कोशी राजधानी जलमग्न,उडान सेवा बन्द

  • असार १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशको राजधानी अविरल बर्षाको कारण जलमग्न भएपछि डुबानमा परेको छ ।

विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बुधबार बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए । विराटनगर, बुढीगंगाका धेरै क्षेत्र डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाले उद्धार र राहत कोलागि टोली परिचालन गरेको छ ।

यसैवीच मोरङ केराबारी गाउँपालिका–४ स्थित गोगुने खोलाको बाढीले बगाएका पाँचमध्ये एक बालकको मृत्यु भएको छ । मंगलबार विद्यालय जाँदै गरेका बालबालिकालाई बाढीले बगाएको थियो । तीमध्ये चार जनाको उद्धार गरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

केराबारी–४ का चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाउँदा बेपत्ता थिए । आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा उनको शव भेटिएको हो ।

उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रबिन राई र १२ वर्षीय अर्पन लिम्बूलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीय र प्रहरीले सकुशल उद्धार गरेका छन् । उनीहरूलाई आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैवीच बुधबार विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ ।

यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ । विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।

दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved