लिम्बुनी गाउँमा जनजातीय समाज

  • फाल्गुन ७, २०७७
  • राजेश विद्रोही
alt

प्रारम्भ
युवाकवि राज माङ्लाकद्वारालिखित ‘लिम्बुनी गाउँ’ (२०७४) कविता सङ्ग्रहमा सङ्कलित कविताहरूबारे यहाँ सामान्य चर्चा गर्न खोजिएको छ । लेखक–साहित्यकारहरू पनि यही समाजकै अभिन्न अङ्ग हुने भएकाले समाजसँग तिनका रचनाको गहिरो सम्बन्ध हुनु स्वाभाविक छ । यहाँ ‘लिम्बुनी गाउँ’ का कविताहरू र समाजको सम्बन्धलाई केलाउने प्रयत्न गरिएको छ । जनजातीय, अझ लिम्बू समुदायमा प्रचलित मिथक, प्रतीक, बिम्ब र लिम्बू भाषाका शब्दहरूको प्रयोग गरेर लेखिएका कविताहरू सङ्कलित यस कविता सङ्ग्रहले नेपाली समाज, राजनीति, संस्कृति र आर्थिक प्रणालीलाई जनजातीय दृष्टिबाट हेर्ने प्रयास गरेको छ । निम्नवर्गाीय नेपाली नागरिकहरूको साझा पीडा, नारी उत्पीडन तथा राज्यबाट उपेक्षित–उत्पीडित समुदायका कष्टकर जीवनलाई विषयवस्तु बनाइएका यस सङ्कलनका अधिकांश कविताहरू निम्नवर्गीय नेपाली नागरिकहरूको जीवनका अप्ठ्यारा, लिम्बू समुदायको सांस्कृतिक र सामाजिक जीवन तथा राज्यबाट जनजाति समुदायमाथि गरिएका दमन र अत्याचारको चित्रणमा केन्द्रित छन् । यस सङ्ग्रहमा सङ्कलित कविताहरूले जनजातीय पहिचान, स्वत्व र निजत्वमाथि राज्यद्वारा गरिएको आक्रमण र हस्तक्षेपको विरोध गर्दै जनजातीय संस्कृतिलाई केन्द्रमा राखेर सामाजिक समानताको वकालत गरेका छन् ।
विषयप्रवेश
कवि माङ्लाक उपेक्षित–उत्पीडित र सीमान्तकृत समुदायका मुद्दाहरूलाई आप्mना कविताका विषयवस्तु बनाउने प्रतिरोधी चेतनाका कवि हुन् । ‘लिम्बुनी गाउँ’ मा सङ्कलित कविताहरूले पनि जनजातीय मुद्दा र आवाजलाई मुखरित गरेका छन् । उनको यो सङ्ग्रह त्यस वर्षको मदन पुरस्कारका लागि सूचीकृत कृतिहरूमा छानिएको थियो । यसबाट पनि यो कृतिको महत्तव र गरिमा स्पष्ट हुन्छ । उनका रचनाहरूमा उपेक्षित–उत्पीडित र सीमान्तकृत समुदायका साझा स्वप्नहरू बलशाली भएर आएका हुन्छन् । टुप्पोबाट लेखिएको हुँदा आजसम्मको इतिहासले फेदका मानिसहरूलाई नदेखेको धारणा राख्ने कवि माङ्लाक अब फेदबाट इतिहास लेख्नुपर्ने मान्यता राख्छन् र उनले आप्mना कविताहरूमाफर्त इतिहासको यही कमजोरीमाथि चोर औँला ठड्याएका छन् । इतिहासमा भएका भूल र कमजोरीहरूलाई सच्याएरमात्र अब नयाँ देश र समाजको निर्माण हुने उनको बलियो विश्वास छ । यही विश्वासलाई उनले आफ्ना कविताहरूमा अभिव्यक्त गरेका छन् ।
पाँचथरको फिदिमबाट वि.सं. २०६० मा प्रारम्भ भएको ‘उत्तरवर्ती सोंच’ का अभियन्ताहरूमध्ये कवि माङ्लाक एक हुन् । माङ्लाकसँगै यस अभियानमा युवाकविहरू भवानी तावा र सगुन सुसारा पनि थिए । बहुलवादी र विविधतायुक्त चरित्रमा विश्वास गर्ने ‘उत्तरवर्ती सोंच’ ले साहित्यमा नेपाली समाजको इन्द्रेणी सौन्दर्यलाई प्रस्तुत गर्नुपर्ने आग्रह गरेको छ । सबै प्रकारका केन्द्रलाई भत्काउँदै उपेक्षित–उत्पीडित जाति, जनजाति आदिवासी तथा सीमान्तीकृत–किनारीकृत समुदाय एवम् महिला, दलित र लोपोन्मुख र अल्पसङ्ख्यक समुदायलाई मूलधारमा स्थापित गर्नुपर्ने आग्रहसहित नेपाली कवितामा नवीन सौन्दर्यको खोजी गर्ने कवि माङ्लाक आप्mना कवितामा नेपाली समाजको विविधतालाई देखाउन खोज्छन् । परम्परागत साहित्य एकपक्षीय भएको जिकीर गर्दै विविधतायुक्त साहित्यको पक्षमा उभिएका उनले आफ्ना कवितामा नेपाली समाजको भूइँ तहका मान्छेहरूका जिजीविषा, सामूहिक स्वप्न, आकाङ्क्षा, तिनको जीवनका कष्ट, सङ्घर्षपूर्ण भोगाइ, सांस्कृतिक चेतना र आशावादी जीवनदृष्टिलाई प्रस्तुत गरेका छन् ।
माङ्लाक सांस्कृतिक धाराका कवि हुन् । त्यसैले जातीय पहिचान र राज्यबाट उपेक्षित–उत्पीडितका आवाजलाई उनले आप्mना कविताहरूमा अभिव्यक्त गरेका छन् । उनका कतिपय कवितामा इतिहासको पीडा पाइन्छ । जातीय अस्तित्व र स्वत्वको खोजी तथा लिम्बू संस्कृतिको काव्यिक अभिव्यक्ति उनको लेखनको मौलिकता हो । कष्टकर पहाडी गाउँले जीवनको सुन्दर चित्रण गर्दै त्यस्तो प्राकृतिक र स्वाभाविक जीवनप्रति रुचि र सरोकार देखाउनु उनको खास वैशिष्ट्य हो । उनका कविताको मूलमा पूर्वी नेपालको लिम्बू समाज र मुन्धुमी सांस्कृतिक सौन्दर्यको शान्त र गहिरो रूप पाइन्छ । त्यसैले लिम्बू समाज र लिम्बू संस्कृतिको झल्को उनका कवितामा यत्रतत्र फेला पार्न सकिन्छ । उनका कविताका माध्यमबाट लिम्बू समाज र संस्कृतिको गहिराइमा पुग्न पनि सहज हुन्छ ।
कुनै पनि स्रस्टा आप्mनो समाज र समयको प्रभावबाट अछूतो रहन सक्दैन । कवि माङ्लाक पनि आपूm हुर्किएको समाज र परिवेशका साथै आफुले बाँचेको युग र पर्यावरणबाट अवश्यै प्रभावित छन् । यो प्रभाव उनका कवितामा कसरी अभिव्यक्त भएको छ भन्ने पर्गेल्नु यस लेखको उद्देश्य हो । यसै प्रभावस्वरूप यो समयका सामाजिक, राजनीतिक र आर्थिक मुद्दाहरू उनका कवितामा विषय बनेर जोडिएका छन् । २०५० को दशकसँगै बदलिँदो नेपाली सामाजिक–राजनीतिक परिवेश, यसबाट सर्वसाधारण नेपालीमा परेको प्रभाव र त्यसको परिणामस्वरूप सामाजिक जीवनका विभिन्न क्षेत्रमा देखिएका परिवर्तनहरू राज माङ्लाकका रुचि र सरोकारका विषय हुन् । यी विषयहरू उनका कवितामा कसरी उनिएका छन् भन्ने यहाँ प्रस्तुत गरिएको छ ।
२०५० को दशकमा नेपाली समाज र राजनीतिमा आएको उथलपुथल उल्लेख्य घटना हो । तात्कालिक नेकपा (माओवादी) ले सुदूर पश्चिमका केही प्रहरी चौकीमा आक्रमण गरेर २०५२ फागुन १ गते घोषित रूपमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षले नेपाली चेतनामा ठूलो प्रभाव पारेको पाइन्छ । यसै समयमा जातीय पहिचानको मुद्दा पनि सशक्त रूपमा उठेको हो । कवि राज माङ्लाकको कविता सङ्ग्रह लिम्बुनी गाउँका कविताहरूमा पनि यही चेतना मुखर रूपमा प्रकट भएको छ । २०५० कै दशक र त्यसयता जनजातीय समुदायका युवाकविहरूले नेपाली साहित्यमा विभिन्न आन्दोलन र अभियान प्रारम्भ गरे । ती अभियान र आन्दोलनहरूमा पनि यही चेतनाको अङ्कन स्पष्ट रूपमा देखिन्छ । यो चेतनाले नेपाली कवितामा सांस्कृतिक धारालाई भित्र्याएको छ । यस धाराका कविहरूले आप्mना कवितामा जातीय पहिचान, जातीय निजत्व र स्वत्वको गरिमालाई कलात्मक अभिव्यक्ति दिएका छन् । उनीहरूले नेपाली समाजमा व्याप्त जातीय र लैङ्गिक विभेद, राज्यसत्ताबाट भएका थिचोमिचो, दमन र बहिष्करणका कथा अनि राज्यबाट उपेक्षित–उत्पीडित वर्ग र समुदायका आवाजलाई कविताका माध्यमबाट स्वर दिएका छन् । उनका कतिपय कवितामा इतिहासको पीडा पाइन्छ । उनका कविताहरूमा भविष्यको चिन्ता, ग्रामीण पहाडी जीवनको विवशता, पहिचान गुमाउनुको पीडा र अव्यक्त विद्रोह पाइन्छ । जातीय अस्तित्व र स्वत्वको खोजी तथा लिम्बू संस्कृतिको काव्यिक अभिव्यक्ति उनका निजी वैशिष्ट्य हुन् । कष्टकर पहाडी जीवनको सुन्दर चित्रण गर्दै उनले गाउँले जीवनप्रति सहानुभूति व्यक्त गरेका छन् ।
पूर्वी नेपालको लिम्बू समाज र मुन्धुमी सांस्कृतिक सौन्दर्यको चित्रण उनका कविताको मूल वैशिष्ट्य हो । यही आधारभूमिमा टेकेर उनले आप्mना कविताको छुट्टै अनुहार कुँदेका छन् । लिम्बू समाज र लिम्बू संस्कृति उनका कविताका मौलिक सामल हुन् । यिनै सामलले उनका कवितालाई विशेष आभा प्रदान गरेका छन् । त्यसैले लिम्बू समाज र लिम्बू संस्कृतिको सामथ्र्य र शक्ति उनका कविताका पनि सामथ्र्य भएका छन् । उनका कविताबाट लिम्बू समाज र लिम्बू संस्कृतिलाई बुझ्न सहज हुन्छ ।
कुनै पनि स्रस्टा आप्mनो जाति, युग (समय) र पर्यावरणबाट असम्पृक्त रहन नसक्ने एच. ए. टेनको सिद्धान्तबाट उनी पनि अछूतो छैनन् । यो समयमा सतहमा आएका सामाजिक, राजनीतिक र आर्थिक मुद्दाहरू उनका कवितामा अभिव्यञ्जित भएका छन् । २०५० को दशकसँगै बदलिँदो नेपाली सामाजिक–राजनीतिक परिवेश, यसबाट सर्वसाधारण नेपालीमा परेको प्रभाव र त्यसको परिणामस्वरूप सामाजिक जीवनका विभिन्न क्षेत्रमा देखिएका परिवर्तनहरू माङ्लाकका कवितामा कथ्य बनेर आएका छन् । उनी आप्mनो समुदायको जरासँग जोडिएका कवि हुन् । त्यसैले उनका कवितामा उनकै जातीय समुदायका पीडा, आक्रोश र आँशुका नदीको उफानलाई देख्न सकिन्छ ।
कवि माङ्लाक लिम्बू समुदायका व्यक्ति हुन् । उनी लिम्बू समुदायमै जन्मिए र हुर्किए पनि । त्यसैले उनका कवितामा लिम्बू समाज र संस्कृतिको सुवास टड्कारै पाइन्छ । लिम्बू समुदायको आर्थिक–सामाजिक अवस्था र तिनको सांस्कृतिक सौन्दर्य उनका कवितामा कथ्य बनेर आएका छन् । लिम्बू समाज र संस्कृतिलाई बुभ्mन उनका कविताले सहयोग पु¥याउनेमा कुनै द्विविधा लिनु पर्दैन । एउटा नमुना ः
शेर्मा गाउँको रोटेपिङमा
धान नाच्दा नाच्दै
तिम्रो हात चिमोटेर
– (लिम्बुनी माया, पृ.१३)
उद्धृत कवितांशमा लिम्बू समाज र संस्कृतिको सग्लो चित्र प्रस्तुत भएको छ । रोटेपिङ, धाननाच र हात चिमोटेको दृश्यले लिम्बू समाज, संस्कृति र लिम्बू समुदायका युवक–युवतीबीच हुने स्वाभाविक प्रेमिल भावलाई अभिव्यक्त गरेका छन् । वास्तवमा लिम्बू समुदायमा धान नाच्ने क्रममा युवक–युवतीले एक–अर्काको हात समात्नु र निश्छल रूपमा प्रेमिल भाव अभिव्यक्त गर्नुलाई अस्वाभाविक मानिँदैन । यही निश्छल र प्राकृतिक जीवन नै जनजातीय समुदायको वैशिष्ट्य हो । कवि माङ्लाकले प्रस्तुत कवितामा लिम्बू समुदायको यही प्राकृतिक स्वरूपलाई चित्रण गरेका छन् ।
विक्रमाब्दको २०५० को दशक र त्यसपछि विकसित सामाजिक–राजनीतिक परिवर्तनको प्रभाव नेपाली चेतनामा पनि परेको छ । सर्वसाधारण नेपाली नागरिकहरूका अभिव्यक्ति र क्रियालापहरूमा यो प्रभावलाई टड्कारै देख्न सकिन्छ । परिवर्तित सामाजिक चेतनाको यो अभिव्यक्ति कवि माङ्लाकका कतिपय कवितामा पनि प्रष्टसँग आएका छन् । २०५० को दशकमा नेपाली समाजमा आएको राजनीतिक–सामाजिक उथलपुथलले सतहमा ल्याएका जातीय पहिचान, स्वाभिमान र स्वत्वका मुद्दालाई उनले आप्mना कविताका कथ्य बनाएका छन् । एकात्मक राज्यसत्ताविरुद्ध आक्रोश र विद्रोहको भाव, जनजाति तथा उपेक्षित–उत्पीडित समुदायमाथि राज्यद्वारा गरिएका विभेद, दमन र थिचोमिचोको विरोध यही चेतनाका अभिव्यक्ति हुन् । यो चेतनाको काव्यात्मक अभिव्यक्ति उनका कवितामा सशक्त रूपमा आएका छन् । हेरौँ, एउटा कवितांश ः
गाउँ पुगेर ढोका ढक्ढक्याउनुस्
हिजोआज त्यहाँ
चुला छेउछाउमा बसेर लिम्बू दाजुभाइहरू
चुम्लुङ बसिरहेका हुन्छन्

यो देश हाम्रो पनि हो भनेर
– (लिम्बुनी गाउँ, पृ.२०)
लिम्बू समुदायको चेतनामा आएको परिवर्तन यस उद्धृतांशमा प्रष्ट देख्न सकिन्छ । राज्यले आदिवासी जनजाति, दलित, मधेसी, महिला र अल्पसङ्ख्यक समुदायलाई वर्षौंदेखि उपेक्षा गरेको विषय २०५० को दशकमा सतहमा आएको हो । माओवादीको सशस्त्र आन्दोलनले यो विषयलाई सतहमा ल्याउन मद्दत गरेको हो । त्यसपछि यो विषय क्रमशः बलशाली हुँदै नेपाली समाज र राजनीतिको मूल मुद्दाको रूपमा स्थापित भएको हो । एकल जातीय बर्चश्व भएको सत्ताले आपूmहरूलाई आप्mनै देशमा राज्यविहीन बनाएको चेत जनजातीय समुदायमा पलाएपछि उनीहरूले सङ्गठित रूपमा यसबारे चर्चा–परिचर्चा गर्न थाले र राज्यमा आप्mनो अधिकारको माग गर्न थाले ।
कवि माङ्लाकका कवितामा एकात्मक शासन प्रणाली र यसको केन्द्र काठमाडौँप्रति पनि आक्रोश व्यक्त भएको छ । यो पनि २०५० को दशकसँगै उत्कर्षमा पुगेको सामाजिक चेतना हो । यो चेतनाको अभिव्यक्ति उनका कवितामा जताततै पाइन्छ । उनका कवितामा एकात्मक सत्ताविरुद्धको आक्रोशको अभिव्यक्ति पाइन्छ । आदिवासी जनजाति, दलित, मधेसी, अल्पसङ्ख्यकलगायत दूरदराजका क्षेत्रलाई तिरस्कार गरेर सत्ताधारीहरूले देशको लाम्टा लुछेको भाव उनका कवितामा प्रस्तुत भएको छ । कविताले शासकीय निरङ्कुशताविरुद्ध आगो ओकलेका छन् । मानिसको हृदयमा आगो त्यसै दन्किँदैन । जब आँशुको भाषा बुझिँदैन वा बुभ्mने कोशिस गरिँदैन, मानिसहरू आगोको भाषा बोल्न बाध्य हुन्छन् ।
राज्यको विभेदकारी नीतिका कारण आपूmहरूको जातीय पहिचान र अस्तित्व सङ्कटमा परेको आदिवासी जनजाति समुदायको बुझाइ छ । एउटा भाषा (नेपाली), एउटा धर्म (हिन्दू) र एउटा संस्कृति (आर्य) को मात्र संरक्षण गर्ने नीति लिएर राज्यले अन्य भाषा, धर्म र संस्कृतिमाथि आक्रमण गरेकै कारण देशमा आदिवासी जनजाति समुदायको पहिचान र अस्तित्व सङ्कटमा परेको निश्चित हो । यही गुमेको पहिचान र अस्तित्व संरक्षणका लागि अहिले यो समुदाय जुर्मुराएको छ । आदिवासी जनजाति समुदायको यो चासोले माङ्लाकका कविताहरूमा सुन्दर अभिव्यक्ति पाएको छ । गोर्खाली शासकहरूले झुक्याएर आप्mनो अधिकार र थातथलोमा कब्जा जमाएको इतिहासको पीडा पनि उनका कवितामा पाइन्छ ।
अहिले आदिवासी जनजातिका अधिकारलाई संरक्षण गरिनुपर्ने आवाज संसारभरि नै विभिन्न रूपमा उठेका छन् । आदिवासी जनजातिहरू विभिन्न रूपमा शोषणको शिकार भएका छन् । उनीहरूको श्रम शोषण मात्र भएको होइन । भाषा, धर्म, संस्कृति, परम्परा, भूमि र प्राकृतिक स्रोतसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामाथिको पहुँचबाट समेत वञ्चित भएर उनीहरू विभेदको शिकार बनेका छन् भन्ने मान्यताबाट अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले अन्तर्राष्ट्रिय सन्धि बनाएको छ– आईएल कन्भेन्सन १६९ । नेपालका आदिवासी जनजातिहरूको अवस्था पनि यसभन्दा भिन्न छैन । आप्mना अधिकारका लागि यहाँका आदिवासी जनजातिहरूले पटक–पटक सङ्घर्ष गरेका छन् । कवि माङ्लाकले यस्तै अवस्थाको चित्रण गर्दै आप्mना कवितामार्पmत् आदिवासी जनजातिका अधिकारको पक्षपोषण गरेका छन् ।
सुकेर लखतरान निहुरिएका छन्
अजम्बरी पूmलहरू
कुलो खन्नै दिएका छैनन् भूमिपुत्रहरूलाई
खाली आकाशबाट ओर्लिएका इन्द्रका
एक बिटा
जङ्गेहरूले ।
– (धर्तीका पूmलहरू, पृ.५५)
नेपाली मौलिक संस्कृतिमाथि पूँजीवादी सांस्कृतिक हस्तक्षेप अब नौलो विषय रहेन । हाम्रा रैथाने उत्पादनहरूको स्थान बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूले लिन थालेका छन् । हाम्रा गाउँघरमा अतिथिहरूलाई अब चिसो र शक्तिवद्र्धक महीले होइन, शिशिमा आउने तयारी पेय पदार्थले स्वागत गर्न थालिएको छ । रैथाने मौलिक परिकारहरूको स्थान बट्टाबन्द तयारी खानाले लिन थालेका छन् । पूँजीवादी संस्कृतिकै सहउत्पादन यो उपभोक्तावादी संस्कृतिबाट कवि माङ्लाक अपरिचित छैनन् किनभने उनी यही समाजका सदस्य हुन् । उनलाई रैथाने उत्पादनलाई समाप्त पार्ने यो पूँजीवादी संस्कृति मन परेको छैन । त्यसैले उनले यो संस्कृतिको विरोध खुलेर गरेका छन् ।
अधिकांश नेपालीजस्तै माङ्लाक पनि मध्यमवर्गीय नेपाली परिवारमा हुर्किएका स्रस्टा हुन् । उनले मध्यमवर्गीय नेपाली परिवारले दैनिक जीवनमा भोग्नुपर्ने कष्ट, अभाव र दुःखलाई नजिकबाट बुझेका छन् । मध्यमवर्गीय परिवारका सदस्यले जीवनका लागि गर्नुपर्ने सङ्घर्ष र सम्झौतालाई पनि उनले अनुभूत गरेका छन् । उनका कतिपय कवितामा मध्यमवर्गीय नेपाली नागरिकका यही दुःख, पीडा र सङ्घर्षको भाव अभिव्यञ्जित भएको पाइन्छ । नेपाली नारीहरूमाथि हुने उत्पीडनका कथाहरूलाई पनि उनले आप्mना कवितामा वाणी दिएका छन् । उनका कतिपय कवितामा नेपाली नारीहरूको कष्टकर जीवनको प्रभावकारी चित्रण पाइन्छ ।
अन्त्यमा,
राज माङ्लाक सांस्कृतिक धाराका कवि हुन् । त्यसैले उनका कवितामा लिम्बू समाज र संस्कृतिको यथार्थ चित्र पाइन्छन् । लिम्बू समाज र संस्कृतिको जीवन्त चित्रण, परिवर्तित सामाजिक चेतनाको अभिव्यक्ति, जातीय पहिचान र अस्तित्वको खोजी, निम्न र मध्यमवर्गीय नेपालीहरूको अवस्थाको चित्रण, यान्त्रिक र अनिश्चित जीवनको चित्रण आदि उनका कविताका वैशिष्ट्य हुन् । शासकहरूद्वारा आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक समुदायलगायतमाथि भएका दमन, थिचोमिचो र षड्यन्त्रका प्रसङ्गले पनि उनका कवितामा काव्यिक अभिव्यक्ति पाएका छन् । उनले सीमान्तकृत समुदायका पीडा र चित्कारलाई स्वर दिएका छन् । त्यसैले उनका कवितामा राज्यद्वारा उपेक्षित–उत्पीडित समुदायका आँशु, रगत र पसिनाका रङ र गन्धलाई छाम्न सकिन्छ ।
नेपाली जनजातीय समाजसँग उनका रचनाको गहिरो सम्बन्ध छ । ‘लिम्बुनी गाउँ’ का कविताहरू समाजसँग असम्पृक्त छैनन् । जनजातीय, अझ लिम्बू समुदायमा प्रचलित मिथक, प्रतीक, बिम्ब र लिम्बू भाषाका शब्दहरूको प्रयोग गरेर लेखिएका माङ्लाकका कविताहरूमा नेपाली समाज, राजनीति, संस्कृति र आर्थिक प्रणालीलाई जनजातीय दृष्टिबाट हेर्ने प्रयास गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित कविताहरूले जनजातीय पहिचान, स्वत्व र निजत्वमाथि राज्यद्वारा गरिएको आक्रमण र हस्तक्षेपको विरोध गर्दै जनजातीय संस्कृतिलाई केन्द्रमा राखेर सामाजिक समानताको वकालत गरेका छन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved