त्यसैले इटहरी उपमहानगरपालिका लगायत स्थानीय सरकार र जनप्रतिनिधिका कमजोरी बेलैमा उल्लेख गरेर सच्याउने क्रममा यो लेख तयार भएको हो ।

यस नगर पालिकाले विगत समय देखि नै संविधानतः भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रलाई अपहेलना गरेको देखिन्छ । आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधि भनेर तिनका स्रष्टा र सिर्जना प्रति गरेका अपमानजनक गतिविधि प्रति मौन रहन मिल्दैन, मुख सिएर बस्न सकिन्न । स्रष्टाहरु सिर्जनाका माध्यमबाट प्रगतिशील तथा लोकतान्त्रिक संस्कृतिका संवाहक हुन् । ०६२÷०६३ पछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात् स्रष्टाको महत्व अरु बढेको छ । किनकी समाजलाई गुणात्मक परिवर्तन गर्न प्रभावशाली भूमिका साहित्य, कला र संगीत क्षेत्रले मात्र गर्न सक्छ । तनको मैलो त साबुनले पखाल्नसक्छ तर व्यक्ति र समाजको मनको मैलो धुन साहित्य, कला र संगीतको अनवरत श्रवण, वाचन र मनन गर्नुपर्छ ।

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने महाकवि देवकोटाको कवितांश बारबार र हजारबार श्रवण, पठन–पाठन र मनन गर्नाले पछौटे चिन्तन घटेको हो र यस्तो साहित्यले मात्र समाजको सबै कल्मष हटाउन सक्छ । तर यति महत्वपूर्ण विषय पनि नबुझ्ने कतिपय स्थानीय तहका पदाधिकारी देख्दा अचम्म लाग्छ ।

धरान, इनरुवा, बेलबारी, सुन्दरहरैँचा जस्ता नगरपालिकाका मन्जू भण्डारी, जानुका पोखरेल, धना तामाङ र तारा पराजुली लगायत उपमेयरहरु स्थानीयस्रष्टा र सिर्जनाका उत्थानमा अत्यन्त सकारात्मक बनेको देखिन्छन् । तर इटहरी उपमहानगरपालिका स्थानीय स्रष्टा र सिर्जना प्रति उदासीन, उपेक्षा र अपमान गर्ने स्थानीय सरकार बनेको देखिन्छ । ऐनमौकाको रिस र आक्रोष पनि सौन्दर्य हो । जसले आफू र आफ्नो वर्ग र समुदायलाई चरम हेलाहोचो गर्छ र गरिरहन्छ त्यस बेला पनि चुपचाप रहनु र त्यसलाई सहनु् पनि अपराध हो । जसले अपराध ग¥यो उ त अपराधी नै हो तर त्यसलाई देखेर पनि मौन बस्नु र सहन गर्नु अर्को अपराध हो ।

धरान, इनरुवा, कोशी, हरैँचा, सुन्दर दुलारी लगायत स्थानीय सरकारले संविधानतः कला, साहित्य र संस्कृति विषयमा संस्थागत विकासलाई महत्वपूर्ण स्थान दिएका छन् । तिनमध्ये केही स्थानीय सरकारले वार्षिक पचास लाखसम्म रकम विनियोजन गरेर यस क्षेत्रको उत्थान र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर इटहरीका स्रष्टाहरुले इटहरी उपमहानगरपालिकालाई बारबार सुझाव, सल्लाह र दवाव दिँदा पनि पालिकाले भने आजका दिन सम्म यस क्षेत्रलाई पूरै उपेक्षा गरेको यहाँका स्रष्टाको ठहर छ । यो स्रष्टा र सिर्जनाप्रति गरिएको हेपी व्यवहार हो । त्यसमा पनि इटहरी भाषा, कला, साहित्य, संगीत जस्ता क्षेत्रमा प्रदेश, देश र विदेशमा समेत सिर्जनात्मक, बौद्धिक तथा प्राज्ञिक उच्च सिर्जना र सर्जकका रुपमा सुपरिचित छ । नजिकको तीर्थ हेला भनेझैँ अवस्था यहाँका स्रष्टाहरुले व्यहोर्नु परेको छ । भएका गरगहना पनि लाउन नजान्नु जस्तो दुर्भाग्य केही होइन । यस विषयमा विगतमा स्रष्टाहरुले नगरपालिकालाई हस्ताक्षर सहितको विरोधपत्र दुई वर्ष अघि नै दिएका थिए ।

इटहरीवासी स्रष्टा भएका नाताले स्रष्टाहरुले आफ्नै आबरु जोगाउन नगरपालिकाले यस क्षेत्रलाई चन्दा दिन भनी विनियोजित गरेको न्यूनतम रकम लिएर २०७६ र ०७७ सालमा हंशबाहिनी फिल्म प्रोडक्सन प्रालि, र इटहरी साहित्यिक समूहको अगुवाइमा इटहरी स्थित सबै कला साहित्यिक संस्थाहरुको सहभागितामा स्रष्टा समन्वय समितिका नामबाट सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरेका थिए । यही सिलसिलामा शुभकामना र व्यावसायीक विज्ञापन लिएर नव निरुपण नामको समसामयीक साहित्यिक तथा बौद्धिक पत्रिका पनि प्रकाशन गर्ने जस्ता विशिष्ट महत्वका काम गरेको थियो ।

नगरपालिकाले छुट्याएको उक्त न्यूनतम रकम लिन स्रष्टाहरुले के कति भुक्तमान व्यहोर्नु परेको थियो त्यो अहिले सम्झँदा पनि चित्त दुख्छ, भन्छन् त्यस बेला सक्रिय स्रष्टाहरु । सँगैमा सबै नगरपालिकाले नगरको गीत समेत स्रष्टामार्फत् तयार गर्न लगाई महत्वपूर्ण काम गरिसके तर इटहरीमा हाल सम्म शून्य हात लागेको छ । इटहरीका स्रष्टाहरुले २०२३ सालदेखिनै आफ्नै इज्जत र आवरु राख्न भोकभोकै सिर्जनात्मक कामहरु गरेका छन् । इटहरी साहित्यिक समूह यहाँको सबैभन्दा पुरानो साहित्यिक संस्था हो । यो साझा संस्था पनि हो, यसले इटहरीका सबै स्रष्टा, संगठन र सिर्जनात्मक क्रियाकलापलाई सकेसम्म संयोजन गर्नुपर्छ तर स्रष्टाहरुमा पनि स–साना संकीर्ण गुटगत स्वार्थ हाबी रहेको देखिन्छ । यस क्षेत्रमा समाजवादी प्रतिस्पर्धा वा सिङ्गै समाज र समुदायको उत्थानमा लाग्नु पर्ने अथवा प्रतिभाको फूलबारी बनाउन उद्यत हुने खालको उदारताको अभाव पनि पाइन्छ । तर गर्नेलाई एकरत्ति प्रोत्साहित नगर्ने तर आफू चाहिँ केही नै नगर्ने प्रवृत्ति अझै हाबी देखिन्छ । जसले गरे पनि राम्रो भन्न नसक्ने प्रवृत्ति हावी हुँदा देश पछि परेको भने आफ्ना पार्टी, नाक, नश्ल, समुदाय र थरका नेता र जेताले गरेका नराम्रा काम उल्लेख नै नगर्ने खोटो चिन्तन देखिन्छ ।

इटहरीका स्रष्टाहरुले विगतमा निर्वाह गरेका दवावमूलक कामका कारण नै हुनुपर्छ इटहरीले ०७७ साल असार २० गतेको बजेटमा भाषा, साहित्य सिर्जना परिषद् गठन गरेर रचनात्मक गतिविधि गर्ने भनेको १० महिना हुन आँट्यो । आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि त्यसलाई कार्यान्वयन गर्न पालिकाले पटक्क चासो राखिएको देखिएन । अन्याय गर्ने भन्दा अन्याय सहने दोषी हो भने झैँ स्रष्टाहरुले कति सहने हुन् हेर्न बाँकी छ । सहनुको सीमा नाघेपछि के हुन्छ त्यो आज नभए भोलि त थाहा ह्ने नै छ । कुुनै पनि समाज र नगरको आत्मा कला, साहित्य र संस्कृति हो । आत्मा बिनाको नगर कंक्रिटको जंगल मात्र हुन्छ । यस कुरालाई बेलैमा मनन गरौँ ।

नेपालका नेपाली लगायत सबै भाषा, साहित्य, संस्कृति र सर्जकका बीच मैत्री सम्बन्ध कायम गरेर मात्र यस क्षेत्रमा हुने बाह्य अतिक्रमण रोक्न र छेक्न सकिन्छ । तर मौकामा काम नगर्ने अनि अमुक भाषी, समूह र समुदाय प्रति आक्षेप र आरोप मात्र लगाएर हुँदैन ।त्यसैले इटहरीमा स्रष्टाहरुको विकर्षण बढाउने हो यस्तै गर्नु तर स्रष्टाहरुलाई आकर्षित गर्ने हो संविधानतः काम गरौँ, यसमा इटहरी उपमहानगरपालिकाले अब पनि ध्यान नदिने हो भने यो जस्तो लाज र सरम लाग्दो कुरा केही हुनेछैन । यहाँ त देख्नेलाई पो लाज लाग्ने अवस्था भयो । तर वर्षमा एक दिन केही स्रष्टाहरुलाई सानोतिनो पुरस्कार मात्र दिएर पन्छिन खोज्ने प्रवृत्ति पालिकाले राखेको हो भने त्यसरी झारा टार्ने काम गरेर अब हुँदैन ।

Badrai-Bisal-Pokharel-266x300 (2)

 

 

 

 

 

 

 

 

 

लेखक डा.बद्रीविशाल पोखरेल

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved