एसइईमा सरस्वती,शिक्षा उत्कृष्ट र एभरेष्टको सत प्रतिशत उत्कृष्ट नतिजा

  • असार १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । यो बर्षको एसईई परीक्षामा धरान उपमहानगरभित्र रहेका विद्यालयहरु मध्ये धरान वडा नम्बर ६ मा रहेको सरकारी तथा नीजि विद्यालयले  उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विहीबार देशैभर प्रकाशित भएको एसईई परीक्षाको नतिजा आउँदा पानबारीमा रहेको सवैभन्दा पुरानो सरकारी विद्यालय सरस्वती माविले यो बर्ष गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालका अनुसार यो बर्षको(एसईई) मा ६९.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उनले भने,“९९ विद्यार्थी परीक्षा सहभागी भएकोमा ६९ जना उतिर्ण भएका छन, ३.६ भन्दा बढि जिपिए २ जना, ३.२ देखि ३.५९ जिपिए १६ जना,२.८ देखि ३.१९ सम्म २७ जना र  २.४ देखि २.७९ सम्ममा २४ जना उत्तीर्ण भए भने,२७ जनाले पुरक परीक्षा दिन पाउनेछन्,यो नतिजा हेर्दा गत बर्षको भन्दा उत्कृष्ट र सन्तोषजनक नतिजा हो।” सरस्वती मावि साविक पाँचकन्याको एक मात्र मावि स्तरको सरकारी विद्यालय हो । उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु राम्रो नतिजा ल्याएर उतीण हुने गरेका छन् ।

शिक्षा सन्देशको यो बर्षको एसइई परीक्षामा जम्मा ३३ जना विद्यार्थी सामेल रहेका थिए । परीक्षामा २९ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको स्कुल सञ्चालक समितीका अध्यक्ष चन्द्र बहादुर (आनन्द) सुबेदीले बताए । उनका अनुसार ८ जना विद्यार्थीले ए प्लस,११ जनाले ए,९ जनाले बी प्लस र १ जनाले बी ग्रेडमा उतीर्ण भएको जनाइएको छ । यो नजिता गत बर्ष भन्दा राम्रो नजिता भएको विद्यालयले जनाएको छ । शिक्षा सन्देश स्कुलले गत बर्षदेखि कक्षा ११ र १२ को अध्यापन पनि शुरु गरेको छ ।

यसैगरि पानबारीमै रहेको एभरेष्ट चिल्ड्रन होम बोर्डिङ स्कुलले भने सत प्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । स्कुलका प्रिन्सिपल भुपाल पौडेलका अनुसार  यो बर्षको एसईई परिक्षामा जम्मा विद्यार्थी १९ जनाले परीक्षा दिएका थिए । ३ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भए । अन्य १६ जना ए ग्रेडमा उतीर्ण भएको पौडेलले बताएका छन् ।

प्रिन्सिपल पौडेलले भने,“यो हाम्रो सतप्रतिशत नतिजा हो, सवैजनाले ए ग्रेड ल्याएर उतीर्ण भएका छन्, गत साल भन्दा पनि राम्रो र उत्कृष्ट नतिजा हो, हामी विद्यार्थीलाई आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउनको लागि  प्रयासरत रहेका छौ,यो हाम्रो विद्यालयको सफलता पनि हो । यो स्कुलमा सुनसरीको धरान,मोरंगको केराबारी सहितका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । एभरेष्टले पनि निकट भविष्यमै कक्षा ११ र १२ को कक्षा शुरु गर्ने आन्तरिक तयारी गरेको छ ।  

सुनाखरीमा एसईई परीक् ...

धरान/ धरानको सुनाखरी एकाडेमी स्कुलले यो वर्षको एसई ...

धरानमा लाली गुराँस फ ...

धरान/  धरान भौगोलिक हिसाबले पर्यटकीय सम्भावना ...

धरानमा कृषि पकेट क्ष ...

धरान/ प्रत्येक बर्ष नेपाल सरकारले असार १५ लाई धान ...

वराहक्षेत्र जुनियर ज ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved