दोस्रो म्याद पनि सकियो, बिर्तामोड–चन्द्रगढी चार लेन सडक अलपत्र

  • वैशाख २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्मको १२ किलोमिटर चार लेन सडकको स्तरोन्नतिको काम दोस्रो पटकको म्याद सकिँदासमेत सम्पन्न हुन सकेको छैन।

एक अर्ब रुपैयाँमा सम्झौता भई निर्माण सुरु भएको सो सडकको ठेक्का काठमाडौँस्थित कन्टेक निर्माण प्रालिले लिएको हो। २०७७ माघ ६ मा भएको ठेक्का सम्झौताअनुसार २०८० साउन मसान्तसम्म काम सक्नुपर्ने थियो। तर, समयमा काम नसकिएपछि म्याद थपेर २०८१ पुस २९ सम्म पुर्‍याइएको थियो।

सडक डिभिजन कार्यालय दमकका साइट इन्जिनियर उज्ज्वल खतिवडाका अनुसार हालसम्म बिर्तामोडदेखि धौलापुलसम्मको चार किलोमिटर सडक मात्रै स्तरोन्नति भएको छ। धौलापुलदेखि चन्द्रगढीको भैरवचोकसम्मको आठ किलोमिटरमध्ये मात्र साढे चार किलोमिटरमा कालोपत्रे गरिएको छ भने बाँकी साढे तीन किलोमिटरमा काम हुन सकेको छैन।

धौलापुल–भैरवचोक सडक खण्डको लागत ५८ करोड रुपैयाँ रहेको छ। साइट इन्जिनियर खतिवडाले स्थानीयवासीको मुआब्जा दाबीका कारण काम रोकिएको जानकारी दिए। लेखनाथ चोकका २१ जना स्थानीयले आफ्नो जग्गा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सोही आधारमा हाल काम रोक्ने आदेश जारी भएको छ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार दोस्रो म्यादको सुरुवातमा कामले गति लिएको भए पनि मुआब्जा विवादले निर्माण अवरुद्ध भएको हो। उनले भने, “हाल तेस्रो म्याद थपिएको छैन। विवादरहित क्षेत्रमा भने ड्रेन, कल्भर्टलगायत संरचना निर्माण भइसकेको छ।”

पहिलो चरणमा बिर्तामोड–धौलापुल सडक खण्ड निर्माण सम्पन्न भई बिर्तामोड नगरपालिकाले सडकबीचको भागमा बगैँचा निर्माण गरेर हरियाली विकास गरेको छ। दोस्रो चरणअन्तर्गत धौलापुल–देउनियाँ पुल सडक खण्ड कालोपत्रे भइसकेको भए पनि फुटपाथ र सौन्दर्यीकरणको काम अझै बाँकी रहेको इन्जिनियर खतिवडाले बताए।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved